२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
मनामा (बहराइन) । “विदेशस्थित नेपालीहरूको हक, हित र अधिकारको लागि सङ्गठित अभियान चलाऔँ, बहराइन नेपाली एकता समाजको छैटौँ राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौँ” भन्य मूल नाराका साथ बहराइन नेपाली एकता समाजको छैटौँ राष्ट्रिय सम्मेलन डिसेम्बर ३, २०१७ का दिन सम्पन्न भएको छ । 
सम्मेलनको उद्घाटन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य देव नारायण पोख्रेलले गर्नु भएको थियो । उद्घाटन मन्तव्यको क्रममा पोख्रेलले बहराइन नेपाली एकता समाजले स्थापना कालदेखि नै यहाँस्थित नेपालीमाथि भई परी आउने विभिन्न समस्याको समाधानार्थ काम गर्दै आएको बताउनु भएको थियो । 
दल बहादुर गाहको सञ्चालन र धन बहादुर कार्कीको अध्यक्षताबाट अगाडि बढेको उद्घाटन समारोहमा प्रवाशी मञ्च बहराइनका अध्यक्ष शालिक राम पन्त, जन सम्पर्क समितिका पदम सुन्दर गुरुङ, जन प्रगतिशील मञ्चका नारायण रामपाल, जन प्रगतिशील मोर्चाका भिम केरुङ लगायत विभिन्न ३८ सङ्घ÷संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो । ज्ञात÷अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारणपछि गीता नेपालीले मन्तव्यद्वारा र रक्तिमका कलाकारहरूले साङ्गीतिक प्रस्तुतिबाट स्वागत गरिएको थियो । 
छैटौँ राष्ट्रिय सम्मेलनद्वारा धन बहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यीय बहराइन नेपाली एकता समाजको केन्द्रीय समिति निर्वाचित गरिएको छ । समितिको उपाध्यक्षद्वयमा कृष्ण श्रीस र विस्नु ठकुरी, महासचिवमा दल बहादुर गाहा, कोषाध्यक्षमा पदम थापा मगर, सहकोषाध्यक्षमा मेख थापा र सचिवमा पृथ्वी कुमाल रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा जङु चौहान, रमेश गिरी, देविका श्रेष्ठ, देव थापा, कल्लु सिजाली, गोकुल सुवेदी, भिम गाहा र दुर्गा पौडेल रहनु भएको छ । समितिको वैकल्पिक सदस्यमा वेद खाड र ज्ञान पुन मगर रहनु भएको छ । सम्मेलनले एलबी राना, तेजमान सिंजाली, देव नारायण पोख्रेल र गीता नेपालीलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलनको अवसरमा महिला समिति पनि घोषणा गरिएको थियो । समितिको संयोजकमा विष्णु ठकुरी तथा सदस्यहरूमा देविका श्रेष्ठ, शशि थापा, रिता थापा, गीता नेपाली, लक्ष्मी कँडेल र सुमित्रा रहनु भएको छ । नव निर्वाचित समितिलाई देव नारायण पोख्रेल, एलबी राना, तेजमान सिंजाली लगायत बहराइनस्थित राजनैतिक र सामाजिक सङ्घ÷सस्थाका प्रतिनिधिहरूले शुभकामाना दिनु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal