२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
काठमाडौँ । नेकपा (मसाल)ले देशमा सङ्कटकाल लगाउने र न्यायाधिशहरूलाई गिरफ्तार गर्ने मालदिभ्सका राष्ट्रपतिको कदमलाई ‘अधिनायकवादी शासन कायम गर्ने प्रयत्न’ बताउँदै उक्त घटनाको तीव्र शब्दमा भत्र्सना गरेको छ । 
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मालदिभ्स घटनाका सम्बन्धमा २०७४ माघ २३ गते एक प्रेस वक्तव्य जारी गर्दै भन्नु भएको छ–“मालदिभ्समा घटेका घटनाहरूलाई नेकपा (मसाल)ले गम्भीर रूपमा लिन्छ । त्यहाँको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिका विरुद्ध लगाइएको आरोपलाई राजनीतिक उद्देश्यले प्रेरित भनेर उनलाई सफाइ दिने फैसला गरेको छ । त्यसका साथसाथै विपक्षका राजबन्दीहरूलाई पनि रिहाइ गर्ने आदेश दिएको छ ।
वर्तमान राष्ट्रपतिले सर्वोच्चका त्यस प्रकारका निर्णयलाई पालन गर्न अस्वीकार गरेपछि सर्वोच्चले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो । त्यहाँका प्रहरीका आई.जी.पी. ले सर्वोच्चको आदेशलाई पालना गर्ने बताएका थिए । तर वर्तमान राष्ट्रपतिले उनलाई (प्रहरीका आई.जी.पी. लाई) पनि बर्खास्त गरे ।
वर्तमान राष्ट्रपतिले देशमा सङ्कटकाल लगाउने र न्यायाधीशहरूलाई गिरफ्तार गर्ने समेत काम गरेका छन् । हाम्रो पार्टीले त्यस प्रकारको कारवाहीलाई प्रजातन्त्रमाथिको गम्भीर प्रकारको कुठाराघात ठान्दछ र त्यसको परिणामस्वरूप त्यहाँ अधिनायकवादी शासन कायम हुने खतरा उत्पन्न भएको छ । हामीले त्यहाँ अधिनायकवादी शासन कायम गर्ने प्रयत्नको तीव्र शब्दमा भ्रत्सना गर्दछौँ । त्यसका साथै त्यहाँ शान्ति, सुव्यवस्था र प्रजातन्त्र कायम गर्नका लागि सम्पूर्ण विश्वका न्याय र प्रजातन्त्र पक्षधर जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”
मूल्यवृद्धि फिर्ताको माग
यसैबीच नेकपा (मसाल) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गराउन सरकारसँग माग गरेको छ । मसालले कतारमा रोजगाररत रहेका कतिपय नेपालीहरू त्यहाँका विभिन्न अस्पतालका कोमामा रहेको जनाउँदै उनीहरूको उपचार र स्वदेश फर्कने व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेको छ ।
नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीद्वारा २०७४ माघ २० मा जारी प्रेस विज्ञप्ती मा सो माग गरिएको छ । जारी विज्ञप्तीमा अगाडि भनिएको छ– “रोजगारका लागि कतारमा गएका कतिपय नेपालीहरू कैयौँ वर्षदेखि त्यहाँका विभिन्न अस्पतालहरूका कोमामा रहेका समाचारहरू सार्वजनिक भएका छन् । उनीहरूको उपचार र स्वदेश फर्कने व्यवस्था समेत नहुँदा उनीहरूले धेरै कष्टको जीवन बिताउन परी रहेको छ । यससम्बन्धी नेपाल सरकारले अपनाएको व्यवहारले आफ्ना नागरिकप्रतिको गैर जिम्मेवार नीतिलाई बताउँछ । विदेशमा कुनै नेपाली दुर्घटनामा पर्दा विरामी वा मृत्यु समेत हुँदा उनीहरूका अन्तर्राष्ट्रिय मानवीय कानुनले व्यवस्था गरेका अधिकारहरूलाई सुरक्षित गर्न पहल गर्नु नेपाल सरकारको दायित्व हुन्छ । त्यस कारण कतारस्थित पीडित नेपालीहरूको उपचार र स्वदेशमा फर्कन समेत आवश्यक व्यवस्था मिलाउन नेकपा (मसाल) ले नेपाल सरकारसित माग गर्दछ ।
हालै आयल निगमद्वारा वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यका कारण सर्वसाधारण जनता र आम उपभोक्ताहरूले चर्को भाडादर र महङ्गी ब्यहोर्नु पर्ने स्थिति सृजना भएको छ । हाम्रो पार्टीले पेट्रोलियम पदार्थमा त्यसरी भएको मूल्यवृद्धिको विरोध गर्दै उक्त निर्णय फिर्ता गराउन नेपाल सरकारसित माग गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal