२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका भारतव्यापी नगर सम्मेलन आगामी अप्रिल, मे र जुन महिनामा सम्पन्न हुने भएका छन् । यही जनवरी २७ र २८ का दिन सम्पन्न केन्द्रीय समितिको पाँचौँ बैठकले सो निर्णय गरेको हो ।
बैठक पश्चात् समाजका अध्यक्ष दुर्गा बहादुर केसीद्वारा जारी विज्ञप्ती मार्फत्् सो जानकारी सार्वजनिक गरिएको छ । अध्यक्ष केसीद्वारा जारी विज्ञप्तीमा भारत प्रवासमा छरिएर रहेका श्रमजीवी नेपालीमाथि आई पर्ने तमाम समस्यालाई समाधान गर्नका लागि कूटनैतिक पहल गर्नु पर्ने आवश्यकता रहेको उल्लेख छ । भारतका विभिन्न स्थानहरूमा नेपालीहरूलाई आधार कार्ड, पान कार्ड, ड्राइभिङ लाइसेन्स, बैङ्क एकाउन्ट लगायतका समस्या समाधानार्थ नेपालमा बन्न गई रहेको नयाँ सरकार गठन पश्चात् प्रधामन्त्री र परराष्ट्र मन्त्री समक्ष केन्द्रीय समितिकोतर्फबाट प्रतिनिधि मण्डल गई वार्ता गर्ने र माग पत्र प्रस्तुत गर्ने आगामी कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । 
त्यस्तै, २० अप्रिलदेखि ३० जुन २०१८सम्म समाजले भारतव्यापी नगर सम्मेलन अभियान सम्पन्न पार्ने समेत विज्ञप्ती मार्फत् बताइएको छ । आठौँ अखिल भारत सम्मेलनको पूर्व तयारीका लागि नयाँ स्थानमा सङ्गठन निर्माण र सदस्यता अभियानलाई व्यापक रूपमा लैजाने निर्णय भएको पनि बताइएको छ । 
केन्द्रीय समितिको मातहतमा रहेको मुद्दा विभागले भारत प्रवासमा नेपालीहरूमाथि पर्ने कानुनी दाउपेचका मुद्दाहरूबाट पिल्सिएकाहरूलाई न्याय दिलाउन पहल गर्ने, भारतका विभिन्न जेलहरूमा के कति नेपालीहरू छन् ? त्यसको विवरण खोजबिन गर्ने र भारतीय दण्ड सजायका धाराहरूको अध्ययन गर्ने र सम्बन्धित सरोकारवालाको ध्यानकर्षण गराउने विज्ञप्तीमा उल्लेख छ । 
लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सक्रिय योगदान दिनु भएका केन्द्रीय सदस्य ओबिराम जिएम, केन्द्रीय सचिव एवं महिला केन्द्रीय विभागकी संयोजक, तारा जिसी, केन्द्रीय सदस्य नारायण जिसी, महिला केन्द्रीय विभागकी सदस्य तारा थापा क्षेत्री, केन्द्रीय प्रतिनिधि विष्णु आचार्यलाई नेपालमा काम गर्ने गरी बिदाइ गरिएको निर्णय विज्ञप्तीमा उल्लेख छ । 
मूल प्रवाह नेपाली एकता समाज अन्तर्गका विभिन्न विभागहरूको बैठक सम्पन्न भएको जानकारी दिदै विज्ञप्तीमा समता र जनजाति विभागले संयुक्त रूपमा आगामी १३ र १४ अप्रिल २०१८ मा प्रशिक्षण कार्यक्रम र १५ अप्रिलमा अन्तरक्रिया कार्यक्रम गरिने जानकारी दिइएको छ । त्यसै गरी, दक्षिण भारतको रामेश्वर मन्दिरमा वि.सं. २०१६ मा नेपालकी रानी जगदम्बाले निर्माण गरेको नेपाली धर्मशाला हाल आएर केही अज्ञात व्यक्तिहरूबाट दुरूपयोग र जीर्ण अवस्थामा पुगेको रिपोर्ट प्राप्त भएकाले त्यसको सत्यतथ्य छानबिन गर्ने निर्णय भएको बताइएको छ । 
विज्ञप्तीको अन्तमा देशको तात्कालिक राजनीतिक अवस्था र साङ्गठनिक गतिविधिका बारेमा २८ जनवरी २०१८ का दिन नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा मूल प्रवाह नेपाली एकता समाजको नेतृत्व तहलाई एक दिने प्रशिक्षण दिइएको जानकारी पनि दिइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal