२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख १०, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
पुरुष सत्ताका विरुद्ध मुस्लिम महिलाहरूको सङ्घर्ष
अपत्य शर्मा
विश्वव्यापी रूपमा शोषण, उत्पीडन र दमन शोषक वर्गीय व्यवस्थामा अनिवार्य रूपमा चल्दै आएको छ । जहिलेदेखि वर्गीय सत्ताको उदय भयो, त्यही समयदेखि शोषक, शासक वर्गले शोषित वर्गमाथि शोषण, उत्पीडन र दमन चक्र चलाउँदै आएको छ । दासप्रथा, सामन्तवाद, पूँजीवादी व्यवस्था र त्यसको अन्तिम अवस्था साम्राज्यवादमा आई पुग्दा दासताका विरुद्ध दासहरूको सङ्घर्ष, सामन्तवादमा भूदासहरूको सङ्घर्ष, पूँजीवादमा पूँजीवादी दासता तथा साम्राज्यवादीहरूका विरुद्ध उपनिवेशी मुलुकका जनताको सङ्घर्ष, साम्राज्यवादी फासीवादी शक्तिहरूले गर्ने आक्रमण हस्तक्षेप र नव उपनिवेशीकरणका विरुद्धको सङ्घर्ष चली रहेछ । अर्कातिर, पुरुष सत्ताका विरुद्ध पनि पूँजीवादी नारीवादी तथा सामन्तवादी प्रगतिशील नारीहरूको पनि सङ्घर्ष चली रहेको छ । विकसित पूँजीवादी मुलुकहरू र विकासोन्मुख पूँजीवादी मुलुकमा पनि पुरुष सत्ताका विरुद्ध विशेष गरेर यौन हिंसा व्यापक रूपमा भई रहेछ । विकसित पूँजीवादी मुलुकमा चाहे राष्ट्राध्यक्ष्ँ हुन, चाहे मन्त्री वा अन्य उच्च पदस्थ सार्वजनिक क्ष्ँेत्रका सम्मानित व्यक्तिद्वारा यौनहिंसा र उत्पीडनका समाचार दैनिकजसो सुनिने देखिने गरिन्छन् ।
कतिपय मुलुकका मुस्लिम समाजमा कतिसम्म महिलाहरू उत्पीडित छन् भने सम्झँदा पनि कहालीलाग्दो दुर्दशा भोगी रहेका छन् । एक जना पुरुषले तीन पटकसम्म आफ्नी श्रीमतीलाई तलाक, तलाक, तलाक भनेर त्याग्न सक्छ । पुरुषले घरमै छ वटा श्रीमती राख्न पाउँछ । इस्लाम धर्ममा पुरुषले तलाक दिएपछि महिलाले ठुलो कष्ट भोग्नु पर्छ । त्यति मात्र नभएर पुरुषले जतिसुकै शारीरिक र मानसिक उत्पीडन दिए पनि मुकपशु जस्तै सहनु पर्ने बाध्यता छ । पाकिस्तान तथा भारतमा पुरुष आफ्नी श्रीमतीलाई तेजाप हाल्ने नाक काट्नेसम्मका अत्याचार गर्दा पनि पुरुषले दण्डित हुनु पर्दैन, भलै कानुनमा त्यस्ता अत्याचार गर्ने छुट छैन । किनभने कट्टरपन्थी मुस्लिम समाजका मुल्ला मौलवी पुरुषै हुन्छन् र महिला मुल्ला मौलवी वा धर्मगुरु (खुमैनी जस्तो) हुन पाउने नियम सरियत कानुनमा छैन । नेपालको छिमेकी उत्तरी भारतका प्रभावशाली मुस्लिम प्रमुख धर्मगुरुले धार्मिक आदेश दिदै मुस्लिम महिलाहरूले पुरुषहरूले खेलेको फुटबल खेल हेर्नु हुँदैन । प्रमुख मुक्ति अथर कास्मी भन्छन्– लोग्ने मानिसले नाङ्गो घुँडाहरू देखाएर खेलेको खेल हेर्नु इस्लामी धर्मको उल्लङ्घन हो र महिलाहरूका निम्ति निषेध छ । कास्मी दारुल उलुमका धर्माधिकारी हुन् र यो एसियाकै सबैभन्दा ठुलो सुन्नी मुस्लिम धर्माधिकारी तालिम दिने सङ्गठन हो, जुन उत्तरी सहर डिओ बन्डमा छ । धर्मगुरुले फुटबल खेलका खेलाडीहरूले उनीहरूका स्वास्नीहरूले म्याच त के टेलिभिजनसम्म पनि हेर्न नहुने आदेश दिए हेर्न दिनेलाई कोर्रा हाने । उनले शुक्रबारको धार्मिक कर्मपछि भने कि उनीहरूलाई लाज छैन ? के ईश्वरको डर लाग्दैन ?
कास्मी भन्छन्– “महिलाहरूलाई फुटबल म्यान हेर्न किन पर्‍यो ? उनीहरूले फुटबल खेलाडीका तिघ्रा हेरेर के के पाउँछन्... ?”
दारुल उलुम उत्तर प्रदेश राज्यको १५० वर्ष पुरानो धार्मिक संस्था हो । यो संस्थाले सुन्नी हनाफी न्यायविधिको शिक्षा दिन्छ । यो संस्थाको कट्टरपन्थी इस्लामको सैद्धान्तिक आधारलाई धेरै कट्टरपन्थी धार्मिक समूहहरूले अपनाई रहेका छन्, जसमा अफगानिस्तानका तालिबानी आन्दोलन पनि एउटा हो ।
मुस्लिम महिला अधिकार कर्मीले लखनऊमा त्यस्ता आदेशको भत्र्सना गरे । भारतीय लोकतन्त्रमा मुस्लिम महिला मात्र होइन, अन्य भारतीय विशेष गरेर दलित अल्पसङ्ख्यक गरिब युवतीहरू ज्यादै पीडित छन् । संयुक्त राष्ट्र सङ्घ कमिटीको बालबालिकाका अधिकारका सम्बन्धमा २०१४ को रिपोर्ट अनुसार तीन जना बालबालिका एक जना यौन हिंसाका सिकार बन्छन् । नेसनल कायम रिकर्ड ब्युरोको २०१५ को तथ्याङ्क अनुसार ११,००० बालबालिका बलात्कृत भए । तथ्याङ्क अनुसार दिल्लीमा मात्र दैनिक तीन जना बालबालिका बलात्कृत भए । यो सहरलाई भारतको बलात्कारको राजधानी भनिन्छ । 
साउदी अरेबिया सुन्नी मुस्लिम मुलुक हो । त्यहाँका महिलाले फुटबल म्याच हेर्न, कार चलाएर हिड्न, आधुनिक पश्चिमी पोशाक लगाउने त धेरै टाढाको कुरा हो । महिलाहरूको सङ्घर्षको परिणामस्वरूप फुटबल म्याच हेर्न र कार चलाउने अधिकार पाएका छन् । अन्य सामान्य अधिकारका लागि अरू कठोर सङ्घर्ष गर्दैछन् । स्त्री पुरुष समानताका विषय त ज्यादै टाढाको स्वप्न भएको छ । तर साउदीका सङ्घर्षशील महिलाका सङ्घर्षले तीव्रता दिए चाँडै आउने छ । 
अफगानिस्तान र पाकिस्तानमा महिला स्वयंसेविकाहरूलाई नै पनि कट्टरपन्थी इस्लामिक गुटहरूले गोलीको सिकार बनाउँदै छन् । आफ्नो कपालका रौँदेखि अनुहार सबै छोप्नु पर्ने, बुर्का लगाउनु पर्ने बाध्यता मुस्लिम महिलाहरूमा छ । केही मुस्लिम मुलुकहरूमा त्यस्तो बन्देजलाई खुकुलो बनाएका छन् । नेपालका मुस्लिम समुदायका बुर्काको प्रचलन देखिएको छैन । कपाल नदेखाउने प्रचलन देखिन्छ । यहाँ किनियाका मुस्लिम समुदायका महिलाका पुरुष एकाधिकारका विरुद्धको सङ्घर्षबारे सानो चर्चा गरौँ ।
किनियामा गणतन्त्रात्मक व्यवस्था छ । त्यहाँको जनसङ्ख्या ४,६७,९०,७५८ छ । जातीय समूहहरूमा किकुयु २२ प्रतिशत, १४ प्रतिशत लुहगा, लुओ १३ प्रतिशत, कालेन्जिन १२ प्रतिशत, काम्बा ११ प्रतिशत, किसी ६ प्रतिशत, मिरू ६ प्रतिशत छन् । भाषाहरूमा अङ्ग्रेजी किस्वाहिली (दुवै सरकारी) धेरै जातीय भाषाहरू छन् । धर्महरूमा क्रिश्चियन ८३ प्रतिशत (जसमा प्रोटेस्टेन्ट ४७.७ प्रतिशत र क्याथोलिक २३.४ प्रतिशत समावेश छन्) मुस्लिम ११.२ प्रतिशत छन् । क्षेत्रफल ५,८०,३६७ स्क्वायर किलोमिटर छ । किनियाको पूर्वी अफ्रिका, पश्चिम टान्जानिया, दक्षिण सोमालिया, इथियोपिया उत्तरमा, दक्षिणी सुडान उत्तर पश्चिममा ।
किनियामा राष्ट्रपति व्यवस्था छ । राष्ट्रपति उरुइरू किनियाटा छन् । ४७ वटा काउन्टी छन् । रक्षा बजेट ९४२ मिलियन अमेरिकी डलर छ भने सक्रिय सेना २४,१०० । उद्योगहरू ः साना उद्योग छन्, जसमा प्लास्टिक, फर्निचर, ब्याट्री, टेक्सटायल, साबुन, चुरोट, पिठो । मुख्य बालीहरूमा चिया, कफी, मकै, गहुँ, उखु, फलफूल, सागपात । प्राकृतिक स्रोतहरूमा लिमस्टोन, नुन, जेम्स, फ्लुस्फार, जिन्क, डायटोमाइट, जिपसम, हाइड्रोपावर आदि । श्रमशक्ति कृषि ७५ प्रतिशत र सेवामा २५ प्रतिशत बेरोजगारी ९.२ प्रतिशत छ ।
आठौँ शताब्दीको प्रारम्भदेखि अरबहरूले किनियाबाट मसला र दासहरू निर्यात गरे भने उन्निसौँ शताब्दीमा बेलायतले किनियामाथि अधिकार जमायो । किनियाले डिसेम्बर १२, १९६३ मा स्वतन्त्रता पायो । किनियाको स्वतन्त्रतादेखि जोमो किनियाटा स्वतन्त्रतादेखिकै नेता रहे । उनी अगस्ट २२, १९७८ मा मरे । किनियाटाको ठाउँ उपराष्ट्रपति डानियल अरप मोई राष्ट्रपति भएका थिए ।
मुस्लिम पुरुषहरूले खतना (लिङ्गको छाला काट्ने) गर्नै पर्ने प्रचलन भए जस्तै महिलाहरूले पनि महिलाको बाहिरी यौनाङ्ग काट्ने समारोह गर्ने कट्टरपन्थी मुस्लिम समुदायमा छ । यो काट्ने प्रचलन ज्यादै पीडादायी मात्र नभएर कैयौँ महिलाले आफ्नो ज्यानै गुमाउँछन् । यो प्रचलन विकसित पूँजीवादी मुलुकका मुस्लिम महिलामा पनि गोप्य रूपले अझै रहेको समाचार सञ्चार माध्यममा आउँछन् । अविवाहित केटीलाई पूर्ण महिला हुन यो पीडादायी कर्म गर्नै पर्ने पुरुष आधिपत्य भएको मुस्लिम किनियाली समाजले बाध्यकारी नियम बनाएको छ । यस सम्बन्धमा यस्तो प्रचलनका विरुद्ध अर्थात् पितृसत्तात्मक समाज व्यवस्थाका विरुद्ध किनियाली मुस्लिम महिलाले तीव्र सङ्घर्ष गरेका छन् । 
एउटा सञ्चार माध्यममा आएको विवरण अनुसार पहिलो पल्ट महिलाको यौनाङ्ग काट्ने समारोहमा नाइस लिङगेट र उनको दिदी भागेर रातभर रुखमा लुकेर बसे । दोस्रो पल्ट उनको दिदीले लुक्न मानिनन् । मासाई परिवारहरूमा यौनाङ्ग काट्ने समारोह गर्नुको कारण केटीहरूलाई महिलामा परिणत गर्नु र विवाह गर्न योग्य बनाउनु हो । तर यस्तो प्रचलनका विरुद्ध आठ वर्षकी नाइस खतरा बनिन् । बलिया ठुला महिलाहरूले समातेर यौनाङ्ग काट्छन् र धेरै रगत बग्नुका साथै धेरैजसो केटीहरू मुर्छा पर्छन् भने केही त मरे । अहिले २७ वर्षीया लिङ्गेट आफ्नो अतित सम्झँदै के भन्छिन् भने यस्तो प्रचलनका विरुद्ध दिदीलाई सङ्घर्ष गर्नु महत्वपूर्ण काम हो भनेर सम्झाउन सकिनन् । लिङ्गेटकी दिदीले ज्यादै दुःख पाएको कहिले पनि बिर्सन सक्दिनन् । उनी ठुली भएपछि मासाईका केटीहरूलाई रक्षा गर्ने अठोट गरिन् । लिङ्गेट गाउँगाउँ घुमेर आफूभन्दा पाका ज्येष्ठ महिला र केटीहरूसँग नयाँ समारोहको व्यवस्था गरिन्, जहाँ यौनाङ्ग छेदन होइन । सात वर्षको अवधिमा ५०,००० केटीहरूलाई यौनाङ्ग काट्नेबाट बचाइन् ।
नाइसको कामले राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा पनि एउटा लहर ल्यायो । यौनाङ्ग छेदन गर्ने काममा विश्वव्यापी रूपमा १४ प्रतिशतले कमी ल्यायो । किनियामा यस्तो प्रचलनलाई गैर कानुनी गरेता पनि यो राजधानीमा जति प्रभावकारी हुन्छ । त्यो ग्रामीण क्ष्ँेत्रमा थोरै प्रभावकारी भयो । किनभने ग्रामीण क्ष्ँेत्रमा पुरुषहरूको शक्ति र तानाशाहीले गहिरो प्रभाव राख्छ । मासाईमा पाका लोग्ने मानिसहरूले यौनाङ्ग छेदनलाई अत्यन्त महत्वपूर्ण प्रचलन मान्छन् र त्यसलाई जबरजस्ती लाद्छन् । किनभने उनीहरू के विश्वास गर्छन् भने छेदन नगरेसम्म महिला महिला हुँदिनन् र लोग्ने मानिसले श्रीमती स्वीकार्न सक्दैन । 
लिङगेटले सबैभन्दा पहिले आफ्नो संरक्षक हजुरबाबुसँग विवाद गरिन् । उनले आफू अहिले ८ वर्षको भए अब ९ वर्षसम्म पर्खन भनिन् । ९ वर्ष पुगेपछि फेरि छेदन गर्न हजुरबाले भने तापनि मानिनन् र सडक बालिका हुने बताइन । त्यसपछि हजुरबाले अब भाग्छे भनेर छेदन नगर्न छोडी दिए । बाजेले छोडी दिए तापनि उनका समुदायका परिवारहरूले आफ्ना छोरीहरूलाई लिङगेटसँग खेल्न दिदैनथे । उनी खराब केटीमा दरिएकी मात्र नभएर उनको परिवारलाई अपमान गर्दथे । उनको दिदीले छेदन गरेपछि १२ वर्षको हुँदा नै बुढोसँग विवाह गरी दिए । दिदीको तीन वटा केटाकेटी छन् । जब लिङगेट हाइस्कुलमा पढ्ने पहिलो केटी बनिन् । उनलाई मासाईका केटीहरूले तारिफ गर्न थाले । दिन–प्रतिदिन उनका प्रशंसक र अनुयायी बढ्न थाले । भाग्न चाहने केटीहरूलाई भगाएर लुकाउने काम गरिन । उनले पुरुषको गाउँको सानो संसद सामु वादविवाद गरिन् । त्यसो गर्नु त्यस समाजमा ठुलो पुरुष प्रभुत्वलाई चुनौती दिनु हुन्थ्यो ।पछि उनीसँग विवाद बहस गर्ने आँट कसैमा रहेन । २०१४ मा मासाई समुदायका शताब्दीऔँ पुरानो मौखिक संविधानलाई फेरे र १.५ मिलियन किनियाका मासाई र टान्जानियामा केटीका यौनाङ्ग काट्ने प्रचलन औपचारिक रूपमै बन्द गरियो । 
उपर्युक्त विवरणले मुस्लिम महिलाका शारीरिक पीडालाई दर्शाउने मात्र होइन, साहसपूर्वक पुरुष प्रभुत्वका विरुद्ध सङ्घर्ष गरे जीत अवश्य हुन्छ भन्ने सन्देश दिन्छ । मुस्लिम महिलाहरू विशेष गरेर कट्टरपन्थी मुस्लिम सरियत कानुनले लादेका क्रुर विभेदका विरुद्ध लामो सङ्घर्ष नगरी समान अधिकार प्राप्त गर्न सक्ने स्थितिमा छैनन् । उनीहरूले वर्गीय शोषण उत्पीडन तथा दमनका विरुद्ध मात्र सङ्घर्ष नभएर पुरुष लिङ्गीय भेदभाव तथा उत्पीडनका विरुद्ध पनि सङ्घर्ष गर्नु परेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
राष्ट्रियताको प्रश्न ः प्रमुख मुद्दा
भावी वामपन्थी सरकारसँग भारतीय साइनो
कम्युनिस्ट पार्टी निर्माणको समस्याबारे केही कुरा
विश्वास र सन्देहबीचको द्वन्द्वात्मक सम्बन्ध
आगामी विद्यार्थी आन्दोलनको बाटो
युवा पुस्ताको काँधमा आएको अभिभारा
परिवर्तित स्वरूपमा महिला शोषण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal