२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
विश्वभरि मनाइयो एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश
काठमाडौँ । एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश देश तथा विदेशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै मनाइएको छ । ८ मार्च अर्थात २४ फागुन २०७४ का दिन देश तथा विदेशका विभिन्न भागमा विविध कार्यक्रमका साथ मनाइएको हो ।
काठमाडौँमा राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) निकटका महिला सङ्गठनहरूको संयुक्त आयोजनामा जुलुस प्रर्दशन पश्चात् कोणसभा गर्दै एक सय आठौँ श्रमिक महिला दिवश मनाइएको थियो । हजारौँ महिलाहरूको सहभागितामा काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म जुलुस प्रदर्शन गरिएको थियो । माइतीघर मण्डलामा पुगेर जुलुस कोणसभामा परिणत भएको थियो । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको सञ्चालनबाट कोणसभाको कार्यक्रम अघि बढेको थियो । सभालाई एमालेकी पोलिट ब्युरो सदस्य तथा पूर्व जलस्रोत मन्त्री राधा ज्ञवाली, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घकी कार्यवाहक अध्यक्ष गोमा देवकोटाले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रमममा महिला नेतृहरूले ८ मार्चको क्रान्तिकारी परम्परालाई कायम राख्दै नारी मुक्ति आन्दोलनको दिशामा अघि बढ्न आहन गर्नु भएको थियो । निरन्तरको सङ्घर्ष र दबाब पश्चात् नेपालको संविधानमा महिला हक र अधिकारका केही विषय उल्लेख गराउन सफल भएको स्मरण गराउँदै उहाँहरूले संविधानमा उल्लेख भएका विषयहरूलाई व्यवहारमा कार्यान्वयन गराउनका लागि पनि दबाबमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । 
एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश युएईको बरदुबईमा पनि मनाइएको छ । युएई नेपाली एकता समाज महिला विभागको आयोजनामा सो दिवश मनाइएको थियो । महिला विभागकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षता र सचिव अर्चना सुवेदीको सञ्चालनमा अघि बढेको सो कार्यक्रमलाई स्वागत मन्तव्य निरू शर्माले राख्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको आसनबाट युएई नेपाली एकता समाजका संस्थापक सदस्य कृष्ण भुसालले सम्बोधन गर्नु भएको थियो । 
कार्यक्रमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसीको विशेष आतिथ्यता रहेको थियो । युएई नेपाली एकता समाजका अध्यक्ष शिवराज जैसी, सल्लाहकार प्रेमराम भण्डारी, सचिव विष्णु गैरे र पूर्व कोषाध्यक्ष लेखनाथ अधिकारीको समेतको कार्यक्रमा आतिथ्यता रहेको थियो । युएई नेपाली एकता महिला विभागका नेतृहरू गीता पाण्डे, माया थापा, सावित्रा एमसी, गोमा ढुङ्गाना, मञ्जु ढुङ्गाना, जमुना घिमिरे, तुल्सा न्यौपाने र दिपा गैरे लगायतले कार्यक्रमा मन्तव्य राख्नु भएको थियो । 
 जापान नेपाली एकता समाजले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाइएको छ । सिन ओसाका थाकाचुकीमा ८ मार्चका दिन समाजले सो दिवश मनाएको थियो । जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा सो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो । माया केसीको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सञ्चालन जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्रीले गर्नु भएको थियो भने स्वागत मन्तब्य लक्ष्मी सापकोटाले राख्नु भएको थियो । कार्यक्रमलाई जापान नेपाली एकता समाजका उपाध्यक्ष भिम केसी र वरिष्ठ सल्लाहकार नन्दु शर्माले समेत सम्बोधन गर्नु भएको थियो । 
अखिल नेपाल महिला सङ्घ कपिलवस्तुको आयोजना अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । वामपन्थी युवा नेता सुरेश थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा महिला सङ्घकी केन्द्रीय सदस्य चन्द्र वदन श्रेष्ठ, किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, राजमो प्रदेश नम्बर ५ का सदस्य हिमलाल वाग्ले लगायतले पनि मन्तव्य राख्नु दिनु भएको थियो । कार्यक्रम जिल्ला उपाध्यक्ष सुलोचना पराजुलीको अध्यक्षता, महिला सङ्घकी जिल्ला कोषाध्यक्ष निर्मला सापकोटाको स्वागत मन्तव्य र मीना पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
अखिल नेपाल महिला सङ्घ रूपन्देहीको बुटवलमा एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाएको छ । महिला अधिकार र मुक्तिको पक्षमा वकालत गर्दै आएको महिला सङ्घले बुटवलमा नारा जुलुस सहित सो दिवस मनाएको हो ।
बुटवलको अस्पताल लाइनबाट महिला मुक्तिका विषयमा लेखिएका प्लेकार्ड सहित निस्किएको महिलाहरूको जुलुसले बजार परिक्रमा गरी चाँदवारीमा सभाको आयोजना गरिएको थियो । सभामा प्रमुख अतिथिको आसनबाट महिला सङ्घकी महासचिव सरस्वती पौडेलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्त बहादुर नेपाली, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुण्डीराज पौडेल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव लोकराज भुसाल, राष्ट्रिय जनमोर्चा रूपन्देही अध्यक्ष बद्रे आलम, अखिल नेपाल युवक सङ्घका गोविन्द खनाल, अखिल (छैठौँ) रूपन्देही अध्यक्ष सरोज मानसिंह लगायतले पनि मन्तव्य राख्नु भएको थियो । सङ्घकी रूपन्देही अध्यक्ष लक्ष्मी न्यौपानेको अध्यक्षता र लक्ष्मी कुँवरको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कतार नेपाली एकता अन्र्तगत महिला विभागले एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस उत्साहजनक सम्पन्न भएको छ । एकता समाजका अध्यक्ष लुमाकान्त पुनको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा एकता समाजका केन्द्रीय कोषाध्यक्ष धन बहादुर परियार, केन्द्रीय सचिव विष्णु थापा, सहयोगी तथा समाजसेवी हितमान खड्का, राजेन्द्र रानाभाट लगायत नेता÷कार्यकर्ताहरूको कार्यक्रमा आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता महिला विभागका अध्यक्ष अमिना खानले गर्नु भएको थियो भने सञ्चालन विभागकी सचिव जानुका बस्नेत (खड्का) ले गर्नु भएको थियो ।
एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश गुल्मीमा पनि मनाइएको छ । चन्दा कुँवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि महिला सङ्घकी केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष जमुना कुँवरले गर्नु भएको थियो । कार्यक्रमा राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सदस्य मित्रलाल त्रामु, नेकपा (मसाल) का गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, रक्तिम सांस्कुतिक अभियानका जिल्ला अध्यक्ष पुष्प त्रामु र बाल सङ्गठनका जिल्ला अध्यक्ष यशोदा कुवँरले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन निर्मला कुवँरले गर्नु भएको थियो । 
अखिल नेपाल महिला सङ्घ तुल्सिपुर उपमहानगरपालिकाले एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस भव्य रूपमा मनाएको छ । नगर समितिका अध्यक्ष निमा रेग्मीको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सचिव श्यामलाल पोख्रेल, अखिल नेपाल किसान सङ्घ काजिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, राष्ट्रिय जनमोर्चा नगर समितिका सदस्य ढुण्डीराज खनाल, अखिल नेपाल महिला सङ्घकी नगर समिति सदस्य पार्वता भुसाल, गणेश सामुदायिक वन उपभोक्ता समितिकी सदस्य कृष्णा विक, अखिल नेपाल महिला सङ्घ वडा नं. ४ की अध्यक्ष शोभा भण्डारी लगायतले मन्त्ब्य राख्नु भएको थियो । नगर समितिकी उपाध्यक्ष दोमन्ता गोराथोकीको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन नगर सचिव शान्ता खनालले गर्नु भएको थियो ।
त्यसैगरी, अखिल नेपाल महिला सङ्घ राप्ती गाउँपालिकाको आयोजनामा पनि श्रमिक महिला दिवश मनाइएको छ । पूर्णिमा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरू रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगी, बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशव राज खनाल, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य लगायतका वक्ताहरूले शुभकामना दिनु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
कैलालीमा “बोक्सी” को आरोपमा युवतीमाथि निर्घात कुटपिट ः
फोरमका शर्त राष्ट्रघाती प्रकारका ः नेकपा (मसाल)
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्तक्र्रिया कार्यक्रम सम्पन्न
संसदमा सांसद पौडेलको मन्तव्य
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
हत्याको निन्दा
४ नं. का मुख्यमन्त्रीलाई ज्ञापन पत्र
चार सय बालबालिकामा कडा कुपोषण
आठ वर्षसम्म कारागारमा राख्न सकिने
महिला सङ्घको टोल समिति गठन
न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार
खाडीबाट प्रवासीको चिठी प्रधानमन्त्रीलाई
युवक सङ्घका सम्मेलन तथा भेलाहरू सम्पन्न
युवक सङ्घको १ नं. प्रदेश भेला सम्पन्न
एकता समाजको एरिया समिति गठन
एउटै विद्यालयमा दुई प्रधानाध्यापक
विपत् व्यवस्थापनको तयारी सुरु
समाचारहरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal