२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
नयाँ दिल्ली । भारतस्थित नेपालीहरूका समस्यालाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रतिनिधि मण्डल ३१ जनवरी २०१८ का दिन नयाँदिल्लीस्थित नेपाली दूतावासमा पुगेको छ । राष्ट्रिय जनमोर्चाका पूर्व सांसद हरि आचार्यको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा अध्यक्ष दुर्गा बहादुर केसी, उपाध्यक्ष कपिल खनाल, महासचिव खगेश्वर शर्मा, सचिव ठाकुर खनाल, पूर्व केन्द्रीय सदस्य ओबिराम जिएम, नेपाली समाचारका सहसम्पादक धनवीर पुन मगरको पनि उपस्थिति रहेको थियो । 
राजदूतावासमा भएको छलफलमा आधार कार्डको प्रावधानले नेपालीहरूलाई परेको समस्याका बारेमा छलफल भएको थियो । यसबारेमा छिट्टै ठोस निर्णय हुने आश्वासन कार्यवाहक राजदूत भरत कुमार रेग्मीले दिनु भएको थियो । का.वा. राजदूत रेग्मी नेपाली सिटिजन उल्लेख रहेको आधार कार्ड जारी गर्न भारत सरकार समक्ष प्रस्ताव पठाउन पहल गर्ने बताउनु भएको थियो ।
रामेश्वर मन्दिरको समस्याका बारेमा प्रतिनिधि मण्डलले अवगत गराएको थियो । सो धर्मशालाको स्वामित्व खोजी गर्न र आफ्नो स्तरबाट पहल गर्न एकता समाजले दूतावास समक्ष आग्रह गरेको थियो । त्यस्तै, बस व्यवसायीबाट यात्रुहरूसँग बढी भाडा लिने, ओभरलोड गर्ने, निश्चित गन्तव्य स्थानमा नपुर्‍याउने, दुर्घटना परी हाले सञ्चालकहरू घटनास्थलमा तत्काल उपस्थित नहुने लगायतका समस्याबारे भारतबाट सञ्चालित नेपाली बस व्यवसायीहरूको एक भेला बोलाई उल्लेखित समस्या समाधानको पहल गर्न दूतावासलाई अनुरोध गरिएको थियो । 
नेपालीहरूद्वारा भारतमा सञ्चालन गरिएका उद्योग व्यवसायीहरूलाई अनेकप्रकारका कानुनी अडचनहरू परिरहेले त्यो समस्या समाधानार्थ दूतावासमार्फत् नेपाली व्यवसायीहरूको हकहितको सम्रक्षण गर्नको लागि एक भेला आयोजना गरि छलफल चलाउन पनि माग गरियो । – धनवीर पुन मगर, नयाँ दिल्ली

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal