२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
काठमाडौँ । शुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले प्रदेश संसदमा समेत सङ्घीयताका विरुद्धमा जोडदार आवाज उठाएको छ । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसदहरूले संसदको पहिलो बैठकमा बोल्दै सङ्घीयता खारेज गर्नु पर्नेमा जोड दिएका छन् ।
“सङ्घीयता अहिले स्वयं सङ्घीयतावादीहरूकै लागि हिराको सिक्रीले बाँधिएको भालु जस्तै भएको छ ।” २०७४ माघ २० गते कास्कीको पोखरामा बसेको प्रदेश नम्बर ४ को पहिलो संसद बैठकमा बोल्दै राजमोका प्रदेश सांसद कृष्ण थापाले भन्नुभयो–“सङ्घीयता नेपालका सन्दर्भमा यहाँको अर्थतन्त्रले धान्नै नसक्ने अत्यन्त खर्चिलो र बोझिलो प्रणाली हो भन्ने अब प्रष्ट भैसकेको छ । जनता यही प्रणालीका कारण जनता असुरक्षित बन्दै गैरहेका छन् । त्यसकारण यसलाई हामीले खारेजै गरेर जानु पर्दछ ।” सांसद थापाले संसदको डेस्कबाट यसरी बोलिरहँदा अगाडि बसेका अन्य सांसदहरू आश्चर्यचकित परेको देखिन्थ्यो । 
सम्बोधनको क्रममा राजमो सांसद थापाले पार्टीहरूले डन र गनको मोहबाट प्रमुख भनिने पार्टीहरू मुक्त हुनुपर्नेमा जोड दिनु भएको थियो । “सम्मानित अदालतले अपराधी प्रमाणित गरिसकेको व्यक्ति समेत यही संसदका सांसद बनेर आएका छन् ।” उहाँले भन्नुभयो–“त्यस्ता व्यक्तिहरू मात्र होइन तिनलाई सांसदको टिकट दिने पार्टीहरूनै यहाँ सच्चिनु आवश्यक छ ।” संसद बैठकमा बोल्दै एमाले सांसद पृथ्वी सुब्बा गुरुङले समेत सङ्घीयता नेपालमा आवश्यक नभएको आसय व्यक्त गर्नु भएको थियो ।
यस्तै २१ माघ मा रूपन्देहीको बुटवलमा बसेको प्रदेश नम्बर ५ को संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै राजमोकी सांसद तारा जि.सी.ले सङ्घीयता प्रति आफ्नो पार्टीको विमति निरन्तर जारी रहेको प्रष्ट पार्नु भएको थियो । “सङ्घीयता प्रतिको हाम्रो विमति जारी छ । सङ्घीयता नेपाली जनताको माग र आवश्यकताले आएको प्रणाली नै होइन ।” सांसद जि.सी.ले भन्नुभयो–“सङ्घीयताप्रति हाम्रो विमति रहे पनि कृषि, जलस्रोत, पर्यटन र समग्र यस क्ष्ँेत्रको विकासका सन्दर्भमा भने हाम्रँे निरन्तर सहभागिता रहिरहने छ ।” सम्बोधनको क्रममा सांसद जि.सी.ले प्रदेश राजधानीको विषय विज्ञहरूको आयोग बनाएर निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको थियो । पाँच नम्बर प्रदेश संसदको उक्त पहिलो बैठकमा सांसदहरू, एमालेका संसदीय दलका नेता शङ्कर पोख्रेल, माओवादी केन्द्रका कुलप्रसाद के.सी., नेपाली काङ्ग्रेसका दिलबहादुर राना, सङ्घीय समाजवादी फोरमका सहर्षराम चौधरीले समेत बोल्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal