२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
रहेनन् दल बहादुर भण्डारी
बुटवल । कलाकार तथा सञ्चार कर्मी दल बहादुर भण्डारीको २०७४ पौष ४ गते दाहसंस्कार गरिएको छ । गत पुस २ गते बुटवलको अस्पताल लाइनमा टिप्परको ठक्करका कारण भण्डारीको निधन भएको थियो । जेनस अस्पतालमा उपचारको क्रममा निधन भएका भण्डारीको स्थानीय मगरघाटमा अन्तिम दाहासंस्कार गरिएको हो । दाहसंस्कार गर्नु अघि राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय चन्द्रनगरबाट भण्डारीको शवयात्रा निकालिएको थियो । नेकपा (मसाल) का पार्टी प्रवक्ता विमल शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिएपछि दाहासंस्कार गरिएको थियो । दाहसंस्कार अघि अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेलले भण्डारीको जीवनीबारे जानकारी गराउनु भएको थियो ।
त्यसै क्रममा राष्ट्रिय जनमोर्चाले दल बहादुर भण्डारीको पौष १० गते श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । भण्डारीको निवास बुटवलको चन्द्रनगरमा श्रद्धाञ्जली सभा गरी भण्डारीप्रति श्रदाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा वामपन्थी नेता कृष्ण पौडेल, राष्ट्रिय जनमोर्चाका रूपन्देही अध्यक्ष बद्रे आलम, नेकपा (एमाले) का कृष्ण पोखरेल, नेपाल कम्युनिस्ट पार्टीका विनोद खनाल, नेकपा (क्रान्तिकारी–माओवादी) का खुमानन्द भुसाल, प्राध्यापक लीला बहादुर केसी, रूपन्देही व्यापार सङ्घका उपाध्यक्ष पदम श्रेष्ठ, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार रेम राना, बुटवल बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख प्रकाश बन्धुु रेग्मी, गङ्गालाल सापकोटा, तुलसीराम शर्मा, बाग्लुङ–रूपन्देही सम्पर्क समाजका सल्लाहकार पुरुषोतम कँडेल लगायतले श्रदाञ्जली मन्तव्य राख्नु भएको थियो ।
यसैबीच, प्रगतिशील पत्रकार सङ्घको केन्द्रीय समितिले २०७४ पौष ५ गते दल बहादुर भण्डारीको निधनप्रति शोक व्यक्त गर्दै विज्ञप्ती प्रकाशित गरेको थियो । अध्यक्ष नारायण शर्मा र महासचिव उदय जिएमद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा अगाडि भनिएको छ ः “प्रगतिशील पत्रकार सङ्घ नेपाल, रूपन्देहीका सल्लाहकार तथा सञ्चार कर्मी एवं कलाकर्मी दल बहादुर भण्डारीको गत आइतवार बुटवलको अस्पताल लाइनमा टिप्परको ठक्करबाट भएको सडक दुर्घटनामा परी निधन भएको खबरले स्तव्ध र मर्माहत तुल्याएको छ । स्कुटीमा सवार भण्डारी अस्पताल लाइनबाट जेब्रा क्रसिङ गरी भुड्की चोक हुँदै आफ्नो घर चादमारीतर्फ जादै गर्दा ना७ख ६७२५ नम्बरको टिप्परले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । टिप्परको ठक्करबाट गम्भीर घाइते भण्डारीको बुटवलस्थित जेनश अस्पतालमा उपचारको क्रममा निधन भएको छ । सडक दुर्घटनामा परी अल्पायुमा भएको निधनले हाम्रो सङ्गठनलाई अपुरणीय क्षति भएको छ । दुःखको यस घडीमा भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
भण्डारी रक्तिम सांस्कृतिक अभियानमा सक्रिय भएर लामो समयदेखि नेपालको सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । प्रगतिशील लेखक सङ्घ रूपन्देहीको साधारण सदस्य समेत रहेका भण्डारी बुटवलबाट प्रकाशित हुने नयाँदिशा साप्ताहिकका व्यवस्थापक र राष्ट्रिय जनमोर्चा रूपन्देहीका पूर्व सचिव र हाल सल्लाहकारको रूपमा कार्यरत हुनु हुन्थ्यो । २०२३ फागुन २ गते बागलुङको हिल–६ मा जन्मिनु भएका भण्डारी केही वर्ष अघिदेखि बुटवलको चादमारीमा स्थायी बसोबास गर्दै आउनु भएको थियो । भण्डारीका दुई छोरा र एक श्रीमती हुनु हुन्छ ।
उक्त दुर्घटनामा भण्डारीलाई ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रचलित कानुन बमोजिम कारवाही गरी मृतक भण्डारीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दछौँ ।” त्यसै गरी, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्रीले पौष ४ गते एक वक्तव्य जारी गर्दै भन्नु भएको छ– “२०७४ पौष २ गते का. दल बहादुर भण्डारी (प्रताप) को दुःखद निधनप्रति गहिरो शोक प्रकट गर्दै नेकपा (मसाल) ले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । उहाँले लामो समयदेखि कम्युनिस्ट पार्टीमा काम गर्दै आउनु भएको थियो । २०५५ सालदेखि पार्टीमा सक्रिय हुनु हुन्थ्यो र २०६३ सालदेखि रूपन्देही जिल्ला समितिको सदस्यमा रही काम गर्दै आउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई धेरै क्षति पुगेको छ ।
अन्तमा, उहाँप्रति पुनः श्रद्धाञ्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवारप्रति हामीले समवेदना प्रकट गर्न चाहन्छौँ ।” एवं प्रकारले, प्रगतिशील पत्रकार सङ्घ नेपालको रूपन्देही शाखाका अध्यक्ष श्यामलाल पोखरेलले पनि शोक वक्तव्य जारी गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal