२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख १०, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
परिवर्तित स्वरूपमा महिला शोषण
निर्मला आचार्य
उन्निसौँ शताब्दीमा सुरु भएको महिला मुक्ति आन्दोलनले थुप्रै आरोह–अवरोह पार गर्दै महिला अधिकारका थुपै्र मुद्दाहरूलाई स्थापित गरेको छ । आजका दिनसम्म आई पुग्दा विश्वका तमाम मुक्तिगामी महिलाहरूले आफ्नो ज्यानको आहुति दिदै महिला मुक्ति आन्दोलनलाई अगाडि बढाएको पाइन्छ । यही आन्दोलन र सङ्घर्षको परिणामस्वरूप आज महिलाहरू पितृसत्तामक राज्य व्यवस्थामा पुरुषहरूसँगै काँधमा काँध मिलाएर अगाडि बढी रहेका छन्, तथापि महिलाहरूमाथि हुने थिचोमिचोको स्वरूप भने परिवर्तन भएको छ । यसरी परिवर्तित स्वरूपलाई केही नारीवादीहरू नारी स्वतन्त्रता र अधिकारका नाममा हेरी रहेका छन् भने माक्र्सवादी महिलाहरूले महिलाहरूमाथि थिचोमिचो गर्ने अर्को पूँजीवादी अस्त्रका रूपमा हेरी रहेका छन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले यसबारे विश्लेषण गर्दा महिलाहरूलाई पूँजीवादी बजारको वस्तुका रूपमा उपयोग गर्दै व्यापार प्रबद्र्धनका लागि उपयोग गरिएको पाइन्छ । 
पूँजीवादी समाजको चरमोत्कर्ष चली रहेको एक्काइसौँ शताब्दीमा व्यापार प्रबद्र्धन गर्नका लागि गरिने सञ्चारको विज्ञापनमा अधिकांश त्यस्ता प्रबद्र्धनात्मक विज्ञापनमा महिलाहरूलाई स्थान दिइएको पाइन्छ । त्यस्ता विज्ञापनमा महिलाहरूलाई स्थान दिई रहदा प्रायः उनीहरूको सुन्दरता, लवाइखुवाइ, पहिरनलाई आकर्षक देखाउनका लागि पुतली सरह सजाउँदै प्रस्तुत गरिने हुँदा महिलालाई मानवभन्दा पनि बस्तुका रूपमा लिने गरिन्छ । अझ कुनै कुनै विज्ञापनमा त वान पिस र टू पिस कपडाहरूमा प्रस्तुत गरिन्छ । यसरि बस्तु प्रबद्र्धनका नाममा वस्तुको उपयोगिताभन्दा महिलाहरूको सुन्दरता र प्रस्तुतिलाई विज्ञापनमा बढावा दिएको पाइन्छ । त्यसरी विज्ञापनमा खेलाइने महिलाहरूलाई शारीरिक र मानसिक रूपमा निर्वस्त्र पारिन्छ भने अर्कातिर पारिश्रिमक पनि थौरै दिइएको पाइन्छ । यसरी उपभोक्ताहरूलाई गुमराहमा पर्ने अचुक अस्त्रका रूपमा महिलाहरूलाई अहिलेको पँुजीवादी व्यवस्थामा प्रयोग भई रहेका छन् । 
पूँजीवादीहरूले शोषणको स्वरूप परिवर्तन गर्दै थुप्रै सुन्दरता प्रतियोगिताहरू विश्वव्यापी रूपमा सञ्चालन गरी रहेको छ । यसरी सुन्दरताको नाममा गरिने कथित प्रतियोगिताहरूमा पनि महिलाहरू शारीरिक तथा मानसिक रूपमा शोषण भई रहेका छन् । प्रतियोगितात्मक यस्ता कार्यक्रमहरू अहिले मन्टेसरी स्कुलदेखि स्कुल–कलेजहरूमा पनि सञ्चालन भई रहेका छन् । यस्ता प्रतियोगिताहरूले व्यक्तित्व विकास गर्ने तर्क प्रस्तुत गरी रहदा अर्कातिर, समाजमा उच्शृङ्खलता बढी रहेको र समाजमा अपराधिक क्रियाकलाप बढी रहेको तितो यथार्थलाई लुकाउन सकिदैन । यसरी पूँजीवादीहरूको साम्राज्यवादी जालो सबै ठाउँमा फैलिएको पाइन्छ । 
पूँजीवादीका विरुद्ध चली रहेको समाजवादी आन्दोलनलाई कमजोर पार्नका लागि मुक्तिगामी महिला आन्दोलनलाई कमजोर पार्ने प्रयत्न चौतर्फी भई रहेको छ । त्यसै क्रममा विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै पूँजीवादी व्यवस्थामा महिलाहरूको प्रयोग अश्लील, छाडा र घिनलाग्दा चलचित्र, पत्रपत्रिका र होर्डिङ बोर्डमा प्रयोग भई रहेको पाइन्छ । तर यसरी वस्तुका रूपमा प्रयोग भई रहदा कथित पूँजीवादी व्यवस्थाका विद्वान महिला वर्ग नै सचेत छैनन् । यस प्रकारले छाडा संस्कृतिले चौतर्फी स्थान पाई रहदा समाजलाई अद्योगतितिर धकेली रहेको छ । यस प्रकारको संस्कृतिले समाजमा अपराधिक क्रियाकलाप बढी रहेको छ । अझ उदेकलाग्दो विषय त के छ भने आफूलाई प्रगतिशील भन्ने समाजवादी व्यवस्थाका पक्षधरहरू पनि धेरै हदसम्म यस प्रकारको साम्राज्यवादी जालोमा फसेका छन् । 
पूँजीवादीको प्रमुख उद्देश्य पूँजीको परिचालन नै हो । पँुजीलाई चलायमान बनाउँदै अधिक नाफा कमाउनु यस व्यवस्थाको एक मात्र उद्देश्य हो । अतः कस्मेटिक बजार अन्तर्राष्ट्रिय बजारको एक प्रमुख हिस्सा हो । कस्मेटिक सामग्रीको प्रयोगले सुन्दरतामा निखार ल्याउने र त्यसले बजारमा स्थान पाउने भन्ने पँुजीवादीको मान्यताले स्थान पाउँदै गर्दा यसको प्रयोगले महिलाहरूलाई वस्तुको रूपमा देखाउने होडबाजी नै चलेको छ । ।यसरी पँुजीवादले एकातिर, नारीहरूलाई नयाँ प्रकारले थिचोमिचो गरी रहेको छ भने अर्कातिर, पितृसत्तात्मक व्यवस्थालाई अझ बलियो बनाउँदै लगी रहेको छ । यस अर्थमा महिला शोषणको स्वरूप भने परिवर्तित भएको छ । 
परिवर्तित स्वरूपको शोषणका विरुद्ध विश्वभरि नै महिला मुक्ति आन्दोलन चली रहेको छ तर त्यो आन्दोलन भने एकदमै सुशुप्त अवस्थामा छ । यो सुशुप्त अवस्थामा रहेको आन्दोलनलाई अगाडि बढाएर विश्व महिला मुक्ति आन्दोलन अगाडि बढाउनु आजको आवश्यकता हो । त्यसका लागि व्यापक जनचेतनाका कार्यक्रम एक सशक्त क्रान्किारी स्पिरिटले लैजान क्रान्तिकारी पार्टीको नेतृत्वमा सम्पूर्ण मुक्तिगामी तथा परिवर्तनगामी महिलाहरू एकजुट हुनु जरुरी छ । यसरी पँुजीवादी व्यवस्थाको विरुद्धमा चल्ने आधीबेहरीलाई महिला मुक्ति आन्दोलनले धक्का दिने निश्चित छ । आज विश्व बजारमा देखिएका उदारवादी महिला मुक्ति आन्दोलन र विकृत संस्कृति विरुद्ध सङ्गठित हुन जरुरी छ भने अर्कातिर, महिला मुक्ति आन्दोलनको पथ प्रदर्शक सिद्धान्त माक्र्सवादको झण्डालाई उचो राख्दै अगाडि बढ्नु आवश्यक छ । यसरी कथित नाफा (फाइदा) का लागि वस्तु प्रबद्र्धन गर्नका लागि गरिने महिलाको प्रयोगलाई निस्तेज गर्दै समाजवादी आन्दोलनलाई अगाडि बढ्नु जरुरी छ । महिलाहरूलाई कस्मेटिक साधनको प्रयोगले पुतली बनाउने र अर्थ बजारमा पुतलीको बजारले फाइदा कमाउने होडका विरुद्ध अगाडि बढनु न्यायप्रेमी, मुक्तिकामी क्रान्तिकारीहरूको आजको आवश्यकता हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
राष्ट्रियताको प्रश्न ः प्रमुख मुद्दा
भावी वामपन्थी सरकारसँग भारतीय साइनो
कम्युनिस्ट पार्टी निर्माणको समस्याबारे केही कुरा
विश्वास र सन्देहबीचको द्वन्द्वात्मक सम्बन्ध
आगामी विद्यार्थी आन्दोलनको बाटो
युवा पुस्ताको काँधमा आएको अभिभारा
पुरुष सत्ताका विरुद्ध मुस्लिम महिलाहरूको सङ्घर्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal