२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विज्ञहरू सम्मिलित अधिकारसम्पन्न आयोग बनाई तिनै आयोगको सिफारिसमा प्रदेशहरूको राजधानी तोक्नु पर्ने बताएको छ । प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न जिल्लाहरूमा सङ्घर्ष चर्की रहेका बेला राजमोले सो धारणा सार्वजनिक गरेको हो । राजमोले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गरेको छ भने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर ४ र ५ बाट भाग लिने भएको छ । प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४ र ५ मा एक एक सिट प्राप्त गरेकोमा राजमोले प्रदेश ५ को समानुपातिक सांसदमा तारा जिसी र ४ मा पियारी थापालाई छनौट गरी निर्वाचन आयोगमा पठाएको छ । 
उक्त कुरा राजमो अध्यक्ष चित्र बहादुर केसीद्वारा २०७४ पौष २१ गते जारी प्रेस वक्तव्यमा जनाइएको छ । अध्यक्ष्ँ केसीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “१. प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न जिल्लाहरूमा सङ्घर्ष चली रहेको छ । सरकारले अस्थायी राजधानी तोक्न गृहकार्य गरेको कुरा समाचारमा आएका छन् । त्यसप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । यसबारेमा हाम्रो के स्पष्ट धारणा रहँदै आएको छ भने बेग्ला–बेग्लै प्रदेशहरूमा बेग्ला–बेग्लै विज्ञहरूको अधिकार सम्पन्न आयोगहरू बनाई ती आयोगहरूको सिफारिसको आधारमा प्रदेशहरूको राजधानी तोक्नु सही हुन्छ । सरकारले त्यस अनुसार काम नगर्दा नै प्रादेशिक राजधानीको प्रश्नलाई लिएर जिल्ला जिल्लाहरूमा अशान्तिको वातावरण बनेको छ रपछि यो लगातार बढ्दै जाने सम्भावना छ । यसप्रति सम्बन्धित सबैलाई जिम्मेवार बन्न हामीले आग्रह गर्दछौँ । 
२.हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको हाम्रो पार्टीले तीव्र विरोध गर्दछ । जनताको आयमा कुनै वृद्धि भएको छैन, तर दैनिक उपभोग्य वस्तुहरू लगायत सबै कुरामा छिटोछिटो मूल्यवृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी काम गरेको छ । उक्त मूल्य वृद्धि तत्काल फिर्ता लिन हाम्रो पार्टीले माग गर्दछ । 
३.यही पौष १४ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक बसेको थियो । यो बैठकले निम्न निर्णयहरू गरेको छ ः
(क) राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन र्फ ४ र ५ नं. प्रदेशहरूमा १÷१ जना सदस्यहरू जितेको छ । निर्वाचन आयोगले ठेगान गरेको नियम अनुसार प्रदेश नं. ४ मा आदिवासी जनजाति महिला क्लस्टरको १ नं. मा सूचीकृत र प्रदेश नं. ५ मा खस आर्य महिला क्लस्टरको १ नं. मा सूचीकृत उमेदवारलाई नै सिफारिस गर्नु पर्ने व्यवस्था भए अनुसार ४ नंं प्रदेश सभा सदस्यमा पियारी थापा (सुप्रभा) बाग्लुङ र प्रदेश नं. ५ मा तारा जिसी (प्युठान)लाई छनौट गरी निर्वाचन आयोगमा पठाइएको छ । 
(ख) यो बैठकले सङ्घीय संसद, ४ नं. प्रादेशिक सभा र ५ नं. प्रादेशिक सभाका संसदीय समितिहरूको गठन गरेको छ । सङ्घीय संसदको संसदीय समितिको इञ्चार्ज चित्र बहादुर केसी, सदस्यहरूमा रश्मीराज नेपाली र दुर्गा पौडेल हुनु हुन्छ । ४ नं. प्रदेशको संसदीय समितिमा इञ्चार्ज शङ्कर बराल, सदस्यहरूमा कृष्ण अधिकारी, अमर थापा, कृष्ण थापा, टेक बहादुर घर्ती र पियारी थापा (सुप्रभा) हुनु हुन्छ । त्यस्तै, ५ नं. प्रदेशको संसदीय समितिमा इञ्चार्ज रश्मीराज नेपाली, सदस्यहरूमा बोम बहादुर खत्री र तारा जिसी हुनु हुन्छ । 
(ग) आगामी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश नं. ४ र ५ मा भाग लिने निर्णय भएको छ । उक्त प्रदेशहरूमा अन्य पार्टी वा गठबन्धनसँग तालमेल गरेर निर्वाचन लड्ने हाम्रो प्रयास हुने छ । तालमेल नभएको अवस्थामा पनि हाम्रा उम्मेदवारहरू खडा गरेर निर्वाचनमा भाग लिने छौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal