२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
बर्बर आक्रमणको चौतर्फी विरोध
काठमाडौँ । सिरिया गृहयुद्धको क्रममा भएका पछिल्ला बर्बरतापूर्ण बम आक्रमणका घटनाहरूको चौतर्फी रूपमा विरोध भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले २०७४ फागुन १५ मा एक प्रेस वक्तव्य जारी गर्दै सिरियामा भई रहेका आतङ्ककारी, बर्बर र आम नरसंहारकारी आक्रमणहरू रोक्न सम्बन्धित सबै पक्षहरूमाथि आग्रह गर्नु भएको छ ।
अध्यक्ष्ँ केसीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “सिरियामा लामो समयदेखि गृहयुद्ध चली रहेको छ । त्यहाँको सरकारलाई रूसले सुरक्षा वा सामरिक रूपले सहयोग गर्दै आएको छ । त्यहाँको विद्रोही फ्री सिरियाली आर्मीलाई अमेरिकाले गोप्य सहयोग गर्दै आएको छ । यी दुई साम्राज्यवादी देशले सिरियाको गृहयुद्धलाई अरू विध्वंशकारी, हिंसात्मक र अन्त्यहीन आतङ्ककारी गतिविधि गर्न मद्दत पुराई रहेका छन् । हालै दमास्कस नजिकैको गोटा शहरमा सरकार पक्षबाट विद्रोहीमाथि आक्रमणको नाउँमा निहत्था नागरिकमाथि शृङ्खलावद्ध बम आक्रमण भई रहेको छ । उक्त बर्बरतापूर्ण बम आक्रमणबाट बालबालिका सहित सयौँ सर्वसाधारण जनताको हत्या भएको छ । सयौँको अङ्गभङ्ग भएको छ । ठुलो मात्रामा भौतिक सम्पत्ति नष्ट भएको छ । उक्त बम आक्रमण, त्यसबाट बालबालिका सहित निहत्था जनताको हत्या र उक्त घटनाका लागि साम्राज्यवादी मुलुकको सहयोगको हामीले घोर विरोध गर्दछौँ । त्यहाँ मानव अधिकारको रक्षा गर्न र सरकार तथा विद्रोही दुवै पक्षबाट आतङ्ककारी, बर्बर र आम नरसंहार गर्ने कार्य रोक्न सम्बन्धित सबै पक्षसँग हामीले विशेष आग्रह गर्दछौँ ।”
यस्तै अखिल नेपाल युवक सङ्घले पनि एक वक्तव्य जारी गर्दै सिरियामा भइरहेको साम्राज्यवादी दमनको भत्र्सना गरेको छ । 
अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापाद्वारा २०७४ फागुन १५ गते जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ–“१. सिरियामा पछिल्लो समयमा बिद्रोहिहरूलाई दबाउने नाममा भएका कुर र अमानवीय आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तेल ढुवानीको ट्रान्जिट प्वाइन्ट रहेको सिरियामा साम्राज्यवादी हस्तक्षेपबाट पछिल्लो दशकमा करिब ५ लाखको ज्यान गैसकेको छ भने ५० लाखभन्दा बढी बिस्थापित भएका छन् । त्यसमध्ये करिब १० प्रतिशत युरोपतिर शरणार्थी भएका छन् । रूस , अमेरिका लगायतका देशले पालैपालो त्यहाँ आक्रमण गरेका छन् । बिगत केही समय अगाडि देखिको साम्राज्यवादी आक्रमणमा ५०० सिरियाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये २००भन्दा बढी बालबालिका रहेको समाचारहरू प्रकाशित भएका छन् । कुनै पनि युद्ध वा बिद्रोहहरू दुई पक्षहरूबीच वारपारको रूपमा हुने गरेका छन तर सिरियामा भएको आक्रमण एकपक्षीय रूपमा भएको छ र त्यहाँ निर्दोष बालबालिका लगायत अन्य ब्यक्तिहरूलाई अमानवीय तथा कुर तरिकाले आक्रमण गरि अङ्गभङ्ग गराइएको छ । सर्वसाधारणका बस्तिहरूमा बम बर्साइएको छ । यसले मानव अधिकारको समेत खिल्ली उडाएको छ । संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्रा्ष्ट्रिय मानव अधिकारसँ्ग संबंन्धित सङ्घ÷सङ्गठन हरू बेखबर जस्तो देखिएका छन र साम्राज्यवादको पक्षपोषण गरी रहेका छन् । हामीले सिरियामाथि भएको साम्राज्यवादी आक्रमणको भत्र्सना गर्दछौ र तुरुन्त उक्त आक्रमण बन्द गर्न माग गर्दछौ । अबोध बालबालिकामाथि जघन्य अपराध गर्ने अपराधीहरूलाई अधिकतम कार्यबाही गर्न जोड दिन्छौ ।
२. नेपालको स्वतन्त्र पत्रकारीतामाथि नियन्त्रण गर्ने गरि हालै सर्वोच्व अदालतको इजालसले गरेको आदेशको विरोध गर्दछौँ ।”
यस्तै, अखिल (छैठौ) का अध्यक्ष विमल पोखरेल, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, नेविसङ्घका अध्यक्ष नैनसिंह महर, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई र राजपा विद्यार्थी सङ्गठनका अध्यक्ष मनिष कुमार मिश्रले २०७४ फागुन १५ गते एक संयुक्त विज्ञप्ती जारी गर्दै सिरिया गृहयुद्धको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन् । उनीहरूद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ– “संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले सिरिया घटनालाई गम्भीरतापूर्वक लिएर ३० दिने सङ्घर्षविरामको प्रस्ताव पारित गरेको केही घण्टा नबित्दै सिरियामा सुुरु भएको हिंसात्मक हमलाको घटनाले हामी नेपालमा क्रियाशील विद्यार्थी सङ्गठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिका र रूस समर्थित सेनाले गरेको जनतामाथिको हमलाबाट पाँच सयभन्दा धेरैले ज्यान गुमाएका छन् । करिब एक सय पचास बालबालिकाको हत्या भएको छ । हामी उक्त नरसंहारको भत्र्सना गर्दछौ । सन् २०११देखि बसर अल असदको सरकार विरुद्व सुुरु भएको प्रदर्शन विस्तारै हिंस्रक बन्दै गएको र त्यसबाट लाखौँ मान्छे प्रभावित भएका छन् । 
प्रारम्भमा देशभित्रै सीमित रहेको यो सङ्घर्ष आज अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको संलग्नताले जटिल बन्दै गएको छ । सङ्घर्षको क्रममा आई.एस. जस्तो इस्लामिक आतङ्कवादी सङ्गठनले जन्म लिएको छ भने उसको उपस्थिति आज सबैका लागि चुनौती बनेको छ । आतङ्कवादले विश्व समुदायमाथि नै चुनौती खडा गरेको छ । पछिल्लो समयमा लाखौँ सिरियालीहरू देश छोडेर छिमेकी देशहरूमा शरणार्थी बन्न विवश भएका छन् । बालबालिका, महिला लगायत सम्पूर्ण सर्वसाधारण ठुलो सङ्ख्यामा प्रभावित भएका छन् । सिरियामा पछिल्लो चरण सरकार र विद्रोही दुवै पक्षले रासायनिक हतियार समेतको प्रयोग गर्न थालेको विवरणहरू आई रहेका छन् । हामी घातक रासायनिक हतियारको प्रयोग रोक्न माग गर्दछौँ । आज सिरियामा राष्ट्र सङ्घले प्रस्ताव गरेको युद्वविराम प्रस्तावलाई सहर्ष स्वीकार गर्दै सरकार तथा विद्रोही दुवैकोतर्फबाट भई रहेको आक्रमण तुरुन्त रोकी समस्याको शान्तिपूर्ण समाधान खोज्न हामी आग्रह गर्न चाहन्छौँ । अमेरिका, रूस लगायत शक्ति राष्ट्रहरूलाई सिरिया नरसंहार रोकी समाधान खोज्न सघाउने गरी विश्व शान्ति कायम गर्न दिशामा भूमिका खेल्न अनुरोध गर्दछौँ । शान्ति स्थापना गराउने कार्यमा प्रभावकारी भूमिका निभाउन राष्ट्र सङ्घ समेतलाई हामी जोडदार आह्वान गर्दछौँ ।”
त्यस्तै, सिरियाली जनतालाई त्यस्तो दर्दनाक अवस्थामा पुर्‍याउन अमेरिका र रूस जस्ता साम्राज्यवादी देशहरू जिम्मेवार रहेको भन्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले समेत २०७४ फागुन १५ गते एक वक्तव्य जारी गरी साम्राज्यवादी देशहरूको त्यस प्रकारको भूमिकाको घोर विरोध गर्नु भएको छ । अध्यक्ष्ँ पुनद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “सिरियामा विगत लामो समयदेखि गृहयुद्ध चली रहेको छ । अहिले त्यहाँको गृहयुद्धले हिंसात्मक रूपले अघि बढेको छ । दमास्कस नजिकैको गोटा शहरमा विद्रोहीलाई दबाउने नाममा त्यहाँको सरकारले गरेको शृङ्खलाबद्ध बम आक्रमणमा परी निहत्या पूर्ण आक्रमणबाट सयौँ बालबालिका सहित सर्वसाधारण जनताको हत्या भएको छ । सयौँको सङ्ख्यामा निर्दोष नागरिक र बालबच्चाहरू अङ्गभङ्ग भएका छन् भने गोटा शहरमा ठुलो मात्रामा भौतिक क्षति भएको छ । उक्त घटनाको हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घले घोर भत्र्सना गर्दछ ।
सिरिया र सिरियाली जनतालाई त्यस प्रकारको दर्दनाक अवस्थामा पुर्‍याउन अमेरिका र रूस जस्ता साम्राज्यवादी मुलुक जिम्मेवार छन् । साम्राज्यवादी मुलुकको त्यस प्रकारको भूमिकाबारे घोर विरोध गर्दछौँ । सिरियाको जनताको मानव अधिकारको रक्षा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनमतका विरुद्ध विश्वासघातको सन्त्रास
संविधान संशोधन गर्ने नीति अपनाए
कान्तिपुर विरुद्धको सर्वोच्चको पछिल्लो आदेश फिर्ता लिन राजमोको माग
जातीय भेदभाव विरुद्ध मुद्दा
मसाल र क्रान्तिकारी माओवादीको संयुक्त वैठक
हस्ताक्षर आज
सङ्घीयता खारेज गर्न माग गर्दै राजमोद्वारा ज्ञापन
नेपालको सहमति बिनै महाकालीमा पुल
राजमोको नगर भेला सम्पन्न
जनगायक जीवन शर्माद्वारा विद्यालयलाई २५ हजार सहयोग
संक्षिप्त/संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal