२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
संविधान संशोधन गर्ने नीति अपनाए
त्यो ओली सरकारको गम्भीर गल्ती ः मसाल
काठमाडौँ । नेकपा (मसाल) ले आफ्ना पूर्व अडान विपरीत संविधानमा संशोधन गर्ने नीति अपनाए त्यो ओली सरकारको गम्भीर गल्ती हुने बताएको छ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ फागुन १० गते जारी प्रेस वक्तव्यमा सो कुरा बताइएको छ ।
महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनु पर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको कुरा सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । त्यो समाचारप्रति ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । पहिले प्रथम संविधान संशोधनका बेलामा ओलीको सरकारले सम्झौतापरस्त नीति अपनाएर त्यसलाई पारित गराएको थियो । तर दोस्रो संविधान संशोधनका बेलामा त्यसले त्यसका विरुद्ध दृढ नीति अपनाएको थियो ।
एमालेले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिहरूका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारको पक्षमा स्पष्ट अडान लिएको थियो । माओवादी केन्द्रले ने.का. पक्षिय गठबन्धनसित सम्बन्ध तोडेर एमालेसित गठबन्धन गर्ने कार्यलाई पनि जनताले खालि ने.का. सित सम्बन्ध तोडेको अर्थमा मात्र होइन, ने.का.ले अपनाएका नीतिहरूसित सम्बन्ध तोडेको अर्थमा नै बुझेका थिए । एमाले र माओवादीका त्यस प्रकारका नीति र भूमिकालाई हाम्रो पार्टीले समर्थन गरेको थियो । उनीका त्यस प्रकारका नीति र भूमिकाका कारणले नै चुनावमा उनीहरूले जनताबाट ठुलो समर्थन प्राप्त भएको थियो । उनीहरूको त्यस प्रकारको पूर्व नीति वा अडानमा पुनः विचलन आउने छैन भन्ने हामीले आशा गरेका छौँ ।
अहिले समाचार पत्रमा प्रकाशित समाचारमा बताइए जस्तो फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडान विपरित संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनताले उनीहरूमाथि गरेको विश्वाससित विश्वासघात र गम्भीर गल्ती हुने छ । त्यस प्रकारको कुनै पनि कदमको हाम्रो पार्टीले कडा विरोध गर्ने छ ।
संविधानमा संशोधन एउटा सामान्य प्रक्रियाहो । आवश्यकता अनुसार त्यस प्रकारका कैयौँ संशोधनहरू गर्दै जानु पर्ने छ । हामीले पनि संविधानमा गरिएको सङ्घीयताको व्यवस्थालाई खारेज गर्नु पर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र त्यसका लागि हामीले पनि पहलकदमी गर्ने छौँ । तर मधेशवादीहरूले जुन प्रकारका संशोधनहरूमा जोड दिई रहेका छन्, तिनीहरूको प्रकृति राष्ट्रघाती प्रकारको छ । त्यसकारण तिनीहरूलाई दृढतापूर्वक अस्वीकार गर्नु पर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ ।”
बम आक्रमणको विरोध
यसैबीच नेकपा (मसाल)ले २०७४ फागुन ८ गते कपिलवस्तुमा भएको वम आक्रमणको घटनाको विरोध गरेको छ । नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीले २०७४ फागुन ९ गते एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा भन्नुभएको छ । “फाल्गुन ८ गते अज्ञात समूहको बम आक्रमणमा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ मा बसमा सवार भई रहेका १२ जना घाइते भएका छन् । उक्त बम आक्रमण मानवता विरुद्धको गम्भीर प्रकारको कारवाही हो । त्यस प्रकारको कारवाहीको हाम्रो पार्टीले भत्र्सना गर्दै सो घटनाको आवश्यक छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दछ । यसका साथै मानव अधिकार र नागरिक सुरक्षाको सुनिश्चितता कायम गर्नका लागि पनि हाम्रो पार्टीले सरकारको ध्यान आकर्षण गराउँछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनमतका विरुद्ध विश्वासघातको सन्त्रास
कान्तिपुर विरुद्धको सर्वोच्चको पछिल्लो आदेश फिर्ता लिन राजमोको माग
जातीय भेदभाव विरुद्ध मुद्दा
बर्बर आक्रमणको चौतर्फी विरोध
मसाल र क्रान्तिकारी माओवादीको संयुक्त वैठक
हस्ताक्षर आज
सङ्घीयता खारेज गर्न माग गर्दै राजमोद्वारा ज्ञापन
नेपालको सहमति बिनै महाकालीमा पुल
राजमोको नगर भेला सम्पन्न
जनगायक जीवन शर्माद्वारा विद्यालयलाई २५ हजार सहयोग
संक्षिप्त/संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal