२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
काठमाडौँ । छुवाछूत र भेदभाव विरुद्ध कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको एउटा अध्ययनले देखाएको छ । ऐनको कार्यान्वयन अवस्था पहिचान गर्न समता फाउन्डेसनले १० जिल्लालाई आधार बनाएर गरिएको अध्ययनमा ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको हो ।
यतिखेर देशमा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ जारी छ । अध्ययनका क्रममा जातीय भेदभाव तथा छुवाछूतको विद्यमान अवस्था, प्रकार, प्रवृत्ति, भेदभावको सर्वव्यापकता, कानुनी उपचार प्रक्रियाको ज्ञान लगायत विषयवस्तुलाई आधार बनाएर अध्ययन गरिएको समता फाउन्डेसनका कानुनी सल्लाहकार प्रकाश नेपालीले जानकारी दिए । इलाम, उदयपुर, सुनसरी, सप्तरी, बारा, मकवानपुर, बर्दिया, दैलेख, कैलाली र बैतडी जिल्लामा गरिएको अध्ययनमा छुवाछूत भेदभावलाई अपराधका रूपमा नलिई कारवाही गर्नुभन्दा मिलापत्र गरी ढाकछोप गर्ने गरिएको पाइएको उल्लेख छ । पहिलेको तुलनामा छुवाछूतको तरिका बदलिएको र प्रत्यक्षभन्दा अप्रत्यक्ष भेदभाव बढेको बताउँदै उनले गैर दलित र दलितबीच मात्र नभई दलित–दलितमा पनि यस्तो प्रवृत्ति देखिएको जानकारी दिए । ऐन जारी भएदेखि हालसम्म ३२ जिल्लाका प्रहरी कार्यालयमा यससम्बन्धी ६३ मुद्दा मात्र दर्ता भएको, ठहर भएको मुद्दा आशिङ्क समेत गरी २२ वटा, विचारधीन मुद्दा नौ वटा, २३ मुद्दालाई सफाइ दिइएको, चितवन र नुवाकोटमा दुई मुद्दा मिलापत्र गरिएको, एक जनालाई जिल्ला अदालतबाट र एक जनालाई पुनरावेदन अदालतबाट जेल सजाय भएको, एक मुद्दा खारेज भएको, रामेछाप जिल्ला अदालतामा गैर दलितबीच एक मुद्दा चलिरहेको अध्ययनले देखाएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal