२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख ११, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
ओखरकोटको अध्यक्षमा जिसी
खलङ्गा । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानको अध्यक्षतामा सुवास जिसी र महासचिवमा राधा जिसी चयन हुनु भएको छ । 
झिमरुक गाउँपालिकाको मच्छीमा २०७४ चैत्र २७ गते सम्पन्न संस्थाको चौथो साधारण सभाले जिसीद्वयलाई अध्यक्ष र महासचिवमा चयन गरेको हो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले मैनबत्ती बालेर उद्घाटन गर्नु धएको सो साधारण सभाद्वारा निर्वाचित समितिमा बर्ज बहादुर जिसी उपाध्यक्ष, भिम प्रसाद श्रेष्ठ कोषाध्यक्ष, हुमराज पौडेल सचिव रहनु भएको छ । सदस्यहरूमा राजेन्द्र विक्रम सिंह, देवेन्द्र जिसी, शकुन्तला जिसी, सुनिता जिसी, डम्मर जिसी र गीता जिसी रहनु भएको छ । पूर्व अध्यक्ष दुर्गा पौडेल समितिको संरक्षक रहनु भएको छ भने राम प्रकाश पुरी, राम प्रसाद भुसाल, ढुण्डिराज पोख्रेल, लीला बहादुर जिसी र राजेन्द्र विक्रम सिंह समितिको सल्लाहकारमा चयन हुनु भएको छ ।
 साधारण सभाको उद्घाटन पश्चात् समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुर्गा पौडेलले देशको निकास गाउँहरूको विकासमा निर्भर गर्ने भन्दै गाँउहरूको विरत्तर विकासका निम्ति एकीकृत योजनाहरूको खाँचो औल्याउनु भयो । ओखरकोट पर्यटन मार्फत् ओखरकोट क्षेत्रको विकास र समृद्धितर्फ जुट्न जनतालाई आह्वान गर्दै उहाँले त्यस क्षेत्रको विकासका लागि आफू सधैँ क्रियाशील रहने प्रतिबद्वता पनि व्यक्त गर्नु भयो ।
राजेन्द्र विक्रम सिंहको अध्यक्षता र नारायण बहादुर जिसीको सञ्चालनमा अघि बढेको सो साधारण सभामा स्वागत मन्तव्य देवेन्द्र जिसीले राख्नु भएको थियो । साधारण सभामा अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव रेग्मी, झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, राजमो प्युठानका सदस्य सिद्विमान जिसी, समाजसेवी तथा बुद्विजीवीहरू भेषमान गिरी, ढुण्डिराज पोख्रेल र धन बहादुर जिसी लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव सुवास जिसीले भेलामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । व्यापक छलफल पश्चात् साधारण सभाले उक्त प्रतिवेदनलाई एकमतले पारित गरेको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
नेकपा (मसाल) को शुभकामना
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
तालमेलमा प्रगतिशील ‘खुला’
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal