२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
नेपालको निर्माण मजदुरका शोषण र उत्पीडन
अपत्य शर्मा
नेपालमा मजदुर वर्गको हित गर्ने, मजदुर वर्गको सरकार बनाउनेदेखि मजदुरमाथि हुने शोषण, उत्पीडन, दमन, अन्याय र अत्याचारको विरुद्ध मजदुरको पक्षमा सङ्घर्ष गर्ने नाममा अनेकौँ नामधारी कम्युनिस्ट पार्टी तथा टे«ड युनियनहरू अस्तित्वमा छन् । तर मजदुरहरूका पक्ष्ँमा सङ्घर्ष गरेर मजदुर वर्गको अधिकारलाई सुनिश्चित गर्ने काम गरेका देखिदैनन् । नेपालका मजदुरहरू शोषित, पीडित र दमित नभएका कुनै पनि क्ष्ँेत्र छैनन् । प्रत्येक पाइला पाइलामा मजदुरहरू थिचिएका, चुसिएका र अपमानित भई रहेका छन् । अनौपचारिक क्ष्ँेत्रमा काम गर्ने मजदुरहरू सबैभन्दा बढी शोषित छन् । किनभने, उनीहरूका नामधारी सङ्गठन पनि बनेका छैनन् । शोषक शासक मालिक वर्गको सरकारले मजदुरहरूको आँखामा छारो हाल्न श्रम ऐन २०७४ पास गरेको छ, जसमा परिच्छेद ७ अनुसार काम गर्ने समय (१) रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन पाइने छैन भन्दै श्रमिकलाई लगातार ५ घण्टा काम गरेपछि आधा घण्टा विश्राम दिनु पर्ने छ । (ओटी) बढी समय काममा लगाउनेसम्बन्धी व्यवस्थामा रोजगारदाताले कुनै श्रमिकलाई दफा २८ को अधिनमा रही निर्धारण गरेको कार्य समयभन्दा बढी समय काममा लगाउनु परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा चौबिस घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने छ । यस्ता अनेकौँ दफाहरू छन् । तर कागतमा भएका ऐन–कानुन व्यवहारमा लागु गरिदैनन् । रोजगारदाताहरूले ऐन–कानुनको सधैँँ धज्जी उडाउँदै आएका छन् । स्थायी वर्षौं काम गर्दा पनि नगर्ने बिमा लगायत अन्य सामाजिक सुरक्षाका कानुनहरूको पनि उपेक्षा गर्दै हायर र फायरको नीति लागु गर्दै आएका छन् र यसैलाई कानन बनाउन जोड दिदैछन् । यहाँ निर्माण मजदुरका शोषण र उनीहरूका उत्पीडनका बारेमा केही चर्चा गरौँ ।
निर्माण मजदुर भन्नाले यसले ठुलो क्ष्ँेत्र ओगट्छ । निर्माण मजदुरले निर्माणसम्बन्धी समस्त काम, जस्तै– पुलपुलेसा, रेल, सुरुङ, राजमार्ग, नहर, पानी ढलका पाइप बिछ्याउनेदेखि रङरोगन र आवास निर्माण आदिका काम पर्छन् । यस्ता निर्माणका काममा पनि सबैभन्दा शोषित अदक्ष मजदुरहरू नै पर्छन् । निर्माणका काम गर्ने मजदुरहरू स्थायी हुँदैनन् । उनीहरू छ महिना वर्षदिन वा तीन÷चार वर्षे पनि हुन्छन् । कोही घण्टे, हप्ते पनि हुन्छन् र उनीहरूको कामको कुनै टुङ्गो हुँदैन । निर्माणको काम अधिकांश ठेक्का प्रथामा चलेको हुन्छ र ठेकेदारलाई काम गरेको चित्त नबुझे तुरुन्त कामबाट निकाली दिन्छ । ठेकेदारको कामको घण्टा पनि असीमित हुन्छ । किनभने छिटो काम सक्नु परेको छ भने बिहान ६ बजेदेखि राती १०–१२ बजेसम्म पनि काममा जोताउँछ । ओटीमा काम गर्नु भनेको मजदुरको श्रमशक्तिलाई जबरजस्ती निचोर्नु र जिउँदो लास जस्तै बनाउनु सरह हो । खोक्रो खाली पेट पाल्नका लागि लाचार मजदुवर मजदुरले आफ्नो शरीरलाई घिच्याउनैपर्छ । ठेकेदारका लागि मजदुरको जीवन एउटा कीरा फट्याङग्राको जति पनि महत्व हुँदैन । विश्वमा दैनिक कति मजदुर मारिन्छन् । कति अपाङ्ग हुन्छन् त्यसको कुनै ठोस तथ्याङ्क राख्ने काम गरिंदैन । नेपालमा पनि दैनिक कति मजदुर मारिन्छन् कति अपाङ्ग र घाइते हुन्छन् त्यसको लेखाजोखा गरिएको देखिंदैन । ठुलो पदको व्यक्ति वा ठुलो धनाढ्य व्यक्ति विरामी परेको वा मरेमा ठुला समाचार बनाइन्छन् । निर्माण मजदुरहरू निर्माण गर्दा कैयौँ मर्छन् कैयौँ अपाङ्ग हुन्छन् ।
ठेकेदारहरूले पुरा ज्याला नदिने, ताकि आफ्नो ज्याला पुरा नपाएपछि काममा लागिरहोस् भनेर पुरा ज्याला नदिने झुलाएर दिक्क पार्ने, डर, धम्की दिने गर्छन् । मजदुरका सुरक्षाका लागि टोप, सुरक्षित मास्क, गम्बुठ, पञ्जा, सुरक्षा पेटी धुलो र अन्य झिल्का आउने (बेल्डिङ गर्दा निस्किने झिल्का) ले आँखालाई पुर्‍याउने क्षतिप्रति भरपर्दा सुरक्षा उपकरण नदिनु, अग्ला घरहरूमा र रङ्रोगन गर्दा मजदुरलाई नसा, मृगौला, फोक्सो, आदिमा सिसाले पार्ने घातक प्रभावहरूबारे जानकारी दिने र त्यसबाट जोगिने वा स्वास्थ्यमा प्रतिकूल प्रभाव पारे÷नपारेको स्वास्थ्य जाँच पनि गराइँदैन । अग्ला भवनमा काम गर्दा कति मजदुर लडेर अपाङ्ग हुने मर्ने हुन्छन् । उनीहरूलाई उपचार र क्षतिपूर्ति दिने गरिदैन । नदी किनारमा गिटी कुट्ने, खोलाबाट बालुवा झिक्ने लोड गर्ने मजदुरहरू अधिकांश बगरमा स्याउले छाप्राहरूमा पुस–माघको ठन्डी, चैत–वैशाखको गर्मी पनि त्यही कटाउँछन् ।
शहरबजारमा कामका अवसरहरू पाउने आशमा सुदुर पश्चिमदेखि पहाड मधेशका मजदुरहरू आउँछन् । कतिपय बालबच्चा सहित आउँछन् र निर्माणको काममा लाग्छन् भने कतिपय समूहमा आउँछन् । समूहमा आउनेले मूल ठेकेदार वा सानो ठेकेदारसँग ठेक्का लिएर काम गर्छन् र ठगिन्छन् । किनभने मूल ठेकेदारले नाफा राखेर सानो ठेकेदारलाई ठेक्का दिन्छ । फेरि सानो ठेकेदारले आफूलाई नाफा राखेर मजदुरहरूलाई ठेक्का दिन्छ अनि मजदुहरू उल्टो घाटाका काम गर्न बाध्य हुन्छन् । ज्याला वा ठेक्कामा काम गर्ने मदजुरहरू विशेष गरेर सडक निर्माण गर्ने, कालोपत्रे गर्ने, वाल लगाउनेहरू सडक छेउ छाउमा त्रिपालको ओतमा सुत्ने खाने गर्छन् । पर्याप्त न्याना लुगा र ओढ्ने, ओछ्याउनेको अभावमा जाडोले चिसो लागेर कति गम्भीर बिरामी पर्छन् । बिरामी परेर काम गर्न नसकेपछि ठेकेदारले कामबाट हटाई दिन्छ । औषधि गर्ने पैसा कहाँ मजदुर र उसका परिवारसँग हुनु ? बाह« १८ घण्टाको कामले लखतरान परेर सडकपेटी किनार छेउका त्रिपालका मुनि टहरामा बस्नेले धुलो र धुवाँ राजमार्गका ठुला हुइकिने यात्रु बाहक बसहरू, ठुला सामान ओसार्ने ठुला हेभी गाडीका थरथराहट, चर्का हर्नका आवाजले पुरा मस्त निन्द्रा पनि सुत्न सक्दैनन् । धुलो र धुवाँमा जिउने दैनिक ज्यालामा काम गर्ने मजदुरको जीवनचक्र ४०–४५ वर्ष पनि पुरा हुन पाउँदैन । यसबारे शायदै कसैले अनुसन्धान गरेको होला । २० वर्षको युवा ४० वर्षको जस्तो देखिन्छ भने ४० वर्षको ६०–६५ वर्षको बुढो देखिन्छ । अत्यधिक धुलो र धुवाँमा काम गर्दा दम, क्षयरोग आदि अनेकौँ रोगले ग्रसित भएर कति अकालमा मर्छन् ? त्यसको तथ्याङ्क पाइँदैन । दैनिक ज्यालादारीमा २०–२५ वर्ष काम गर्ने मजदुरका जीवनमा कहिल्यै सुखका दिन आएका छैनन् । ज्यालादारीमा काम गर्दा सधैँ काम पनि पाइँदैन । ठेकेदारकोमा काम गर्दा ज्याला लोग्ने मानिसलाई ७ सय दिन्छ भने महिलालाई ५ सय मात्र दिन्छ । जबकि समान कामका लागि समान ज्याला दिनु पर्ने २०७४ को श्रम ऐनमा उल्लेख छ । 
डोजरले सडक खन्ने, रातीमा ठुला उज्याला बत्तिको प्रकाशमा कालो पत्रे गर्न सडकमा कुइरीमण्डल धुले सफा गर्न उडाइन्छ । त्यही धुलोमा लुगा र अनुहारै धुलाम्य भएर मजदुरहरू काम गरिरहेछन् । मेलम्ची खानेपानीले ढल ओछ््याउने काममा काम गर्ने मजदुरहरूलाई दिनको ५ सय दिन्छ भने रातमा काम गरेमा त्यो ओभरटाइम हुन्छ । रातमा ओभरटाइम काम गरेको ज्याला प्रतिघण्टा ६२ रूपियाँ दिन्छ कम्पनीले ।
बालश्रमलाई पूर्ण निषेध कानुनी कागजमा नभएको होइन । तर साना होटेलदेखि यातायातका साधनहरू, इँटाभट्टा, बालुवा चाल्ने, लोड–अनलोड गर्ने काम पनि स्कुल जाने उमेरका केटाकेटीहरूले गर्दै आएका छन् । ठेकेदारले पनि सानालाई थोरै ज्याला दिए हुन्छ, जसले गर्दा ठेकेदारलाई लाभैलाभ हुन्छ । कहिलेकाहीँ सरकारी कर्मचारीले अनुगमन गरेको नाटक गर्छन् । कतिपय ठुला कर्मचारी तथा घनाढ्यहरूले नै बालबालिकालाई काम गर्ने नोकर राख्दै आएका छन् । यी बालबालिकालाई गरिने दुव्र्यवहार र हिंसाका सिकार बन्दै आएका छन् । यिनीहरू प्रतिरोध गर्न र आफूमाथि भएका अन्याय, अत्याचारबारे कहीँ उजुर गर्न पनि सक्दैनन् । त्यस कारण ठुला ठालुहरू सधैँ फाइदामा छन् ।
श्रम ऐनले मजदुरको बिमा, सामाजिक सुरक्षा, उपदान आदिको व्यवस्था गरे तापनि निर्माण व्यवसायीहरूले यसको पालना गर्दैनन् । श्रम ऐनको पालना गर्नासाथ अतिरिक्त सुविधाका लागि अतिरिक्त रकम लगानी गर्नु पर्छ । त्यस कारण अनेकौँ बहनाबाजी गरेर सकेसम्म कम लागतमा मजदुरहरूलाई जोताउने गरेका छन् । कतिपय ठेकेदारहरूले मजदुरका ज्यालै नदिएर भाग्छन् ।
नेपालमा निर्माण व्यवसायीले इमान्दारीपूर्वक काम उत्तरदायित्व पुरा गर्ने गरेका भए पूर्वाधारदेखि अनेकौँ निर्माणका योजनाहरू समयमा पुरा हुने थिए । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष्ँ विष्णुभाइ श्रेष्ठ नेपालमा मजदुरको वर्गीकरण सही तरिकाले नभएको बताउँछन । कस्तो काम गर्नेलाई मजदुर भन्ने ? परिभाषा गर्न गाह्रो भएको निर्माण व्यवसायी बताउँछन् । महासङ्घका प्रशासनिक अधिकृत नवराज भण्डारी देशभर १२,५०० निर्माण व्यवसायी रहेको र त्यस अन्तर्गत करिब १५ लाख मजदुर आश्रित भएको हुन सक्ने आँकडा बताउँछन् । भौतिक यातायात तथा निर्माण मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौँमा ९०१, ललितपुरमा ३५०, भक्तपुरमा २२१ कन्स्ट्रक्सन कम्पनी दर्ता छन्, जस अन्तर्गत लाखौँ मजदुरले काम गरिरहेको अनुमान अधिकृत भण्डारीको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष पेम्बा लामा शेर्पा नेपाली मजदुरले काम गर्दा सुरक्षासम्बन्धी कुनै पनि सावधानी अपनाउने नगरेको बताउँछन् । उनी भन्छन्– “नेपाली मजदुरले काम गर्दा लगाउनु पर्ने पोशाकबारे सचेत छैनन् । ठेकेदारले पनि ध्यान दिदैनन् ।” ठेकेदारले ध्यान नदिनु स्वाभाविकै हो । किनभने लुगा, बुट, हेल्मेट, पञ्जा, सेफ्टी बेल्ट नदिदा नै खर्च कम हुन्छ भने दिएर घाटाको काम किन गरून् । २०७४ को श्रम ऐनले तोकेका बिमा आदिका प्रावधान धेरैजसोले पालना नै गर्दैनन् । मजदुर सचेत भएर आफ्नो ज्यालाबाट लुगा, बुट आदिको व्यवस्था गर्न असमर्थ हुन्छन् । पेम्बा लामा शेर्पा विदेशी प्रोजेक्टले कुनै स्थानमा काम सुरु हुनुभन्दा पहिले नै शौचालयदेखि बस्ने थलोसम्मको राम्रो प्रबन्ध गर्ने गरेको बताउँछन् । स्वदेशी विदेशी जोसुकै ठेकेदार भए पनि शोषण र उत्पीडन र श्रम घण्टामा विशेष अन्तर हुँदैन । किनभने सबै नाफाका भोका हुन् ।
उपर्युक्त विवरणले मजदुरका शोषण, लाचारी तथा विवशताले गर्दा ग्याँस, धुवाँ र धुलो उनीहरूको एउटा नियति नै बनेको छ । श्रम ऐन विदेशीलाई देखाउन विभिन्न राम्रा श्रम नियमहरू बनाएका हुन् । वास्तविक जीवनमा कहिल्यै पनि निर्माण व्यवसायीले लागु गरेका छैनन् र गर्दैनन् । निर्माण मजदुरहरूले आफूलाई शोषण हुन, मुक्त स्वतन्त्र मजदुर हुने र पूँजीवादी दासताबाट मुक्त हुने हो भने शोषक शासक वर्गको सत्तालाई सर्वहारा वर्गले आफ्नो सत्तामा परिवर्तन गर्नु पर्छ । परिवर्तन गर्न नेपालका सबै मजदुर एक हुनु पर्छ र सङ्घर्षको मैदानमा उत्रिनु पर्छ । यही सङ्घर्षको बाटोबाट मात्र दासताबाट जोगिने छन् र सुनौलो बिहानको प्रारम्भ हुने छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal