२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा २०७४ फागुन २८ गते भएको विमान दुर्घटनामा मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
राजमो अध्यक्ष चित्र बहादुर केसीले फागुन २८ गते साँझ नै एक प्रेस वक्तव्य जारी गर्दै यस सम्बन्धमा भन्नु भएको छ– “आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशबाट काठमाडौँका लागि उडेको युएस बङ्गला विमान दुर्घटना भएको छ । दुर्घटनामा धेरै यात्रुहरूको मृत्यु भएको छ । केही घाइतेहरूको उपचार भई रहेको छ । हामीले मृतक जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै मृतकका परिवार तथा मृत्युले दुखित भएका सबैप्रति समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
मृतकका परिवार तथा घाइते जनहरूलाई क्षतिपूर्ति तथा सहयोग गर्न सम्बद्ध पक्षहरूसँग आग्रह गर्दछौँ । वायुयान जस्तो जटिल यानको प्राविधिक पक्ष र चालकको दक्षतामा कमीका कारणले यस प्रकारको दुर्घटना हुने गर्दछ । त्यसतर्फ ध्यान पुर्‍याउन पनि हामीले जोड दिन्छौँ ।”
यस्तै, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले पनि २८ फागुनको साँझ नै एक प्रेस विज्ञप्ती जारी गर्दै दुर्घटनामा परेका सबैलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्नु भएको छ । अध्यक्ष पुनद्वारा जारी उक्त विज्ञप्तीमा अगाडि भनिएको छ– “त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौमा बङ्गलादेशबाट काठमाडाँैका लागि उडेको विमान दुर्घटना भएको छ । उक्त घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दछौँ । दुर्घटनामा परी अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँहरूको परिवार र आफन्त जनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनामा परेका सबैलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।”
यस्तै, अखिल (छैठौँ) का अध्यक्ष बिमल पोखरेलले पनि २९ फागुनका दिन एक वक्तव्य जारी गर्दै यस विषयमा भन्नु भएको छ– 
“बङ्गलादेशबाट काठमाडौँका लागि उडेको युएस बङ्गला एयरको विमान २०७४ फागुन २८ गते काठमाडौँ विमानस्थलमा दुर्घटना हुँदा ढाकामा एम.बी.बी.एस. अध्ययन पुरा गरी घर फर्कने क्रममा ११ जना नेपाली विद्यार्थी सहित ४९ जनाको निधन भएको छ । उक्त दुर्घटनाबाट ११ जना नव युवा डाक्टर सहित ठुलो मानवीय क्षतिप्रति दुख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोक–सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ । उक्त घटनाको छानबिन गरी नेपालको आकाशलाई सुरक्षित बनाउने कार्य कडाइपूर्वक अबलम्बन गर्न अनुरोध गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
कैलालीमा “बोक्सी” को आरोपमा युवतीमाथि निर्घात कुटपिट ः
फोरमका शर्त राष्ट्रघाती प्रकारका ः नेकपा (मसाल)
विश्वभरि मनाइयो एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश
अन्तक्र्रिया कार्यक्रम सम्पन्न
संसदमा सांसद पौडेलको मन्तव्य
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
हत्याको निन्दा
४ नं. का मुख्यमन्त्रीलाई ज्ञापन पत्र
चार सय बालबालिकामा कडा कुपोषण
आठ वर्षसम्म कारागारमा राख्न सकिने
महिला सङ्घको टोल समिति गठन
न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार
खाडीबाट प्रवासीको चिठी प्रधानमन्त्रीलाई
युवक सङ्घका सम्मेलन तथा भेलाहरू सम्पन्न
युवक सङ्घको १ नं. प्रदेश भेला सम्पन्न
एकता समाजको एरिया समिति गठन
एउटै विद्यालयमा दुई प्रधानाध्यापक
विपत् व्यवस्थापनको तयारी सुरु
समाचारहरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal