२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानुन पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिएका छन् ।
यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कायविधि सम्बन्धी, गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी, प्रदेश सरकारको आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धी, प्रदेश आकस्मिक कोषसम्बन्धी तथा मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पठाएको थियो । सहप्रवक्ता केसीले पठाइएका विधेयकलाई प्रदेश सभाले स्वीकृत गरी लागू गर्न सक्ने बताए । 
संविधानले दिएको अधिकार अनुसार प्रदेशसभाले कार्य विभाजन र कार्य सञ्चालनसम्बन्धी नियमावली आफैं बनाई सकेका छन् । मन्त्रालयले प्रदेश सभाका लागि अब थप १२ नमूना कानुन बनाई पठाउन बाँकी छ । पठाइएको विधेयकमा सभामुख, उपसभामुख, विभिन्न समिति, सत्ता पक्ष र विपक्षी दलका सचेतक, प्रदेश सदस्यको पारिश्रमिक र सुविधाको प्रस्ताव तोकिएको छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
तालमेलमा प्रगतिशील ‘खुला’
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal