२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
काठमाडौँ । देशलाई स्थायी सरकार दिएर समृद्धि र विकासको गतिमा अघि बढाउने उद्घोष गर्दै निर्वाचनमा गएको एमाले, माओवादी–केन्द्र सम्मिलित वाम गठबन्धनले निर्वाचनबाट स्पष्ट बहुमत त हासिल गर्‍यो तर निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू प्रति इमान्दार रहनेमा भने आशङ्का गर्नु पर्ने अवस्था सिर्जना भएको छ । एमाले–माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिदा निर्वाचन लगत्तै पार्टी एकता गर्ने समेत घोषणा गरेका थिए । तर अहिलेसम्म त्यो पार्टी एकताले मूर्त रूप पाउन सकेको छैन । राष्ट्रिय सभा सदस्य प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखहरूमा उनीहरूले भागबण्डा लगाएका छन् । उनीहरूका गतिविधि हेर्दा आपसमा पदीय भागबण्डा नमिलेकै कारण अहिलेसम्म उनीहरूका बीचमा पार्टी एकता हुन नसकेको हो । यसबाट प्रष्ट हुन्छ, उनीहरूबीचमै पहिले कायम भएका परस्परका सहमतिहरूप्रति उनीहरू दुवै पार्टी इमान्दार छैनन् । आपसका सहमतिप्रति त इमान्दार रहन नसक्नेहरू जनताका बीचमा गरेका प्रतिबद्धताप्रति कति इमान्दार रहन सक्लान् ? स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ ।
भारतीय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणका बेला जे जस्ता परिदृश्यहरू सतहमा देखिए त्यसबाट पनि ‘वाम’ गठबन्धन आफ्ना पूर्व प्रतिबद्धताहरूप्रति इमान्दार नरहने हो कि भन्ने आशङ्का जन्मिएको छ । कुनै पनि देशको मन्त्री अर्को कुनै देशको भ्रमणमा जाँदा त्यहाँको सरकार र परराष्ट्र मन्त्रालयको निमन्त्रणा वा स्वीकृतिमा मात्र जाने प्रचलन हुन्छ । तर भारतीय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणबारे औपचारिक जानकारी हाम्रो परराष्ट्र मन्त्रालयले शुष्मा काठमाडौँ विमानस्थलमा उत्रेपछि मात्र पायो । नेपाल आएपछि स्वराजले सरकार र सरकारमा आबद्ध दलका नेता होइन, सरकार बाहिर रहेका दलका नेताहरूलाई प्राथमिकताका साथ भेटिन् । एमालेले स्वराजको सम्मानमा रात्रीभोज नै गर्‍यो । स्वराज र केपी ओलीका बीचमा वान टू वान वार्ता भयो । प्रचण्ड र स्वराजका बीचमा पनि भेटवार्ता भयो । यसरी नयाँ सरकार गठनको तयारीमा रहेका दलका नेताहरूलाई छुट्टाछुट्टै भेटवार्ता गरेर स्वराजले के भनिन् ? त्यसको सम्पूर्ण सत्य तथ्य अहिले नै बाहिर आई सक्यो भनेर मान्न सकिदैन । रहस्यको पर्दा अझै पुरै उघ्री सकेको छैन । त्यसबाट सहजै अनुमान गर्न सकिन्छ– वाम गठबन्धनलाई सरकार गठन गर्न नदिन या उनीहरूका बीचमा फुट पारेर मात्र सरकार गठन गर्न लगाउनकै लागि स्वराजको नेपाल भ्रमण भएको थियो । आफ्ना विस्तारवादी नीतिहरूलाई नयाँ प्रकारले नेपालमाथि लागु गर्नका लागि नै भारतले विदेश मन्त्री शुष्मा स्वराजलाई नेपाल भ्रमण गराएकोमा कुनै शङ्का छैन । नयाँ सरकार गठनको तयारीमा रहेका भनिएका एमाले र माओवादी–केन्द्रका नेताहरू स्वराजले बिछ्याएको जालमा फसेर जनताप्रति गरेका पूर्व प्रतिबद्धता र घोषणाप्रति घात त गर्दैनन् ? परिस्थितिले यो आशङ्का पनि गर्नु पर्नेतर्फ इङ्कित गरी रहेको छ ।
राजनीतिमा इमान्दारिता र नैतिकता सबैभन्दा मुख्य कुरा मानिनु पर्ने हो । तर ‘वाम’ गठबन्धन पछिल्लो समयमा बेइमानीको पर्याय जस्तै बनेको छ । राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले राष्ट्रिय जनमोर्चासँग गरेका सहमतिहरूप्रति वाम गठबन्धनले बेइमानीपन देखाएको छ । राष्ट्रिय जनमोर्चा जस्तो निश्कलङ्क छवि बोकेको पार्टीलाई चुनावी तालमेलमा समेट्दा त्यसबाट सबैभन्दा बढी राजनैतिक फाइदा वाम गठबन्धनलाई नै पुग्दथ्यो । तर एमाले र माओवादी केन्द्रले त्यसरी सोच्न सकेनन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ र ४ बाट राजमोलाई कमसेकम एक एक सिट दिने पूर्व सहमतिप्रति एमाले र माओवादी केन्द्र इमान्दार बन्न सकेनन् । आफूहरूबीचकै भागवण्डा मिलाउनका लागि उनीहरूले राजमोसँग बेइमानी गरेका प्रष्ट छ । वाम गठबन्धनमा मौलाउँदै गरेको यो बेइमान प्रवृत्ति कहाँसम्म पुग्ने हो ? यो पनि एउटा चिन्ताको विषय बनेको छ ।
एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनलाई जनताले नयाँ सरकार गठनका लागि स्पष्ट जनादेश दिएका छन् । वाम पक्षधरहरूको सरकारको निर्माण गर्नु नै अहिले जानदेश अनुरूपको कार्य हुने छ । तर वाम गठबन्धनलाई तोड्नका लागि निम्ति देशी–विदेशी प्रतिक्रियावादीहरू लागी परी रहेका छन् । यस्तो बेला एमाले र माओवादी–केन्द्रका नेताहरू गम्भीर बन्नु आवश्यक छ । प्रतिक्रियावादीहरूले आफूहरूलाई कसरी उपयोग गर्न खोजेका छन् भन्ने कुरालाई एमाले माओवादीले समयमै बुझ्न सकेनन् भने कालान्तरमा उनीहरूले त्यस्को महङ्गो मुल्य चुकाउनु पर्ने छ । यसर्थ आफूहरूमा हुर्कदै गएको बेइमान प्रवृत्तिलाई एमाले र माओवादी केन्द्रले समयमै नियन्त्रण गर्नु पर्दछ । राजनैतिक रूपमा ती दुई पार्टीहरूका बीचमा खासै त्यस्तो ठुलो भिन्नता केही छैन । उनीहरूले पार्टी एकता गर्न अब ढिलाइ गर्नु हुँदैन । निर्वाचनमा जनताका बीचमा जाँदा जे प्रतिबद्धता जनाएका थिए, त्यसप्रति इमान्दार बन्दै वाम गठबन्धन नयाँ सरकार गठनको दिशामा अघि बढ्नु पर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal