२०७५ असार २७ गते, बुधबार   वर्ष ३५, अंक २९
मिति(२०७५ आषाढ ३२, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
तालमेलमा प्रगतिशील ‘खुला’
काठमाडौँ । आगामी २०७५ वैशाख २२ मा हुन गइरहेको नेपाल पत्रकार महासङ्घको पदेश अधिवेशनमा प्रगतिशील पत्रकार सङ्घ नेपालले सर्वपक्ष्ीाय तालमेलको नीति खुल्ला गर्ने भएको छ । अध्यक्ष नारायण शर्माको अध्यक्षतामा २०७४ चैत्र २४ गते काठमाडौँमा सम्पन्न उपलब्ध केन्द्रीय सदस्यहरू सहितको केन्द्रीय सचिवालयको बैठकबाट सङ्घले सो निर्णय लिएको हो । महासङ्घको प्रदेश अधिवेशनको विषयमा अन्य सङ्गठनहरूसँग छलफल र वार्ता गर्न प्रगतिशील पत्रकार सङ्घले अध्यक्ष नारायण शर्माको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति समेत गठन गरेको छ । गठित समितिमा महासचिव उदय जिएम, कोषाध्यक्ष श्यामलाल पोख्रेल, सचिवालय सदस्य गोपाल बराइली र केन्द्रीय सदस्य लक्ष्मी चौधरी रहनु भएको छ । 
 महासङ्घको प्रदेश निर्वाचनमा राष्ट्रिय अखण्डता र जातीय सद्भाव विरोधी सङ्गठन वाहेक अन्य सबै सङ्गठनसँग हामी तालमेल गर्न सक्छौँ, बैठकले हामीलाई त्यही म्यान्डेड दिएको छ” वार्ता टोलीको संयोजक समेत रहनु भएका अध्यक्ष नारायण शर्माले हाँकलाई भन्नु भयो– “पत्रकार महासङ्घलाई श्रमजीवी सबै पत्रकारहरूको साझा अभिभावकीय सङ्गठन बनाउनु पर्छ भन्ने हाम्रो चाहाना हो । त्यसका लागि हामीले अन्य सबै पक्षसँग वार्ता र छलफलको प्रकृया अघि बढाउने छौँ ।” सर्वपक्षीय सहमति जुट्न नसकेमा कमसेकम प्रगतिशील सङ्गठनहरूको मोर्चा बनाएर जाने कुरालाई प्रगतिशील प्रगतिशील पत्रकार सङ्घले प्राथमिकता दिने पनि उहाँले प्रष्ट पार्नु भयो । “हाम्रो कुरा प्रष्ट छ– छलछाम र षडयन्त्र त्यो हाम्रो नैतिकताभित्र पर्ने विषय होइन” शर्माले भन्नु भयो– “महासङ्घको प्रदेशमा सकभर सबै पत्रकार सङ्गठनको प्रतिनिधित्व हुने गरी सहमति कायम गरिनु पर्छ । त्यसो हुन नसकेमा कमसेकम प्रगतिशील सङ्गठनहरू एक भएर निर्वाचनमा जाँदा राम्रो हुने छ । तर यसको अर्थ हामीले प्रगतिशील सङ्गठनहरूसँग मात्र तालमेल गछौँ भन्ने होइन । सबै पक्षसँग तालमेलका लागि पहल गर्ने हाम्रो नीति रहने छ ।”
प्रगतिशील पत्रकार सङ्घ सचिवालयको उक्त बैठकले प्रदेशगत इन्चार्जहरू समेत तय गरेको छ । जस अनुसार, महासचिव उदय जिएम २ नम्बर प्रदेश, कोषाध्यक्ष श्यामलाल पोख्रेल ५ नम्बर प्रदेश, सचिवालय सदस्य गोपाल बराइली १ नम्बर प्रदेश, सचिवालय सदस्य तारा शर्मा ४ नम्बर प्रदेश र केन्द्रीय सदस्य सुशील ढुङ्गाना ७ नम्बर प्रदेश इन्चार्जमा चयन हुनु भएको छ । ३ नम्बर प्रदेश र महासङ्घको संरचना अनुरूपका अन्य प्रदेशहरू केन्द्रीय कार्यालयले नै हेर्ने निर्णय भएको जानकारी समेत अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal