२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
टोकियो । नेपालबाट जापानका विभिन्न क्ष्ँेत्रहरूमा आई रोजगाररत रहेका सम्पूर्ण नेपालीहरूको अभिभावकीय सङ्गठन जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपालबाट आउनु भएका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि आनन्द शर्माले ३१ डिसेम्बर २०१७ का दिन सिनओसाकास्थित ग्रिन प्यालेसमा उद्घाटन गर्नु भएको सो सम्मेलनले यमलाल सापकोटा अध्यक्ष, भिम केसी उपाध्यक्ष, तेजेन्द्र क्षेत्री महासचिव र केशव सापकोटा कोषाध्यक्ष रहनु भएको १५ पूर्ण र दुई वैकल्पिक गरी १७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिका पूर्ण सदस्यहरूमा विष्णु केसी, शिव पौडेल, हेमलाल गौतम, कमल कार्की, विशाल केसी, तुफान केसी, भिम काउचा, गोपाल सापकोटा र मिलन शर्मा रहनु भएको छ । एक उपाध्यक्ष र सचिवको पद हाललाई रिक्त राखिएको छ भने वैकल्पिक सदस्यहरूको दुई स्थान पनिपछि पूर्ति गर्ने गरी हाललाई रिक्त राखिएको छ ।
सम्मेलन उद्घाटन समारोह यमलाल सापकोटाको अध्यक्ष्ँता, तुफान केसीको सञ्चालन र हेमलाल गौतमको स्वागत मन्तव्यबाट अघि बढेको थियो । तालीको गडगडाहटबीच सम्मेलनको उद्घाटन गरे पश्चात् प्रमुख अतिथि आनन्द शर्माले समारोहलाई सम्बोधन गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व उपाध्यक्ष मान बहादुर थापा र नेकपा माओवादी केन्द्र हर्क थापा लगायतका अतिथिहरूले समेत सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उद्घाटन समारोह पश्चात् सोही रातीमा नै ओसाकामै सम्मेलनको बन्दशत्र सम्पन्न गरिएको थियो । सम्मेलन सम्पन्न भएको घोषणा भने १ जनवरी २०१८ का दिन टोकियोस्थित इकेगामी हलमा गरिएको थियो । प्रमुख अतिथि आनन्द शर्मा र अतिथि मान बहादुर थापा लगायतले बधाइ मन्तव्य राख्नु भएको थियो ।
सम्मेलन उद्घाटन समारोह र घोषणा सभा भएका ओसाका र टोकियोको उक्त दुवै स्थानमा “नयाँ वर्ष साङ्गीतिक धमाका” समेत सम्पन्न गरिएको थियो । उक्त साङ्गीतिक धमाकामा रक्तिम सांस्कृतिक अभियान जापान, नौमती बाजा टोली, नेपालबाट आउनु भएका अतिथि कलाकार, रक्तिमका वैकल्पिक केन्द्रीय सदस्य हेमराज आश्रम, राष्ट्रिय लोक गायक रामजी खाँड र लोक दोहोरी गायिका सृष्टि पुनले साङ्गीतिक प्रस्तुति दिनु भएको थियो ।
आयोजक समितिद्वारा धन्यवाद ज्ञापन
सम्मेलन सफलतापूर्वक सम्पन्न भए पश्चात् जापान नेपाली एकता समाज केन्द्रीय समितिले एक धन्यवाद वक्तव्य प्रकाशित गर्दै सम्मेलन सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्णप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ । २ जनवरी २०१८ का दिन जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलनमा उपस्थित प्रमुख अतिथिज्यू, विभिन्न सङ्घ÷संस्थाबाट पाल्नु हुने अतिथिज्यू, नेपालबाट आउनु भएका अतिथी कलाकार, रक्तिम सांस्कृतिक अभियान जापानका कलाकार, प्रतिनिधि, पर्यवेक्षक एंव सहभागी सम्पूर्ण दर्शकजनहरू
सर्वप्रथम त यहाँहरू सम्पूर्णमा हामी हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौँ । 
तपाई हामी सबैको साझा प्रयत्नबाट आज हामी जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सफल भएका छौँ । प्रथम राष्ट्रिय सम्मेलन सफल पार्न महत्वपूर्ण योगदान पुर्‍याउनु हुने तपाईहरू सम्पूर्णमा हामी आयोजक समितिकोतर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । 
जापान नेपाली एकता समाज नेपालबाट जापान आई विभिन्न पेसा–व्यवसाय, रोजगार र अध्ययनमा संलग्न रहनु भएका सम्पूर्ण नेपालीहरूको अभिभावकीय सामाजिक सङ्गठन हो । उनीहरूको भरपर्दो सारथी वन्दै गई रहेको छ । भर्खरै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले जापानमा क्रियाशील सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाध्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हामीले महशुस गरेका छौँ । हाम्रो सम्मेलन सफलताको कामना गर्दै नेपाल तथा विदेशमा क्रियाशील विभिन्न सङ्गठनहरूबाट हामीलाई शुभकामना पत्रहरू प्राप्त भएका थिए । हाम्रो सम्मेलन सफलताको कामना गर्नु हुने सम्पूर्ण सङ्घ÷संस्थाहरूप्रति पनि हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । 
नेपाल समृद्ध भए मात्र नेपालीहरू संसारको जुन कुनामा रहे पनि सुखी रहन सक्नेछन् भन्ने तथ्यलाई आत्मसात गर्दै सदा अघि बढी रहने प्रतिबद्धता पनि हामी यो अवसरमा व्यक्त गर्न चाहन्छौँ । यसर्थ, आगामी दिनमा पनि जापान नेपाली एकता समाजले नेपालमा चल्ने जनतान्त्रिक, प्रगतिशील तथा देशभक्तिपूर्ण आन्दोलनसँगको आफ्नो सामिप्यता जारी नै राख्ने छ । हामी नेपालमा चल्ने जनतान्त्रिक आन्दोलनलाई सहयोग गर्दै उपस्थितिका लागि पनि दृढरत रहने प्रतिबद्धता समेत जनाउन चाहन्छौँ ।
अन्त्यमा, आगामी दिनहरूमा यहाँहरूको न्यानो माया पाई रहने आशा र विश्वास सहित सम्मेलन सफल पार्न आ–आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुर्‍याउनु हुने तपाईहरू सम्पूर्णप्रति हार्दिक आभारका साथ धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal