२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जातीय भेदभाव विरुद्ध मुद्दा
महेन्द्रनगर । कञ्चनपुरको एक मन्दिरमा पुजारीले जातीय भेदभाव गरेको भन्दै प्रहरीमा मुद्दा दिइएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ‘ङ’ गाउँस्थित मन्दिरमा पूजा गर्न नपाइने भन्दै जातीय भेदभाव गरेको आरोपमा मन्दिरका पुजारी बलराम भट्टराई र स्थानीय श्रीकृष्ण नेपाल विरुद्ध इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार कानुनी करवाहीको माग राख्दै चार राजनीनिक दलका दलित भ्रातृ सङ्गठनका प्रतिनिधिको रोहवार इलाका प्रहरी कार्यालय त्रिभूवन बस्तीमा मुद्दा दर्ता गरेका हुन् । उनीहरूले छुवाछूतलाई प्रोत्साहन दिएको भन्दै पुनर्वास नगरपालिका–६ का टेक बहादुर विक र पूर्ण बहादुर विकले मुद्दा दर्ता गराएका हुन् । एमाले समर्थित मुक्ति समाजका जिल्ला अध्यक्ष विनोद नेपाली, माओवादी केन्द्र समर्थित दलित मुक्ति मोर्चाका वल बहादुर विक, नेपाली काङ्ग्रेस समर्थित नेपाल दलित सङ्घका भिम नेपाली र नेपाल कम्युनिस्ट पार्टी विप्लबका सुरेश सार्की लगायतको रोहवरमा मुद्दा दर्ता गरिएको हो ।
पुनर्वास नगरपालिका–६ स्थित सय नम्बर चोकमा रहेको मन्दिरमा शिवरात्रीको दिन पूजा गर्ने विषयमा भएको विवादका विषयमा दुई सातासम्म कुनै सहमति हुन नसकेपछि २०७४ फागुन १४ गते मुद्दा दर्ता गरिएको हो । यसअघि पुजारी सहित विभेद गर्ने व्यक्तिले सार्वजनिक माफी माग्ने भन्ने विषयमा छलफल गरिएपछि मुद्दा दर्ता रोकिएको थियो । पुजारीले सार्वजनिक माफी मागे पनि टिका नलगाउने अडान लिएका थिए । सार्वजनिक माफी माग्नका लागि पुनर्वासका सार्वजनिक कार्यक्रम समेत गरिएको थियो । स्थानीयले मुद्दा दर्ता नगर्न दबाब दिदै इलाका प्रहरी कार्यालयमा धर्ना समेत दिएका थिए ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनमतका विरुद्ध विश्वासघातको सन्त्रास
संविधान संशोधन गर्ने नीति अपनाए
कान्तिपुर विरुद्धको सर्वोच्चको पछिल्लो आदेश फिर्ता लिन राजमोको माग
बर्बर आक्रमणको चौतर्फी विरोध
मसाल र क्रान्तिकारी माओवादीको संयुक्त वैठक
हस्ताक्षर आज
सङ्घीयता खारेज गर्न माग गर्दै राजमोद्वारा ज्ञापन
नेपालको सहमति बिनै महाकालीमा पुल
राजमोको नगर भेला सम्पन्न
जनगायक जीवन शर्माद्वारा विद्यालयलाई २५ हजार सहयोग
संक्षिप्त/संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal