२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
एकता समाजको नगर सम्मेलन जारी
रोहतक (हरियाणा–भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोहतक नगर समितिको चौधौँ सम्मेलन मे ५, २०१८ का दिन सम्पन्न भएको छ । सम्मेलनले रेशम विकको अध्यक्षतामा २५ सदस्यीय रोहतक नगर समिति निर्वाचित गरेको छ, जसको उपाध्यक्षमा उषा विक, सचिवमा बल बहादुर विक, सहसचिवमा बसन्त केसी र कोषाध्यक्षमा सोनिया बेल्बासे रहनु भएको छ । त्यस्तै सदस्यमा मोहन सिंह विक, गणेश शर्मा, गणेश विक, सुभाष गौतम, सन्तराम विक, धर्म सुनार, खेम बहादुर कुमाल र निम बहादुर विक रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा विक्की परियार, किसन नेपाली, मोहन नेपाली र टाम बहादुर परियार रहनु भएको छ । सम्मेलनले अजय सिंह, सीता परियार, विमला विक, ओमनाथ भट्टराई, गोर बहादुर विक, गोपाल बिसी, सुशीला गुरुङ र टेक बहादुर कुँवरलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी हुनु हुन्थ्यो । केन्द्रीय सचिव ठाकुर खनाल, सदस्य मतिराज गौतम, क्षेत्रीय अध्यक्ष लालचन्द पन्त, शालिक राम आचार्य, पूर्व क्षेत्रीय अध्यक्ष नारायण जिसी, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय कोषाध्यक्ष अजय रेश्मी, महिला क्षेत्रीय विभागकी हस्तोदेवी विक, जनजाति विभागका नर बहादुर रेश्मी, सांस्कृतिक विभागबाट विज य खनाल, अखिल नेपाल किसान सङ्घका डिलुराम भट्टराई, एस.यू.सी.आई. का प्रतिनिधि हरिश लगायत गुरुग्राम नगर समितिबाट समुन्द्र सिंह विक, नई दिल्ली नगर समितिबाट विष्णु खनाल, ओखला नगर समितिबाट हरि ज्ञवाली, भिवानी नगर समितिबाट मोहन सिंह विक लगायतले नयाँ समितिलाई बधाइ दिनु भएको थियो ।
सम्मेलनको अध्यक्षता मोहन सिंह विकले र सञ्चालन बल बहादुर विकले गर्नु भएको थियो भने सहभागीलाई रेशम विक र रक्तिमका कलाकारद्वारा स्वागत गरिएको थियो ।
अम्बाला (पंजाब–भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदूर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत अम्बाला नगर समितिको चौथो नगर सम्मेलन सम्पन्न भएको छ ।
धन बहादुर खड्काको अध्यक्षता तथा रेवती प्रसाद आचार्यको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन केन्द्रीय सदस्य दिनेश खड्काले गर्नु भएको थियो । उपस्थित जन समुदायलाई बाबुराम खनालले स्वागत गर्नु भएको थियो । सम्मेलनमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र क्षेत्रीय सदस्य प्रेम रसालीले शुभकामना दिनु भएको थियो ।
सम्मेलनले कमल सुवेदीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ, जसको उपाध्यक्षमा लक्ष्मण अर्याल, सचिवमा बाबुराम शर्मा, सहसचिवमा रेवती प्रसाद आचार्य र कोषाध्यक्षमा प्रेम रसाली रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा धन बहादुर खडका, विक्रम महरा, गोपाल नेपाली र विष्णु विसी रहनु भएको छ । वैकल्पिक सदस्यहरूमा गणेश भुसाल, दुर्गा प्रसाद पन्थ र नर बहादुर गुरुङ रहनु भएको छ । त्यस्तै सम्मेलनले देवीराम शर्मा, तारा बहादुर, विनोद नेपाली र थानेश्वर थापालाई सल्लाहकार चयन गरेको छ । निर्वाचित नगर समितिको घोषणा क्षेत्रीय कोषाध्यक्ष दिनेश खड्काद्वारा गरिएको थियो । 
सम्मेलनको घोषणा सभामा प्रमुख अतिथि केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल हुनु हुन्थ्यो । कार्यक्रममा केन्द्रीय सल्लाहकार तिलक पौडेल, जनजाति विभागका विल बहादुर गुरुङ, रक्तिम विभागका मनकाजी गुरुङ, महिला क्षेत्रीय विभागकी लक्ष्मी गुरुङ, भटिण्डा नगर समितिका जग प्रसाद खनाल, चन्डिगढ नगर समितिका प्रेम आचार्य, रोपड नगर समितिका भिम बहादु गुरुङ लगायतले नव निर्वाचित समितिलाई बधाइ दिनु भएको थियो । 
प्रेम रसालीको अध्यक्षतामा, बाबुराम शर्माको सञ्चानलबाट अगाडि बढेको घोषणा सभामा सहभागीलाई लक्ष्मण अर्याल र रक्तिमका कलाकारले स्वागत गर्नु भएको थियो । 
जामनगर (गुजरात–भारत) ।
मूल प्रवाह एकता समाज जामनगरको दोश्रो भेला मे ४, २०१८ का दिन केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतिथ्यता तथा क्षेत्रीय प्रतिनिधि मोहन बस्नेतको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । भेलाको सञ्चालन कमल सोनीले र अध्यक्षता जयश रसालीले गर्नु भएको थियो । कार्यक्रममा सहभागीलाई सुरेश सोनीले स्वागत गर्नु भएको थियो । 
भेलाले जयश रसाली अध्यक्षतामा नयाँ समिति चयन गरेको छ, जसको उपाध्यक्षमा भरत विश्वकर्मा, सचिवमा सुरेश सोनी, सहसचिवमा कविन्द्र सोनार र कोषाध्यक्षमा दिपेन्द थापा रहनु भएको छ । त्यस्तै सदस्यमा किसान सोनी र किसान नेपाली रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा दिपेश थापा र नविन परियार रहनु भएको छ । सम्मेलनले सल्लाहकारमा धमेन्द्र लामा, कमल सोनी र रन्जित रसालीलाई चयन गरेको छ ।
अन्जार (गुजरात–भारत) । 
कच्छभुज जिल्लास्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, अन्जार नगर समितिको दोश्रो भेला मे ३, २०१८ का दिन सम्पन्न भएको छ ।
विजय थापाको सञ्चालन, धमेन्द्र साउदको अध्यक्षता र अङ्कित कार्कीको स्वागत भाषणबाट अगाडि बढेको सो भेलालाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले सम्बोधन गर्नु भएको थियो ।
भेलाले धमेन्द्र साउदको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय थापा, सचिवमा प्रेम कार्की, सहसचिवमा अङ्कित कार्की र कोषाध्यक्षमा कृष्ण रिजाल रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा सन्देश कार्की, झलक कार्की, भुपेन्द्र शर्मा र खड्क जैसी रहनु भएको छ । समितिको वैकल्पिक सदस्यमा देवीराम जैशी र लालसिंह तथा सल्लाहकारमा केशर विसी र प्रसाद शाही रहनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal