२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
विराटनगर । आफैले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ । आचार्य सोमबार पक्राउ परेका थिए । तर के मुद्दा लगाउने भन्ने तय भएको थिएन । 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एस.पी. अरूण बी.सी. ले आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने बताएका छन् । नयाँ दिल्ली जाने तयारीमा रहेका आचार्य सोमबार काठमाडौँबाट पक्राउ परेका थिए । सुनसरी बराह नगरपालिका–६ चक्रघट्टीस्थित लक्ष्मी आश्रममा बस्दै आएका २४ वर्षीय आचार्यमाथि २५ चैत गते गोली प्रहार भएको थियो ।
हिन्दू राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता र धर्मगुरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला अज्ञात समूहले गोली हानेर आचार्यलाई घाइते बनाएको भनेर हल्ला फैलाइएको थियो । तर घटनास्थलमा भने ‘मङ्गोल नेसनल अर्गनाइजेसन आर्मी’ नामक भूमिगत समूहको पर्चा छरिएको थियो । प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर गल्तीले छातीमा लागेको हो । अभियुक्त माधव चौधरीले पूर्व योजना अनुसार आफूले पाँच मिटर टाढाबाट गोली प्रहार गरेको तर निशाना चुकेपछि दाहिने कुम छेउमा लाग्न गएको बताए । चितवनमा नै गोली प्रहार गर्ने प्रपञ्च रचिएको भए पनि हतियार व्यवस्थापन नहुँदा सफल नभएको पाइएको छ ।
आचार्यका गतिविधि यस अघि पनि शङ्कास्पद थियो । केही समय अघि सुनसरीमा भएको हिन्दूवादीको प्रदर्शनमा आचार्यकै अगुवाइमा भा.रु. बाँडिएको थियो । यस अघि उनले संविधान बनेको एक साताभित्र देशभरका चर्चहरूमा धावा बोल्ने धम्की दिएका थिए ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal