२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको दोस्रो राष्ट्रिय परिषद् बैठक २०७५ जेठ ५देखि ७सम्म अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ । २०७४ माघ २० र २१ गते रूपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको एघारौँ पूर्ण बैठकबाट जनजाति सम्मेलनले राष्ट्रिय परिषद् बैठकको सो मिति र स्थान तय गरेको हो । 
वैठक पश्चात् अध्यक्ष निमबहादृुर बुढाथोकीद्वारा जारी प्रेस वक्तव्यमा बैठकले गरेका अन्य महत्वपूर्ण निर्णयहरू समेत सार्वजनिक गरिएको छ । अध्यक्ष्ँ बुढाथोकीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ–“अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको एघारौँ पूर्ण बैठक २०७४ माघ २० र २१ गते समितिका अध्यक्ष निम बहादुर बुढाथोकीको अध्यक्षतामा बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
बैठकमा गत मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समीक्षा गरियो । अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय समिति र त्यसभन्दा तल्ला समितिका साथीहरू निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारको पक्षमा चुनावी प्रचार प्रसारमा खटेको समीक्षा गरियो । बैठकले निर्वाचनमा खट्ने सबै साथीहरूलाई धन्यवाद दिनुका साथै राष्ट्रिय जनमोर्चाकातर्फबाट बिजेता सांसदहरूलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको छ । 
आगामी २०७५ जेष्ठ ५, ६ र ७ गते अखिल नेपाल जनजाति सम्मेलनको दोस्रो राष्ट्रिय परिषदको बैठक तथा राष्ट्रिय प्रशिक्षण अर्घाखाँचीको सन्धिखर्कमा गर्ने निर्णय गरिएको छ । केन्द्रीय समितिकातर्फबाट बैठक तथा प्रशिक्षणको व्यवस्थापनका लागि राम बहादुर बुढा, लाल बहादुर राना, वीर बहादुर पुन, र उषा पुनलाई जिम्मेवारी दिइएको छ । 
सङ्गठनको ८ क्षेत्रलाई परिवर्तन गरी ७ वटा क्षेत्रमा विभाजन गरिएको छ । प्रदेश नं. १ स्तरको क्षेत्रका लागि तुलमान राई इन्चार्ज र लिल कुमार राई सहइन्चार्ज तोकिएको छ । प्रदेश नं. २ मा इन्चार्ज निष्णु थिङ, प्रदेश नं. ३ र ६ केन्द्रीय कार्यालयले हेर्ने, प्रदेश नं. ४ इन्चार्ज लाल बहादुर राना, प्रदेश नं. ५ वीर बहाद्र पुन, प्रदेश नं. ७ इन्चार्ज नरेश आलेलाई तोकिएको छ । साथै केही प्रदेशको समन्वय समिति पनि गठन गरिएको छ, जसमा प्रदेश नं. ४ को संयोजक मेक बहादुर पाइजा, सदस्यहरूमा लाल बहादुर पुन, दीपक गुरुङ, लाल बहादुर दरै र ज्ञानु थापा, प्रदेश नं. ५ संयोजक राम बहादुर जिएम, सदस्यमा उषा पुन, गुमान सिंह पुन, मान बहादुर सिंजापति, रमेश मान गुरुङ, चन्द्र बहादुर राना र तिलक गाहा रहनु भएको छ । 
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सन्दर्भमा गत वर्ष सञ्चालित साहित्यिक अभियानमा वाचित साहित्यिक सामग्रीहरूलाई सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशित गर्ने निर्णय गरिएको छ । सङ्गठनको मुखपत्र जनजाति आवाज अङ्क १९ प्रकाशित गर्ने निर्णय गरिएको छ । 
अखिल नेपाल जनजाति सम्मेलनकातर्फबाट “जित बहादुर राना अक्षय कोष” निर्माण गर्ने पूर्व निर्णयलाई कार्यान्वयन गर्न आवश्यक निर्णय गरिएको छ । बैठकबाट रिक्त केन्द्रीय सदस्यमा वैकल्पिक केन्द्रीय सदस्य नरेश आलेलाई पदोन्नति गरिएको छ । सङ्गठन, प्रकाशन, कार्यालय, आर्थिक लगायतका बिषयमा आवश्यक निर्णयहरू गरिएका छन् ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal