२०७४ माघ ३ गते, बुधबार   वर्ष ३५, अङ्क ६
मिति(२०७४ माघ ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
काठमाडौँ । प्रगतिशील सांस्कृतिक अभियानको नायक सङ्गठन रक्तिम सांस्कृतिक अभियानले देशव्यापी रूपमा सांस्कृतिक प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । अध्यक्ष जीवन शर्माको अध्यक्ष्ँतामा २०७४ पौष २२ गते रूपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले देशव्यापी सांस्कृतिक प्रशिक्षणको सो कार्यक्रम तय गरेको हो ।
बैठक पश्चात् महासचिव नारायण योगीद्वारा २३ पौषमा जारी विज्ञप्तीमा जनाइए अनुसार देशव्यापी सांस्कृतिक प्रशिक्षणको सो अभियान २०७४ फागुन १५देखि २०७५ वैशाख १६ गतेसम्म सञ्चालन गरिने छ । जिल्ला–जिल्ला र नगरस्तरसम्म पनि गरिने उक्त शिविरका लागि जिल्लाहरूले मिति तोकेर केन्द्रीय कार्यालयमा फागुनको पहिलो हप्तासम्ममा पठाउनु पर्ने छ । उक्त प्रशिक्षण शिविर पूर्व रक्तिमले तत्कालदेखि नै जिल्ला समितिका बैठक तथा भेलाहरू सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ । विज्ञप्तीमा जनाइए अनुसार बैठकले उक्त जिल्ला भेला तथा बैठकका लागि विशेष जिम्मा नै तोकेको छ । जस अनुसार अध्यक्ष जीवन शर्मालाई, बागलुङ, पर्वत, गुल्मी र प्युठान, महासचिव नारायण योगीलाई दाङ, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेत र दैलेख, उपाध्यक्ष जीवन शाहीलाई कर्णाली क्ष्ँेत्रका जिल्लाहरू, सचिव दल बहादुर विकलाई कास्की र तनहुँ, केन्द्रीय सदस्यहरू लक्ष्मी रिजाल र बाबुराम आचार्यलाई कञ्चनपुर, कैलाली, डोटी र डडेलधुरा, निलिमा पुन र हेमराज आश्रमलाई काठमाडौँ, मकवानपुर र सिन्धुपाल्चोक, खिमा पुनलाई नवलपुर, समिर विकलाई पाल्पा, विष्णु केसीलाई अर्घाखाँची र सीता बस्याललाई रूपन्देही जिम्मा परेको छ । बाँकी जिल्लाहरूमा केन्द्रीय कार्यालयले आवश्यकता अनुसार कार्यकर्ता खटाउने विज्ञप्तीमा उल्लेख छ ।
रक्तिमको उक्त बैठकले अहिलेको संरचना अन्तर्गत प्रदेश समितिहरू गठन गर्न प्रदेश संयोजक र सहसंयोजकहरू पनि तय गरेको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार प्रदेश १ र २लाई केन्द्रीय कार्यालयले नै हेर्ने छ भने ३ नम्बर प्रदेशमा संयोजक निलिमा पुन र सहसंयोजक हेमराज आश्रम, ४ नम्बर प्रदेशमा मा भरत श्रेष्ठ संयोजक र दल बहादुर विक सहसंयोजक, ५ नम्बर प्रदेशमा धनिराम भण्डारी संयोजक र विष्णु केसी सहसंयोजक, ६ नम्बर प्रदेशको संयोजक जीवन शाही र सहसंयोजक शिल्पा रावल र ७ नम्बर प्रदेशको संयोजक लक्ष्मी रिजाल र सहसंयोजक धर्मदेव पन्त रहनु भएको छ । बैठकले सडक दुर्घटनामा परी पौष २ गते निधन भएका पूर्व केन्द्रीय सदस्य दल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक शोक प्रस्ताव पारित गरेको समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal