२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
विद्रोहको ज्वालामुखी
मधु क्षेत्री
धर्मनामको अफिममा रमाउने कातरहरू
मूर्ति ढाल्दै छन रे यहाँ
विचारलाई मार्न नसक्ने हुतियाराहरू
मानिस मार्दैछन् रे यहाँ
मानिस–मानिसबीच लडाएर
साम्राज्य फैलाउने सपना देख्दैछन्
हे मूर्ख, तिमीहरूलाई के थाहा ?
त्यही साम्राज्यभित्र दुनियाँ बदल्ने लुकेका छन्
मूर्ति ढाल्न सकौला, मान्छे मार्न सकौला यहाँ
जेलनेल अनि हत्कडी लगाउन सकौला यहाँ
विजयको उत्मादमा रमाउनेहरू हो
आस्था र विचारलाई के ढाल्न सक्थ्यौ यहाँ
संसारका श्रमजीवी मिहिनेतकश वर्ग
अटाउने जेल छैन यहाँ
मुट्ठीभर प्रतिगमनकारीहरू
तिमीहरूको चिहान अटाउने ठाउँ पक्कै छ यहाँ
जहाँ अन्याय अत्याचार हुन्छ, विरोध हुन्छ त्यहाँ
जहाँ विरोध हुन्छ, दमन हुन्छ त्यहाँ
अनि, त्यही दमनको गर्भबाट
विद्रोहका ज्वालामुखी फुट्नेछन् यहाँ
जुन ज्वालामुखीले विश्व साम्राज्यवादलाई जलाउने छ यहाँ
जुन ज्वालामुखीले धर्मयुद्धको अन्त्य गर्ने छ यहाँ
जुन ज्वालामुखीले सर्वहाराको राज्य कायम गर्ने छ यहाँ
जुन ज्वालामुखीले सुनौलो संसार निर्माण गर्ने छ यहाँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal