२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
काठमाडौँ । केही समययता रोकिएको त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु भएको छ ।
स्पेनको कम्पनी सान्जोसेले समयमा काम नथालेकाले सरकारले डिसेम्बर २०१६ मा ठेक्का तोडेको थियो । एउटै कम्पनीलाई जिम्मा दिदा काम प्रभावित भएपछि नागरिक उड्डयन प्राधिकरणले यसपालि तीन भागमा बाँडेर ठेक्का दिएको छ । एन.सी.बी.०१ अर्थात् विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का ‘चाइना साङगी कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ’ ले पाएको छ । ५६ करोड १८ लाख रूपैयाँमा धावनमार्ग विस्तारको जिम्मा दिइएको हो । सान्जोसेले विमानस्थल विस्तारको १८ प्रतिशत काम मात्र सकेको थियो । बाँकी काम सक्न प्राधिकरणले नयाँ ठेक्का लगाएको हो । ठेक्का सम्झौता भएको अढाइ महिनापछि चिनियाँ कम्पनीले भौतिकतर्फको काम थालेको छ ।
यस्तै, एन.सी.बी.०२ अर्थात् विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तारको जिम्मा नेपाली कम्पनी ‘शर्मा प्रेरा आसिसल’ ले पाएको छ । त्यसको लागत ८७ करोड आठ लाख रूपैयाँ छ । प्राधिकरणका प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठका अनुसार दुवै कम्पनीले काम थालेका छन् । दुवैलाई १८ महिनाको समय दिइएको छ ।
एन.सी.बी.०३ अर्थात् जेनेरेटर इन्स्टलेसनका साथै बत्तिहरू जडानको जिम्मा नेपाली कम्पनी ‘आशिष एन्ड प्रेरा जोइन्ट भेन्चर’ ले पाएको छ । त्यसको लागत २१ करोड ७२ लाख रूपैयाँ छ । उक्त आयोजनामा एसियाली विकास बैङ्कको सहयोग छ । कुल ८० लाख अमेरिकी डलरको आयोजनामा ७० लाख ऋण र १० लाख अनुदान हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal