२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
शोविशन–किरणको स्मृतिमा रक्तदान
बुटवल । शोविसन, किरण स्मृति फाउन्डेसनले रक्तदान कार्यक्रम गरेको छ । २०७२ चैत्र २० र २१ गते अल्पायुमै मृत्यवरण गरेका शोविशन र किरण पाण्डेको स्मृतिमा रक्तदान गरिएको हो । रूपन्देहीका हास्यव्यङ्ग्य कलाकार विष्णुजी पाण्डे माइला बाका दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
तातो दुधमा परेर गम्भीर घाइते भएका शोविशनको २०७२ चैत्र २० गते उपचारको क्रममा काठमाडौँमा निधन भएको थियो । त्यस्तै ज्वरो र पखलाको अवस्थामा उपचारकै क्रममा शोविशनका भाइ किरणको एक दिनको फरकमा २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो । शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए । कलाकार र पत्रकारहरूको सक्रियतामा कलाकार धन बहादुर गुरुङ अध्यक्ष रहेको शोविशन, किरण फाण्डेशन गठन गरिएको थियो ।
रूपन्देहीको भलवारीमा गत बुधबार फाउडेशनले रक्तदान कार्यक्रमको आयोजना गरेर स्व शोविशन र किरणलाई सम्झेको छ । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवन दान भन्ने नाराका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । समाजसेवी टङ्क प्रसाद गैरे र दीपक कार्कीको आर्थिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान दिएका थिए । रक्तदान कार्यक्रममा कलाकार, पत्रकार स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी, समाजसेवी व्यक्तित्व र शुभचिन्तकहरूको सहभागिता रहेको थियो । –श्यामलाल पोखरेल

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
तालमेलमा प्रगतिशील ‘खुला’
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal