२०७४ माघ ३ गते, बुधबार   वर्ष ३५, अङ्क ६
मिति(२०७४ माघ ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अत्यधिक चिसोले जनजीवन कष्टकर
खै सरकार भएको अनुभूति ?
काठमाडौँ । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसो बढेसँगै सामान्य घर–परिवारका नागरिकहरूको जनजीवन कष्टकर हुँदै गएको छ । खासगरी चिसोले निम्त्याउने विभिन्न रोगबाट विपन्न परिवार बढी प्रभावित बनेका छन् । 
राजधानी काठमाडौँमा तापक्रम शून्य डिग्री सेल्सियससम्म झरेको छ । जुम्लामा चिसो बढेर माइनस आठ डिग्रीसम्म पुगेको समाचार आएका छन् । तराईमा केही दिनदेखि बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी भेगमा हिमपात परेको छ । मनाङमा पानीमाथि हिउँ जमेको छ । मौसम पूर्व अनुमान महाशाखाले अझै चिसो बढ्न सक्ने जनाएको छ । 
पछिल्लो समय बढ्दै गएको चिसोका कारण मुलुकका विभिन्न ठाउँमा गरी २६ जनाभन्दा बढीको ज्यान गएको छ । जाजरकोट, हुम्ला, सिराहा, सप्तरी, धनुषा, बर्दिया, धादिङ, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा अत्यधिक चिसोका कारण फैलिएको रुघाखोकी, भाइरल ज्वरो र कतिपय ठाउँमा कठ्याङ्ग्रिएर चिसोका कारण नागरिकले ज्यान नै गुमाउनु परेको छ । 
चिसो र लगातारको शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईको जनजीवन अझ प्रभावित बनेको छ । विशेष गरी विपन्न परिवारका बासिन्दाहरूको दैनिकी जिवन कष्टकर बन्दै गएको छ । यस्तै उच्च हिमाली जिल्लामा हिमपातका कारण त्यहाँका बासिन्दाको जनजीवन पनि कष्टकर बनी रहेको छ । जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । ज्वरो र रुघाखोकीले जाजरकोटको एउटै गाउँ जुनीचाँदेका तीन सयभन्दा बढी गाउँलेहरू बिरामी परेका स्थानीय स्वाथ्य चौकीले जनाएको छ । यस्तो अवस्था देशैभरिका विपन्न बस्ती तथा दुर्गम गाउँको पनि छ । 
चिसो बढ्दै गएपछि त्यससँग सम्बन्धित बिरामीको सङ्ख्या समेत बढ्दै गएको अस्पतालहरूले जनाएका छन् । जाडोयाममा विशेष गरी हृदयघात र मष्तिस्कघात, रुघाखोकी, निमोनिया, छाला तथा दमका रोगीको सङ्ख्या बढेको चिकित्सकहरू बताउँछन् । विशेषज्ञका अनुसार जाडोयाममा शरीरको तापक्रम ३४–३५ डिग्रीभन्दा कम भए हातखुट्टा चिसो हुनुका साथै श्वासप्रश्वासमा समस्या हुन्छ, जसका कारण मुटुकोे चालमा वृद्धि हुनुका साथै रक्तचाप कम हुने र मृत्युसम्म हुन सक्ने चिकित्सकहरू बताउँछन् । 
सरकार भएको अनुभूति नै भएन 
चिसोका कारण नागरिकहरूले ज्यान गुमाई रहँदा जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । न्यानो लुगा नपाउँदा चिसोले कठ्याङ्ग्रिएर वृद्धवृद्धा, रोगी र बालबालिकाहरूले ज्यान गुमाई रहेका छन् । चिसोले बिरामीको सङ्ख्या बढ्दै गए पनि औषधि उपचारको अभावका कारण जनजीवन थप कष्टकर बन्दै गई रहेको छ । कतिपय विद्यालयमा आगो तापेर विद्यार्थीलाई पढाउन थालेका समाचार आई रहेका छन् भने धेरैजसो जिल्लामा बालबालिका विद्यालय जानै छोडेका छन् । 
राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मौसम परिवर्तनसँगै तराई मधेश, उच्च पहाडी तथा हिमाली भेग लगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्यु समेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लामो समयदेखि त्रिपालमा बस्दै आएका बाढीपीडित तथा भूकम्प पीडित, मुसहर बस्तीका बासिन्दा एवं न्यून आयस्रोत भएका समुदायका बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी एवं बिरामी व्यक्ति उच्च जोखिममा रहेको अनुगमनबाट बुझिएको आयोगले जनाएको छ । 
विभिन्न राजनीतिक दल, भातृसंस्था तथा सङ्घ÷सङ्गठनहरूले चिसोबाट जनजीवन प्रभावित भएकोप्रति औपचारिक रूपमा दुःख व्यक्त गरे पनि प्रभावितहरूको प्रभावकारी सहयोग गरेका छैनन् । नगण्य रूपमा कतिपय व्यक्ति तथा संस्थाहरूले सामान्य सरसहयोग गरेका समाचार प्राप्त भएका छन् । चिसोले देशव्यापी जनजीवन कष्टकर भई रहँदा आम जनताले जिज्ञासा राखी रहेका छन्– सरकार भएको अनुभुति खोई ?

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal