२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख ११, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
संक्षिप्त/संगठनात्मक समाचार
क्षयरोगको पहिचान जिन एक्सपर्ट उपकरणबाट
विदुर । यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । 
 उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा. केदार नरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई २०७४ चैत्र २४ गते प्रदान गरे । दुई घण्टामा नै क्षयरोगको पहिचान गर्न सकिने भएकाले नुवाकोट सहित आसपासको जिल्ला रोगको ‘हब’ बन्दै गएकाले छोटो समयमा नियन्त्रण गर्न सक्षम हुने डा. केसीले बताए । सन् २०३५सम्म क्षयरोग शून्यमा ल्याउने सरकारी लक्ष्य पुरा गर्न जिल्ला अस्पतालबाट पहिचान र उपचार पाउने भएपछि सम्भव बनाउन सहयोग पुग्ने केसीले बताए । उनका अनुसार ३६ लाख पर्ने उक्त उपकरण क्षयरोगको पहिचान र उपचारका लागि अहिलेसम्मकै अत्याधुनिक प्रविधि मानिएको छ । निजी अस्पतालमा क्षयरोगको परीक्षण गराउन पाँचदेखि आठ हजारसम्म शुल्क लाग्ने हुँदा त्यो बिरामीको पहुँच बाहिर हुँदा रोग बल्झने गरेकाले अस्पतालबाट सेवा निःशुल्क हुने व्यवस्थापन समितिका अध्यक्ष पारस अधिकारीले बताए । 

एसएमएसबाटै गर्भजाँचको निम्तो 
बैतडी । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरूलाई एसएमएस मार्फत् नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । 
 बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल मार्फत् गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गरिरहेका छन् । पाटन नगरपालिका, पुरचौडी नगरपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा आई सकेको छ भने अन्य स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालनको तयारी भएको छ । स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम इन्ट्री गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उनीहरूको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजका आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले महिलालाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले बताए । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्यक्रम सञ्चालन रहेका स्थानीय तहमा कार्यक्रम प्रभावकारी रूपमा जारी रहेको छ । मेडिक मोबाइल स्वास्थ्य सेवा कार्यक्रम नेपालमा सन् २०१३ मा बाग्लुङमा पाइलटिङका रूपमा सुरु गरिएको थियो । सन् २०१५ मा मात्र बाग्लुङ जिल्लाभित्र पूर्ण रूपमा विस्तार गरी त्यस पश्चात् गोरखा, धादिङ, इलाम हुँदै यो वर्षदेखि बैतडीमा पनि सुरु गरेको हो । 

कृषि सेवा केन्द्र स्थानीय तहमा 
म्याङलुङ । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालयले २०७४ चैत्र २५ गते आठराई गाउँपालिकामा रहेको कृषि सेवा केन्द्रलाई औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रोहिणी राज घिमिरेले आठराई गाउँपालिकालाई सो क्षेत्रमा रहेको सेवा केन्द्र र सम्पूर्ण जिन्सी सम्पत्ति, कर्मचारी र सेवा प्रवाहको व्यवस्था गर्न औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको बताए । जिल्ला कृषि विकास कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र छथर गाउँपालिकामा रहेको कृषि सेवा केन्द्र हस्तान्तरण गरिसकेको छ । जिल्लामा ६ वटा कृषि सेवा केन्द्र र एउटा सम्पर्क केन्द्र रहेका थिए ।

प्रधानमन्त्री अर्बानकै पार्टी विजयी
बुडापेस्ट । हङ्गेरीमा २०७४ चैत्र २५ गते भएको आम निर्वाचनमा पुनः सत्तारूढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेज सहितको केडिएनपी गठबन्धन आबद्ध दलहरूले नै धेरै ठाँउमा जित हासिल गरेका हुन् । 
निर्वाचनमा खसेको कुल मतमा गणना गरिएको ८१ प्रतिशत मतमध्ये ४९.४२ प्रतिशत मत सत्तारूढ गठबन्धनले पाएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा एमएसजेडपीपी (सोसोलिस्ट डाइलग) पार्टीले १२.१३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै, ६.६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५.४५ प्रतिशत मत ल्याएर लेफ्ट लिबरल डी.के. (डेमोक्रयाटिक कोलिसन) पनि संसदमा उपस्थित भएका छन् । 
पछिल्लो विवरण अनुसार संसदको १९९ सिटमध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । यस अघि २०१४ र २०१० कोभन्दा बढी मत अहिले आएको छ । २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । यसपछि हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित जस्तै भएको छ । प्रधानमन्त्री ओर्बान २०१०देखि शक्तिमा आउनु भएकोमा अब तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लाग्नु भएको हो । हङ्गेरीमा आम निर्वाचनका लागि ८० लाख मतदाता रहेका छन् भने झण्डै दश हजार मतदान केन्द्रहरू तोकिएका थिए ।

पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
इस्लामावाद । अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन् ।
अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताए । उनको यो भनाइ उहाँ भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा भएका बिषयबारे पत्रकारलाई जानकारी गराउने क्रममा आएका हुन् । 
समकक्षी तथा अन्य अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गरेको र यसलाई उनले सकारात्मक रूपमा लिएको बताए । तालिवान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाई सकेको छैन, यद्यपि काबुल सरकारसँग छलफल गर्नु पूर्व अमेरिकासँग वार्ता गर्ने दोहोराएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ । 
२०१५ मा सुरु भएको अफगान सरकार र तालिवानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो । तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो । 

इस्लामी आर्मी र सिरियाली सेनाबीच सम्झौता
दमास्कस । सिरियाको डुमा क्षेत्रमा आन्दोलनरत ‘इस्लाम आर्मी’ विद्रोही र सिरियाली सेनाबीच डुमालाई विद्रोहीलाई सुरक्षित अन्यत्र जान दिने र विद्रोहीको अपहरणमा परेका सर्वसाधारणलाई मुक्त गर्ने विषयमा २०७४ चैत्र २५ गते नयाँ सहमति गरिएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । 
नयाँ सम्झौताले इस्लाम विद्रोहीद्वारा अपहरण गरिएका र नजरबन्दमा राखिँदै आएका नागरिकलाई दमास्कसबाट पूर्वमा रहेको गुटाको डुमा जिल्लाबाट मुक्त गरिने छ । डुमा इश्लाम विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र हो । सरकारसँग नयाँ वार्ता गर्ने विषयमा विद्रोहीले प्रस्ताव गरेपछि नयाँ सम्झौता भएको र सरकारले विद्रोहीलाई डुमाबाट बाहिरिन दिने र विद्रोहीले अपहरणमा परेका नागरिक तथा सरकारी सेनालाई सकुशल रिहा गर्ने सहमति भएको छ । (सिन्हवा)

लक्ष्मी केयर्सको माउन्टेन बाइक र्‍याली
काठमाडौँ । “गो ग्रिन” अभियान अन्तर्गत रही “उज्यालो अभियान” को एक हिस्साका रूपमा दशौँ वार्षिक लक्ष्मी केयर्य माउन्टेन बाइक र्‍याली २०७४ चैत २३ गते सम्पन्न भएको छ । 
दुई सयभन्दा बढी साइकल यात्रीहरूको सहभागिता रहेको उक्त र्‍यालीले १३ कि.मि. को दूरी तय गरेको थियो । सो कार्यक्रमको उद्घाटन माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले गरे । र्‍याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भई टङ्गाल उड, टङ्गाल पुगी समापन भएको थियो । लक्ष्मी विकास बैङ्कका कर्मचारीहरूद्वारा प्रबद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यो वार्षिक कार्यक्रमले जनचेतना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यस अघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित सङ्घ÷संस्थाहरूमा सहयोग गर्दै आएको छ । गत वर्षहरूमा उज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको थियो ।

एन.आई.सी. एसियाको भारतमा रेमिटेन्स सेवा सुरु
काठमाडौँ । एन.आई.सी. एसिया बैङ्कले एक्सिस बैङ्कसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैङ्कले यस सम्बन्धमा एक्सिस बैङ्क भारतसँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार, एक्सिस बैङ्कको भारतमा अवस्थित ३५ सयभन्दा बढी शाखाहरूबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैङ्कका मुलुकभरि फैलिएको एक सय ९२ वटा शाखा तथा पाँच हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत् सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिने छ । साथै, बैङ्कका एक सय ९२ शाखा सहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बताइएको छ । बैङ्क हालसम्म चार एक्स्टेन्सन काउन्टर, चार वटा ब्रान्चलेस बैङ्किङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टसहित ५ हजार तीन सय ९३भन्दा बढी भौतिक सञ्जाल मार्पmत् बैकिङ् सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।

राजमोको ५ नं. प्रदेश भेला सम्पन्न
बुटवल । राष्ट्रिय जनमोर्चाका नेताहरूले कम्युनिस्टको नाममा जनतामा भ्रम फैलाईएको बताएका छन् । एमाले, माओवादीको एकता स्वाभाविक भए पनि कम्युनिस्टको नाममा दक्षिणपन्थीहरूको एकताले कम्युनिस्ट आन्दोलनलाई प्रभाव पर्ने बताएका छन् ।
राजमोको बुटवलमा सम्पन्न प्रदेश स्तरीय प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले देशमा नयाँ परिवेशको सिर्जना भए पनि अहिलेको सत्ता कम्युनिस्ट पक्षमा नभएको बताउनु भयो । उहाँले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधान निर्माण र निर्वाचन सम्पन्न भएसँगै देशमा नयाँ परिवेशमा गए पनि कम्युनिस्टले चाहे जस्तो गरी देश अगाडि बढ्न नसकेको बताउनु भयो ।
वामपन्थी नेता कृष्ण पौडेलले अहिलेको व्यवस्था कम्युनिस्ट विरोधी व्यवस्था भएको बताउनु भयो । अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव राज रेग्मीले कम्युनिस्ट पार्टीका नीति तथा कार्यक्रमहरू जनताका बीचमा लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा वामपन्थी नेता सुरेश थापा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष महेश रिजाल, जनजाति सम्मेलनका उपाध्यक्ष छविलाल सर्तुङी, रक्तिम सांस्कृतिक अभियानका सल्लाहाकार रेम राना, अखिल नेपाल युवक सङ्घका सल्लाहकार विदुर मल्ल लगायतले बोल्दै बिचारमा प्रष्ट र व्यवहारमा इमान्दार सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जोड दिनु भयो ।
५ नम्बर प्रदेश समितिका अध्यक्ष बोम बहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष बासुदेव पोखरेलको स्वागत र सचिव सोम कुमार कार्कीको सञ्चालनमा कार्यक्रम भएको हो । तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा ५ नम्बर प्रदेशका सबै जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो ।

अन्टुक प्युठानको भेला सम्पन्न
खलङ्गा । अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) को तेस्रो तथा अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको दोश्रो संयुक्त प्युठान जिल्ला भेला सम्पन्न भएको छ । 
अन्टुकका केन्द्रीय अध्यक्ष नारायण सापकोटाको प्रमुख आतिथ्यतामा उक्त भेलाले १७ सदस्यीय समिति चयन गरेको छ । गठित समितिको अध्यक्षमा सुरेश कुमार श्रेष्ठ, उपाध्यक्षमा योगेश राना, सचिवमा मदन बहादुर जिसी, सहसचिवमा प्रेम श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मी परियार रहनु भएको छ । सदस्यहरूमा गोपाल सिंह खत्री, खिम बहादुर नेपाली, मान बहादुर केसी, पुष्पा परियार, देवेन्द्र ढकाल, ओले बहादुर बुढा मगर, सूर्य वहादुर केसी, विष्णु भुसाल र दिल बहादुर राना रहनु भएको छ । समितिको वैकल्पिक सदस्यमा बन्दु सुवेदी र प्रेम जिएम रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ । 

यातायात मजदुरको पनि भेला
त्यसैगरी, अन्टुक अन्तर्गत अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको दोस्रो जिल्ला भेला पसन सोही अवसरमा सम्पन्न भएको छ । भेलाले अम्मर राज रुचालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विनोद नेपाली, सचिवमा गोपाल सिंह खत्री, सहसचिवमा कुसल कुँवर र कोषाध्यक्षमा गङ्गाराम घर्ती चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरूमा वासुदेव खड्का, विष्णु परियार, गोपाल विक, कृष्ण अधिकारी र लेखराज केसी रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ । 
कार्यक्रममा अतिथिहरू राजमोका जिल्ला सदस्य दुर्गा भुसाल, अखिल नेपाल युवक सङ्घका जिल्ला उपाध्यक्ष कमल पौडेल, अखिल नेपाल महिला सङ्घकी जिल्ला सहसचिव लक्ष्मी परियार, अखिल (छैठौँ) का जिल्ला अध्यक्ष सुमन अधिकारी, जातीय समता समाजका जिल्ला सदस्य पुष्पा परियार, युवक सङ्घ प्युठान नगर समितिका अध्यक्ष सुमन सुवेदी र समता समाज प्युठान नगर समितिका सचिव अनिल नेपाली हुनु हुन्थ्यो । जिल्ला अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अन्टुकका जिल्ला सचिव मुकुन्द राज रोका र स्वागत यातायात मजदुर युनियनका जिल्ला अध्यक्ष मदन बहादुर जिसीले गर्नु भएको थियो ।

राजमोको प्रशिक्षण सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम महतनियाखोलामा सम्पन्न भएको छ ।
चैत्र ९ र १० गते सञ्चालित उक्त प्रशिक्षणको उद्घाटन अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले गर्नु भएको थियो । राजमो राजपुर गाउँपालिका स्तरीय समितिका अध्यक्ष एक बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजमोका जिल्ला सचिवालय सदस्य महेश रिजाल, राजमो राजपुर गाउँपालिका समितिका सचिव रामफकिरे रैदास, सोही समितिका कोषाध्यक्ष लोक बहादुर भण्डारि, सदस्यहरू तेज बहादुर बाठा मगर, रण बहादुर बुढा मगर, जातीय समता समाज राजपुर गाउँपालिका समितिका अध्यक्ष राज कुमार विश्वकर्मा (कमल), अखिल नेपाल महिला सङ्घ एरिया सदस्य गङ्गा केसी लगायतले मन्तव्य दिनु भएको थियो ।
टेक बहादुर बुढा मगरको स्वागत रहेको उक्त कार्यकमको सञ्चालन मन कुमार रानाले गर्नु भएको थियो । प्रशिक्षणको दोस्रो दिन स्याले कुलोबाधमा वनभोज तथा सांंस्कृतिक कार्यकम समेत सम्पन्न गरिएको थियो । प्रशिक्षणमा राजमो राजपुर गाउँपालिका अन्तर्गत वडा नं. ५ का महतनियाखोला, कुरियाखोला, वडा नं. ४, ६, ७ का दुलैया, चङ्गुवा, गङ्गदिखोला, सुनपथरिखोला र हाटवाश गाउँका सयौँ कार्यकताको सहभागिता रहेको थियो ।

राजमोका वडा समितिहरू गठन
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वडा न–५ को महतनिया खोला र कुरियाखोलामा वार्ड स्तरीय समिति र टोल समिति गठन गरिएको छ । २०७४ चैत्र १० र ११ गतेका दिन महतनिया खोलामा भएको भेलाले टेक बहादुर बुढा मगरको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरिएको छ । समितिको अपाध्यक्षमा सीमा रोका मगर, सचिवमा मन कुमार राना, सहसचिवमा डिल कुमार रोका र कोषाध्यक्षमा जनक राज गिरी रहनु भएको छ । सदस्यहरूमा सीता बुढा मगर, रासमायाँ बुढा मगर, गङ्गाराम विक र डिल बहादुर बुढा रहनु भएको छ । समितिको सल्लाहकारमा खिम बहादुर राना र पोवी घर्ति रहनु भएको छ । 
त्यसैगरी चैत्र ११ गतेका दिन कुरियाखोलामा भएको भेलाले तेज बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरेको छ, जसको सचिवमा पूर्ण बहादुर बुढा मगर र कोषाध्यक्षमा सुन्तली विक रहनु भएको छ । सदस्यहरूमा सुरेश पुन, झिरमाला घर्ती, नरजीत घर्ति, सरिता घर्ती, रेउती घर्ती, हिरा विक, चुमकली विक र पञ्चराम विक रहनु भएको छ । त्यस्तै, सल्लाहकारमा पूर्ण कुमारी विष्ट, एक बहादुर घर्ती र डन बहादुर खड्का रहनु भएको छ । ती दुवै भेलामा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवम् सल्लाहकार काशीनाथ पोख्रेल, राजमो दाङका सचिवालयका सदस्य महेश रिजाल, राजमो राजपुर गाउँ समितिका अध्यक्ष यज्ञ बहादुर घर्तीको विशेष उपस्थिति रहेको थियो । 

राजमोको नगर समिति गठन
दैलेख बजार । चामुण्डा विन्द्रासैनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको नगर समिति गठन भएको छ । २०७४ चेत्र १६ गते राजमो दैलेखका जिल्ला अध्यक्ष अम्बर बहादुरर नेपालीको विशेष उपस्थितिमा आयोजित भेलाबीच सो समिति गठन गरिएको हो । समितिको अध्यक्षमा मान बहादुर चन्द, उपाध्यक्षमा निरक बहादुर शाही, सचिवमा छविलाल रिजाल र कोषाध्यक्षमा हरिदेवी चपाई चयन हुनु भएको छ । यस्तै, सदस्यमा अगेन्द्र देवकोटा, बाल कुमारी शाही, भिम बहादुर विक, प्रेम तामाङ र चन्द्रा रेश्मी मगर रहनु भएको छ । साथै सल्लाहकारमा नविन भट्टराई, शिव आचार्य र चिन बहादुर खत्री रहनु भएको छ । सो अवसरमा सचिवालय पनि गठन गरिएको छ, जसमा मान बहादुर चन्द्र, निरक शाही, छविकला रिजाल, हरिदेवी चापाई, अगेन्द्र्र देवकोटा रहनु भएको छ । कार्यक्रममा राजमो दैलेखका सल्लाहकार पूर्ण बहादुर शाहीको पनि उपस्थिति रहेको थियो ।

बारामा रक्तिमको भेला सम्पन्न
सिमरा । बारा जिल्लामा रक्तिम सांस्कृतिक अभियानको जिल्ला समिति गठन भएको छ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जनगायक जीवन शमाको प्रमुख आतिथ्यतामा २०७४ चैत्र २५ मा जितपुर सिमरा–१४ रजघट्टामा सम्पन्न भेलाले सो समिति गठन गरेको हो । 
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी शर्माले सांस्कृतिक रूपान्तरण एक जटिल विषय भएको बताउँदै रूपान्तरण पहिले आफैबाट सुरु गर्नु पर्नेमा जोड दिनु भयो । गहन मन्तब्यका साथमा प्रमुख अतिथि शर्माले चिनियाँ साहित्यकार लुसुनको कवितामा आधारित “यी दुर्दिनमा जन्मिएर मैले” बोलको गीत समेत प्रस्तुत गर्नु भएको थियो । शर्माले उक्त गीत प्रस्तुत गरिरहदा सहभागी सबै निकै गम्भीर बनेका थिए । किसान नेता धर्मानन्द सुवेदीको अध्यक्षता र हरि प्रसाद सापकोटाको सञ्चालनमा अघि बढेको सो भेलामा स्वागत मन्तव्य जिवन कुमार भट्टराईले राख्नु भएको थियो । भेलालाई राजमो बाराका उपाध्यक्ष शेर बहादुर कार्की र टिका थापा समेतले सम्बोधन गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 
 भेलाले दिपेन्द्र केसीको अध्यक्षतामा रक्तिम सांस्कृतिक अभियान बाराको नौ सदस्यीय जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा कमल सुवेदी, सचिवमा नविन थापा, सहसचिवमा ओम प्रकाश सापकोटा र कोषाध्यक्षमा तारादेवी क्षेत्री रहनु भएको छ । समितिका सदस्यहरूमा कृष्ण सापकोटा, गोमा पौडेल र दिपक केसी रहनु भएको छ । समितिको सदस्यका दुई स्थान हाललाई रिक्त राखिएको छ । भेलाले धर्मानन्द पाध्याय, शेर बहादुर कार्की र टिका थापालाई समितिको सल्लाहकारमा चयन गरेको छ । 
भेला पश्चात् सहभागीहरूको अनुरोधमा जनगायक जीवन शर्मा डुमरवाना पब्लिक स्कुलले त्यस दिन सञ्चालन गरेको वार्षिक परीक्षाफल प्रकाशन समारोहमा समेत पुग्नु भएको थियो । आफ्नो प्रिय जनगायकलाई आँखा अगाडि पाउँदा स्कुल परिसरमा उपस्थित सयाँै विद्यार्थी र अभिभावकहरू निकै हार्षित भएका थिए । जितपुर–सिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरूबाट आएका विद्यार्थी एवं अभिभावकहरूको विशेष अनुरोधमा जनगायक शर्माले रक्तिमका चर्चित आधा दर्जन गीतहरू प्रस्तुत गर्नु भएको थियो । “सिमली छायाँमा”, “परदेसी तिमी”, मधेशी पहाडी”, “तलमा पर्‍यो“ लगायतका गीतहरू शर्माले प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए ।
तीन लाख बालबालिका स्कुल बाहिरै 
काठमाडौँ। सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ गतेसम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइदै छ ।
शिक्षामन्त्री गिरिराज मणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर यो अभियान शुभारम्भ गर्दैछन् । शिक्षा विभागका अनुसार ५देखि १२ वर्ष उमेर समूहका तीन लाख १३ हजार बालबालिका (७.७ प्रतिशत) विद्यालय बाहिर छन् । उनीहरू किन विद्यालय आउँदैनन् भन्ने गहन अध्ययन बिनै गरिने भर्ना अभियानले यसपालि पनि उच्च नतिजा दिने विश्वास गर्न सकिँदैन ।
भर्ना अभियानको यस वर्षको नारा छ– ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा ।’ शिक्षामन्त्री पोखरेलका अनुसार यो अभियान अनुसार भर्ना भएकै दिन पुरै सेट पाठ्यपुस्तक उपलब्ध गराउने तयारी छ । छात्रवृत्ति लगायत सुविधा पनि दिइने छन् । अब प्रश्न उठ्छ, ‘पुुस्तक पाइने आसमै यसपालि सबै बालबालिका विद्यालय आउलान् ?’ किनकि, अधिकांश बालबालिका विद्यालय आउन नसक्नुका पछाडि पुस्तक होइन, उनीहरूका आर्थिक र सामाजिक समस्या प्रमुख कारक हुन् । ‘बाध्यता र घरायसी समस्या हुने बालबालिका मात्रै विद्यालय बाहिर छन्’ । नआउनेहरू किन आएनन्, उनीहरूलाई कसरी ल्याउने र टिकाउने भन्ने अध्ययन हुनु जरुरी छ ।


अन्टुकको जिल्ला भेला सम्पन्न
तौलिहवा । अखिल नेपाल ट्रेड युनिययन महासङ्घ (अन्टुक) कपिलवस्तुको दोस्रो जिल्ला भेला २०७४ चैत्र २४ गते चन्द्रौतामा सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनिययन (अन्टुक) का केन्द्रिय सदस्य केर सिंह अदै को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले ९ पुर्ण र ४ जना सल्लाहकार गरी १३ सदस्सीय जिल्ल समिति चयन गरेको छ । जस अनुसार अध्यष केर सिंह अदै,उपाध्यक्ष लाल शहादुर चौधरी, सचिव नारायण प्रसाद खनाल,सहसचिव गोविन्द पोख्रेल र कोषध्यक्ष नागराज योगी रहनु भएको छ । गठित समितिकाके सदस्यहरूमा ज्ञानेश्वर पौडेल,याम कुमार महरा,लक्ष्मण वि.क.,उदयराज थारु र सल्लाहकारहरूमा सिद्विमान केसी तिलक गैरे,दिल बहादुर पुन र प्रकाश रिजाल रहनु भएको छ । 
 भेलाले राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आर्चाय,किसान सङ्घका केन्द्रिय उपाध्यक्ष शिव पौडेल,ने.क.पा (मसाल)का जिल्ला प्रवक्ता छविलाल गैरे,अखिल नेपाल महिला सङ्की केन्द्रिय सदस्य चन्द्रवधन श्रेष्ठ,किसान सङ्घ जिल्ला अध्यक्ष कर्मराज चौधरी,अन्टुकका केन्द्रिय सदस्य केर सिंह अदैले तत्कालीन मजदुरहरूको अवस्था राष्ट्रिय परिस्थिती, मजदुर आन्दोलन,देशको राजनैतिक अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । भेलाले २०७५ बैशाख १६ देखी १८सम्म बुटवलमा हुने अखिल नेपाल ट्रेड युनिययन महासङ्घ (अन्टुक) को राष्ट्रिय परिषद सफल पलगायत अन्य तयारीको विषयमा कायको बाड फाड समेत गरेको छ । भदैसम्म यातायात मनदुर,होटल ाजदुर निर्माण मजदुर र औद्योगिक मजदुरको भेला तथा बैठक गर्ने निर्णय गरीएको केर सिंह अदैले जानकारी दिनु भयो । 

राजमोको वडा समिति गठन
बुटवल । राष्ट्रिय जनमोर्चा उपमनपा–२ को चौथो वडा भेला सम्पन्न भएको छ । २०७४ चैत्र २० गते अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका का.वा. अध्यक्ष ढुण्डीराज पौडेलको आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो ।
भेलाले केसर रानाको अध्यक्षतामा ११ पूर्ण र दुई सल्लाकार सहितको वडा समिति गठन समेत गरेको छ । समितिको उपाध्यक्षमा दिपक आचार्य, सचिवमा हरि प्रसाद पन्थी, सहसचिवमा राजु आचार्य र कोषाध्यक्षमा रेनु विक चयन हुनु भएको छ । सदस्यहरूमा गीता आचार्य, ओम बहादुर रोका, विकास पोख्रेल, रुद्र आचार्य, मनिषा बुढाथोकी र लक्ष्मण पोख्रेल रहनु भएको थियो । सल्लाहकारमा कृष्ण प्रसाद पोख्रेल र बाबु आचार्य रहनु भएको छ । कार्यक्रमको सञ्चालन दिपक आचार्यले गर्नु भएको थियो । 
भेला कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता तथा दिपक आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

राजमोको वडा भेला सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चा गढवा–६ को वडा भेला सम्पन्न भएको छ । २०७४ चैत्र २६ गते राजमो गाउँपालिका समितिका अध्यक्ष दिनमण्ीि आचार्यको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य गुणनिधि शर्माको प्रमुख आतिथ्यतामा यो भेला सम्पन्न भएको हो ।
भेलाले खुमानन्द पोखे्रलको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ, जसको उपाध्यक्षमामा नारायण पण्डित, सचिवमा युवराज आचार्य, कोषाध्यक्षमा हर्कमणि आचार्य र सहसचिवमा खड्क बहादुर जिसी चयन हुनु भएको छ । सदस्यहरूमा रमन कुमार शर्मा, पोम नारायण आचार्य, गुणाखर खनाल, भिम बहादुर थापा, उमा पन्थी, खेम श्रेष्ठ, प्रकाश यादव र लेखराज पण्डित रहनु भएको छ भने वैकल्पिक सदस्यहरूमा अमृता घर्ती, राम बहादुर घर्ती, रमेश चौधरी र टङ्क आचार्य रहनु भएको छ । भेलाले दिनमणि आचार्य, भोजराज खनाल र ओम बहादुर बिसीलाई सल्लाहकारमा चयन गरेको छ । 
भेलामा अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य कपिलदेव खनाल लगायतले शुभकामना दिनु भएको थियो । उमा पन्थीको स्वागतबाट सुरु भएको उक्त भेलाको सञ्चालन खुमानन्द पोखे्रलले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
तालमेलमा प्रगतिशील ‘खुला’
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal