२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा राष्ट्रिय जनमोर्चासँगको पूर्व सहमति नेकपा (एमाले) र माओवादी केन्द्रले कार्यान्वयन नगरेकोमा नेकपा (मसाल) ले दुःख प्रकट गरेको छ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ माघ १८ गते जारी प्रेस वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ । वक्तव्यमा सङ्घीयता खारेज गर्नु पर्नेमा जोड दिइएको छ भने आफ्ना विस्तारवादी नीतिहरूलाई नयाँ प्रकारले लागु गर्नका लागि वातावरण तयार पार्नका लागि नै भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण भएको पनि प्रष्ट पारिएको छ ।
महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “अहिलेसम्मको राजनीतिक घटनाक्रम र प्राप्त अनुभवबाट सङ्घीयता नेपालका लागि उपयुक्त नभएको कुरा झन्‌पछि झन् प्रष्ट हुँदै गएको छ । त्यसैले नेकपा (मसाल) ले सङ्घीयतालाई सम्पूर्ण रूपले खारेज गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका लागि संसदभित्र र संसद बाहिर हाम्रो सङ्घर्ष जारी रहने छ । हामीलाई विश्वास छ, अन्तमा जनता आफ्नै अनुभवबाट सङ्घीयताका विरुद्ध उठ्ने छन् र यो व्यवस्था खारेज हुने छ ।
राष्ट्रिय सभाको चुनावका सन्दर्भमा ४ नं. प्रदेशमा कमसेकम एक सिट राष्ट्रिय जनमोर्चालाई दिनेबारे एमाले र माओवादी केन्द्रको नेतृत्वसित कुराकानी भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली र सुवास नेवाङ तथा माओवादी केन्द्रका अध्यक्ष समेतले हाम्रो प्रस्तावप्रति उहाँहरू सकारात्मक भएको बताउनु भएको थियो । तर अहिले चुनावका बेलामा त्यो वचन अनुसार काम गरिएन । ५ नं. प्रदेशमा हामीलाई राष्ट्रिय सभाको एक पिसट दिनेबारे एमाले र माओवादीका केन्द्रीय नेताहरूले लिखित रूपमा नै सहमति गरेका थिए । तर त्यस सहमतिलाई कार्यान्वयन गर्नेबारे पनि कुनै काम गरिएन । त्यसका लागि हाम्रो पार्टीले दुःख प्रकट गर्दछ ।
भारतीय परराष्ट्र मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणलाई हाम्रो पार्टीले गम्भीर राजनीतिक अर्थमा लिएको छ । नेपालमा वाम पक्षधर शक्तिहरूको विजय र नेका पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपालप्रतिका आफ्ना विस्तारवादी नीतिहरूलाई नयाँ प्रकारले लागु गर्न वातावरण तयार पार्न नै भारतीय विदेश मन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ । त्यसको मुख्य उद्देश्य नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध नै दक्षिण छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । नेपालको कुनै पनि सरकार वा कुनै पनि राजनीतिक पक्षद्वारा भारतीय विस्तारवाद वा त्यसले संविधानमा संशोधनका लागि दिदै आएको दबाबप्रति कुनै पनि प्रकारको सम्झौतापरस्त नीति अपनाउँछ भने हाम्रो पार्टीले सधैँ झैँ अहिले पनि दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्ने छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal