२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
काठमाडौँ । पर्वत जिल्लाको विहाडी गाउँपालिका बर्राचौर र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिको पुर्तिघाटमा कालीगण्डकीमाथि नयाँ पुल निर्माण भएको छ । पुलको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले यही २०७४ पौष ५ गते उद्घाटन गर्नु भएको थियो ।
पुलको दुवैतर्फ आ–आफ्नातर्फका जीपमा सम्बन्धित वासिन्दाले पुल र नदीको पुजन गरेपछि सचिव हिमलाल पुरीले पुलका दुवैतर्फका प्रवेश मार्गमा रातो रिबन काटी पुलको उद्घाटन गर्नु भएको थियो । तत्पश्चत गुल्मीका जनतालाई पर्वतवासीले र पर्वततर्फका जनतालाई गुल्मीवासीले अबिर, फूल र फलफूलले स्वागत गरेका थिए । पुल उद्घाटनको अवसरमा नदीले हामीलाई वारिपारि वा टाढा बनाएको थियो, अब हामी टाढा छैनौँ, पुलले हामीलाई नजिक ल्याई दिएको छ, यसले हामीलाई धेरै सुविधा दिने छ भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका थिए । 
पुलको उद्घाटन पश्चात उपस्थित जनसमुदाय सभामा सरिक भएका थिए । सभाको आयोजना विहाडी गाउँपालिका र कालिगण्डकी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेका थिए । सभामा बिहाडी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको साझा विकासका विषयबारे छलफल भएको थियो । कार्यक्रममा बिहाडीका प्राविधिक कुमारी गुरुङको स्वागत मक्तब्यवाट सभा अघि बढेको थियो । बिहाडी गाउँपालिकाकोतर्फवाट ओम प्रसाद कँुवरले बोल्नु भएको थियो । प्रमुख अतिथि सहित दलका प्रतिनिधि, अतिथिहरूलाई सुन्दरी पुरी र कमला शर्माले फूलमाला र खादा ओढाएर सम्मान गर्नु भएको थियो । सो अवसरमा दुवै गाउँपालिका अन्तर्गतको निर्वाचित वडा अध्यक्षलाई पनि सम्मान गरिएको थियो । दुई वटा स्थानिय निकायका पदाधिकारी र चार वटा राजनैतिक दलको सहभागिता थियो । 
उक्त पुल केन्द्रीय योजनामा ४० लाखको लागतमा निर्माण भएको हो । गत कार्तिक १२ गते काम सुरु गरी मङ्सिर २९ गते पुल निर्माण सम्पन्न भएको थियो । विराट अन्नपूर्ण ज्वाइन्ट भेन्चर कम्पनीका टिम लिडर पिटर कुमार श्रेष्ठको टोलीले उक्त पुल डेढ महिनामै निर्माण सम्पन्न गरी पौष १ गते हस्तान्तरण गरेको थियो । निर्धारित अवधिभन्दा अगावै पुल निर्माण गरेकोमा दुवै गाउँपालिकाका अध्यक्ष र राष्ट्रिय जनमोर्चाका सचिवले फूलमाला, दोसल्ला र प्रशंसा पत्रले श्री पिटर कुमार श्रेष्ठलाई सम्मान गर्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal