२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
दोहा । कतार नेपाली एकता समाजको पाँचौँ राष्ट्रिय सम्मेलनतिर अघि लम्केको छ । डिसेम्बर २९ २०१७ का दिन सम्पन्न केन्द्रीय विस्तारित वैठकले सो निर्णय गरेको हो ।
विस्तारित वैठकले सो सम्मेलनका लागि “राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाका लागि हाम्रो अभियान, प्रवासी नेपाली श्रमजीवीको हक, हित र अधिकारको पक्षमा पाचौँ राष्ट्रिय सम्मेलन” मूल नारा तय गरेको कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्तले जानकारी दिनु भएको छ । अध्यक्ष पुनका अनुसार विस्तारित वैठकले सम्मेलन सफल पार्नका लागि हेमन्त वाइबाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ । समितिमा हरि प्रसाद शर्मा, गिरी काउछा, अमिना खान, हेम बस्नेत, प्रेम खत्री र राम इन्दल थिङ सदस्य रहनु भएको छ । त्यस्तै, खिम बुढाको संयोजकत्वमा हेमन्त वाइबा र अर्जुन थापा रहनु भएको विधान तथा घोषणा पत्र उपसमिति गठन गरिएको छ । त्यस्तै, आर्थिक उपसमिति धन बहादुर परियार संयोजकत्वमा गठन गरिएको छ । समितिको सदस्यहरूमा मिनराज पुन, भरत सुनार, तेज नारायण शर्मा र रेणुका चौलागाई रहनु भएको छ । विस्तारित वैठकले प्रचार प्रसार उपसमिति विष्णु थापाको संयोजकत्वमा गठन भएको छ । समितिको सदस्यहरूमा उद्धव मगर, राम प्रसाद पराजुली, जानुका बस्नेत (खड्का) टेकराज थापा, लीलाधर आचार्य, अर्जुन खनाल, रोशन राई र गोविन्द लाल विक रहनु भएको छ । त्यस्तै, सांस्कृतिक उपसमितिको संयोजक बलदेव राना रहनु भएको छ भने सदस्यहरूमा हुमाकान्त आचार्य, खगेश्वर भुसाल, रण बहादुर बिसी, रेशम रोका, विमल भुसाल, राधिका मगर र दिल बहादुर विक रहनु भएको छ । एवं प्रकारले स्वयंसेवक उपसमितिको संयोजक अमर विक रहनु भएको छ भने सदस्यहरूमा लक्ष्मण कोइराला, रण बहादुर नेपाली, थम्मन पुन, थम्मन थापा, पहल सिंह सामत, शालिक राम पुन, सत्य बहादुर पुन, अशोक राना, इन्दिरा खनाल र इश्वरी थापा चयन हुनु भएको छ ।
समाजका अध्यक्ष लुमाकान्त पुन मगरको अध्यक्षतामा तथा महासचिव खिम बुढा मगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा एकता समाजका सम्पूर्ण एरिया र एकाइका जिम्मेवार पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । – उद्धव मगर

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal