२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्याङ्क अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार नौ सय ८२ जनाको ज्यान गएको छ । 
आ.व. २०७० र ७१ मा एक हजार सात सय ८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै, २०७१÷७२ मा दुई हजार चार जनाको, २०७२÷७३ मा दुई हजार छ जनाको, २०७३÷७४ मा दुई हजार तीन सय ८४ जनाको र २०७४÷७५ को कार्तिक मसान्तसम्म अर्थात चार महिनामा आठ सय एक जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनु भएको छ । दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आ.व. २०७०÷७१ मा आठ हजार चार सय छ, २०७१÷७२ नौ हजार एक सय ४५, २०७२÷७३ मा १० हजार १३, २०७३÷७४ मा १० हजार एक सय ७८ र २०७४÷७५ को कार्तिक मसान्त अर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।
सवारी साधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्याङ्कले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्वाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादक पदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal