२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
काठमाडौँ । कमलराज रेग्मीको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले रेग्मीको निधन भएको दिन २०७४ चैत्र २२ गते एक शोक वक्तव्य जारी गर्दै सो दुःख प्रकट गर्नु भएको हो ।
महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “का. कमलराज रेग्मीको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै उहाँको सन्तप्त परिवारप्रति पनि हामीले समवेदना प्रकट गर्दछौँ । 
का. रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिस्ट पार्टीको एउटा अत्यन्त जुझारु र सक्रिय शीर्षस्थ कम्युनिस्ट नेता हुनु हुन्थ्यो । नेपालको किसान आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । खास गरेर पाल्पाको किसान आन्दोलन उहाँको नेतृत्वमा नै चलेको थियो । प्युठानमा जनता शिक्षण शिविरको सञ्चालन र कम्युनिस्ट पार्टीको स्थापनामा पनि उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।
२०१७ साल पौष १ गतेको राजाले प्रतिगामी कदम चाल्दा उहाँ पहिलो दिनमा नै गिरफ्तार हुनु भएको थियो र लामो समयसम्म जेलमा रहनु भएको थियो । तृतीय महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति कैयौँ टुक्राहरूमा बाँडियो र पार्टीको कुनै केन्द्र बाँकी रहेन । एकातिर, देशको प्रतिकूल राजनीतिक परिस्थिति र अर्कातिर, पार्टीको कुनै केन्द्र नरहेको अवस्थामा उहाँ जेलबाट छुटेपछि पञ्चायती व्यवस्थामा सामेल हुनु भयो । पञ्चायती व्यवस्थामा सामेल भएपछि पनि उहाँले पार्टीप्रति आफ्नो सहानुभूति राखिराख्नु भयो र पार्टीसित लगातार सम्पर्क राख्ने प्रयत्न गर्नु भयो ।
गत लामो समयदेखि उहाँ अस्वस्थ हुनु हुन्थ्यो । करिब दुई वर्ष पहिले उहाँले आफ्नो पञ्चायतमा लागेको कार्यका लागि पश्चातप गर्दै पार्टीको सदस्यताका लागि दर्खास्त दिनु भएको थियो । उहाँले २०१० सालमा पार्टीको सदस्यताका लागि मेरो दर्खास्त लिनु भएको थियो । त्यसको करिब ६ दशकपछि उहाँले पार्टीको सदस्यताका लागि मलाई दर्खास्त दिनु भएको थियो । उहाँले दर्खास्त दिने बेलामा भन्नु भएको थियो– ‘पहिले मैले तपाईबाट पार्टी सदस्यताका लागि दर्खास्त लिएको थिएँ । अब मैले पार्टी सदस्यताका लागि तपाईलाई दर्खास्त दिदै छु । अब मेरो वृद्धावस्था र स्वास्थ्यका कारणले मैले सक्रिय भएर पार्टीको कुनै काम गर्न सक्दिनँ, तैपनि मेरो मृत्युको बेलामा पार्टीको झण्डा मलाई ओढाइयोस् भन्ने मेरो ठुलो इच्छा छ ।’ तर उहाँको परिवारसँग सल्लाह गर्दा उहाँलाई पार्टीको झण्डा ओढाउने कुरामा सहमति हुन सकेन र उहाँको जीवनको एउटा ठुलो इच्छा हामीले पुरा गर्न सकेनौँ । त्यसका लागि हामीलाई धेरै नै दुःख छ, तैपनि हाम्रो पार्टीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै उहाँको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुखदुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवन साथी विमला रेग्मीप्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
तालमेलमा प्रगतिशील ‘खुला’
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal