२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
साहित्य
त्यो चोक
– सुमन थापा
त्यो चोक
जहाँ हजारौँको 
यात्रा तय हुने गर्छ
त्यो माटो
जसले हरेकको पाइला
थामेर उभ्याउने गर्छ
तिमी एक पटक 
फर्केर हेर जहाँ 
तिमी छौ
तिमीले टेकेको त्यो भुइँ 
तिमी कल्पना गर्नसम्म सक्दैनौ
त्यो माटोको पीडा
तिमी तिम्रो आमाको
गर्भबाट निस्कदा 
तिम्रो आमाको पीडा जत्तिकै छ
यो माटोको पीडा
जति बेला
हाउगुजीका हातहरूले
सिमानाबाट चिहाउँदै
चिथोर्न थाल्छ
बाध्य छ रगतको 
अश्रुधारा बहाउन
यो माटोलाई
हेरेर सिंहासनको
फलामे गेट, अनि
आसिनहरूको लालुपाते 
ओठ्हरूमा लगाइएको ताला
गर्जन्छौ तबसम्म
जबसम्म तिमी
लम्पसार परेर फर्केका हँुदैनौ
हैन भने
किन चुप छौ ?
हाउगुजीका हातहरू
तिम्रै शीर छेदन गर्न 
अघि बढ्दै गर्दा
सक्छौ रोक 
सक्दैनौ सापट देऊ
भुइँफूलमा 
फुलेका फूलहरूलाई
रङ्गाउने छन्, बरु ओइलिएर
दिने छैनन् हाउगुजीका 
हातहरू छातीभित्र 
विषारोपण गर्न
तिमीलाई थाहा छ ?
कल्पना गर त..
कति खुशी हुनेछन् त्यो पल
जब निचोरिने छ
हाउगुजीका हातहरू
कति झुम्ने छ त्यो चोक
जहाँ हजारौँले 
यात्रा तय गरेका हुनेछन्
तिम्रो शीरमा विजयको 
टोपी पहिर्‍याउँदा
कति खुशी हुनेछ 
त्यो माटो ..
तिम्रो गलामा खुशीको
माला सजाउँदा ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal