२०७५ असार २७ गते, बुधबार   वर्ष ३५, अंक २९
मिति(२०७५ आषाढ ३२, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेकपा (मसाल) ले कालिकोटका राजमोका जनप्रिय नेता जयकृष्ण सञ्ज्यालको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । दम र बाथको रोगबाट पीडित नेता सञ्ज्यालको २०७४ चैत्र २७ गते दिउसो ४ः३० बजे कालिकोटमो सदरमुकाम मान्मस्थिति उहाँकै निवासमा निधन भएको थियो । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २७ चैत्रको साँझ नै एक शोक वक्तव्य जारी गर्दै नेता सञ्ज्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
महामन्त्री सिंहद्वारा जारी उक्त शोक वक्तव्यमा अगाडि भनिएको छ– “नेकपा (मसाल) का पार्टी सदस्य तथा राष्ट्रिय जनमोर्चा कालिकोटका नेता जयकृष्ण सञ्ज्यालको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गर्दछ । शोक–सन्तप्त उहाँका परिवार जनप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड जयकृष्ण सञ्ज्याल पार्टीको एक इमान्दार र जुझारु सिपाही हुनु हुन्थ्यो । उहाँले पार्टी सदस्यताका लागि २०४८ सालमा आवेदन दिनु भएको थियो र २०५९ सालमा सदस्यता प्राप्त गर्नु भएको थियो । उहाँले हाम्रो वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको २०५२देखि २०६९सम्म कालिकोट जिल्लाको अध्यक्षमा रहेर जिम्मेवारी निभाउनु भएको थियो । हाल उहाँ राष्ट्रिय जनमोर्चा कालिकोटको सल्लाहकार र राष्ट्रिय परिषदको सदस्य समेत हुनु हुन्थ्यो ।
कामरेड जयकृष्ण सञ्ज्यालको निधनबाट हाम्रो पार्टी र क्रान्तिलाई ठुलो क्षति पुग्न गएको छ । उहाँले पार्टी र क्रान्तिप्रति पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै अन्तमा हामीले उहाँप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । साथै उहाँका शोक–सन्तप्त परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छौँ ।”
पिता महारुद्र सञ्ज्याल र माता सुनकेसा सञ्ज्यालको कान्छो सन्तानका रूपमा नानीकोट–७, कालिकोटमा १९९९ कार्तिक १ गते जन्मनु भएका जयकृष्ण सञ्ज्याल कालिकोट जिल्लामा लोकप्रिय जननेता हुनु हुन्थ्यो । रोगले ग्रस्त पारेको बेलामा समेत उहाँले साङ्गठनिक जिम्मेवारीलाई कुशलतापूर्वक निभाउँदै आउनु भएको थियो । नेता सञ्ज्यालको परिवारमा दुई श्रीमती, तीन छोरा र चार छोरीहरू रहनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
तालमेलमा प्रगतिशील ‘खुला’
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal