२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
कविता ः मेरा छोराहरू हो
– अजम्बर ध्वज खाती
मेरा तन्नेरी छोराहरू हो
तिम्रा देश जहाँ बाँझा छन्, सबै खेत र वारीहरू
अनि, तिम्रो गाउँ 
जहाँ कुरेर बसेका छौ
अँधेरो बोकेर बाँचेमा हामी तिम्रा बा र आमाहरू
आज फेरि बाँच्न वाध्य छौँ–
नयाँ पुस्ताको मुख हेर्ने धोकाहरू रित्ताएर,
किनभने तिम्रा कायर सपनाले हो 
रोकिएका छन् बुहारीका गर्भहरू
तिमै्र प्रश्नले छेकेका छन्
नयाँ पुस्ताका जन्मने बाटाहरू ।
भत्केर सकिए यहाँका चौपारीहरू
जहाँ सधैँ रेलिमाई गाई रहन्थे
डाँडाहरूमा बाँसुरी बज्थे
भञ्ज्याङहरूमा दशैमा पिङ मच्चिन्थे
तीजमा नाच नाच्थे
देशलाई रमाइलो बाँडी रहन्थे–
तिमी लाछी पुस्ताका मौनताले—
सबै हराए, सक्किए, रित्तिए
अब जे छ हत्तेको पासो छ
त्यसैमा झुण्डेर बाँचेको छ तिम्रो देश 
अरू थप बाँचुभन्दा
यौटा हारेका जीवन साँचेको छ
अब हामी तिम्रा बाबु र आमाको मन
गन् गनाएर हारेको त्यही जीवन
दिन बियाल्नु परेको छ । 
यो बेलामा पनि तिमीहरूको मन
के ले हो उचालेको छ
उचालिएका छौ 
कहिले नमोटाएको मोटाएका छौ
गालामा रातो रगतको भकारी बाँधेका छौ
ओँठमा लाज हराएको हाँसेका छौ
कहाँ पायौ यस्तो नपाउनु जीवन
इलम बिना पनि गजबले बाँचेका छाँै–
हामी तिम्रा बाबु र आमा भने 
यो उमेरमा पनि तिम्रै प्रश्नले सताइएका छौ
वृद्ध भत्ताको हरिया नोटले
आँसु पुछेर बसेका छौँ । 
 ३
अझ पनि
तिम्रो देशले तिमीलाई
कोदा र मकैको फाँडै हो दिन सक्थ्यो
त्यो फाँडो भरि यौटा स्वाभिमान हो
तिम्रो छाती भरि बाँच्न सक्थ्यो, 
बाँझो नपरेको भए त्यो मकै उम्रने पाखो
सगरमाथा अरू चुलिन्थ्यो
सगरमाथासित सँगसँगै
तिम्रो शीर पनि अग्लो हुन्थ्यो 
देशले गौरवपूर्ण इतिहास पाउथ्यो ।
तर देशको अभिमान पुछेको तिम्रो हात
त्यहाँ खसेका छन् कर्महारा दाल भातका गासहरू
देशका सत्यानासहरू–
तिनैले भरिएको तिम्रो पेट
सधैँ यौटा घिनलाग्दो जीवनसँग भेट हुन्छ
तिम्रो जीवन कौडीमा मोल्छ,
देशसित कुनै नातो नभएको त्यो जीवन 
त्यस्तो जीवन के जीवन भयो 
छी........
यसले त देश ठगेको कथा भनेको छ
मरेर सकिए पनि तिमी
कता कता तिम्रो जीवन गन्हाई रहेको छ । 
१५ आषाड २०७४÷ वटौली

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal