२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
नेकपा (मसाल) को शुभकामना
काठमाडौँ । वयोवृद्ध कम्युनिस्ट नेता खगुलाल गुरुङले सय वर्ष पुरा गरेको अवसर नेकपा (मसाल) ले शुभकामना व्यक्त गरेको छ । पार्टीका महामन्त्री मोहन विक्रम सिंहले २०७४ चैत्र २६ गते नेता गुरुङको अभिनन्दन समारोहमा प्रेस मन्तव्य जारी गर्दै शुभकामना दिनु भएको छ ।
महामन्त्री सिंहद्वारा दिइएको सो मन्तव्यमा भनिएको छ– “कामरेड खगुलाल गुरुङ १०० वष प्रवेश गर्नु भएको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) बाट हामीले उहाँको अभिनन्दन गर्न चाहान्छौँ । यो हाम्रो लागी प्रशन्नता र गर्वको कुरा हो कि १०० वर्षसम्म जिवित रहेको नेपालको कम्युनिस्ट आन्दोलनको उदाहरण उहाँ हुनु हुन्छ । त्यसरी उहाँ एउटा शताब्दी कम्युनिस्ट हुनु हुन्छ । हामी उहाँको अरू दीर्घायुको कामना गर्दछौँ ।
 २०१० सालमा कामरेड खगुलाल गुरुङ सहित हामीले प्युठानमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थियौँ । त्यो बेलाका अन्य संस्थापक सदस्यहरू श्याम बहादुर थापा, रुम बहादुर पाण्डे, नन्दलाल गुरुङ, जगत बहादुर जिसी र सिद्विमान सिंह जिसी अब हाम्राबीचमा हुनु हुन्न । उहाँहरू सबैप्रति त्यसरी नै हामीले श्रद्वाञ्जली प्रकट गर्न चाहन्छौँ । 
का. खगुलाल गुरुङसित २००३ सालदेखि गत सात दशकसम्म मेरो लगातार सम्बन्ध रहेको छ । २००७ सालमा हामी सँगै राणा विरोधी आन्दोलनमा भाग लिएका थियौँ । २०१० सालदेखि करिब साढे छ दशकभन्दा बढी समयदेखि हामीले सँगसँगै पार्टीमा काम गरिरहेका छौँ । नेपालका अन्य कुनै कम्युनिस्ट नेता वा कार्यकर्तासित मेरो यति लामो अटुट र अभिन्न सम्बन्ध रहेको छैन । यो स्वयम्मा एउटा अद्वितीय उदाहरण हो । हामीलाई आशा छ र विश्वास छ– यो सम्बन्ध अझै लामो समयसम्म रहिरहने छ । 
१०० वर्षको वृद्व अवश्थामा पनि उहाँको पार्टी र क्रान्तिप्रतिको आस्था उत्साह र दृढतामा कुनै कमी आएको छैन । शारीरिक दृष्टिकोणले उहाँ कमजोर हुनु हुन्छ तर वैचारिक र मानसिक दृष्टिकोणले उहाँ पहिले जस्तै दृढ हुनु हुन्छ । त्यसबाट हामी सबैले शिक्षा र प्रेरणा लिनु पर्ने आवश्यकता छ । त्यसरी नैै हामीले कम्युनिस्ट आन्दोलनलाई सुदृढ धरातलमा स्थपित गर्न र सफल पार्न सक्ने छौँ । अन्तमा, हामीले उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उहाँको पुनः अभिनन्दन गर्न चाहान्छौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन
युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसी
ओखरकोटको अध्यक्षमा जिसी
तालमेलमा प्रगतिशील ‘खुला’
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
संक्षिप्त/संगठनात्मक समाचार
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
शोविशन–किरणको स्मृतिमा रक्तदान
प्राकृतिक चिकित्सालय निर्माण
१४ मे.वा. जलविद्युत निर्माण सुरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal