२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
काठमाडौँ । विश्व टे«ड युनियन महासङघ (डब्लू.एफ.टी.यू.), नेपाल कोअर्डिनेसनको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख र डब्लू.एफ.टी.यू. का अध्यक्ष एम. माइक म्याकाइवाको विशिष्ट आतिथ्यतामा २०७५ वैशाख २० गते राजधानीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव लोकराज भुसालको सञ्चालन तथा डब्लू.एफ.टी.यू. नेपाल कोअर्डिनेसनका अध्यक्ष प्रेमल खनालको अध्यक्षतामा कार्यक्रम अगाडि बढेको थियो । डब्लू.एफ.टी.यू. मा आबद्ध आठ वटै टे«ड युनियनका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्टुककातर्फबाट अध्यक्ष नारायण सापकोटाले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा साम्राज्यवाद र मजदुर आन्दोलनको शीर्षकमा अर्थविद डा. गोविन्द बहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी डब्लू.एफ.टी.यू. का अध्यक्षद्वारा पनि लिखित अवधारणा पत्र प्रस्तुत गरिएको थियो । त्यसको नेपाली अनुवाद लाल बहादुर पाख्रिनले गर्नु भएको थियो । कार्यक्रममा डब्लू.एफ.टी.यू. को कार्यपत्र मोहन मान स्वाँवरले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा १४ बुँदे काठमाडौँ घोषणा पत्र पनि जारी भएको थियो ।
सेमिनारमा डब्लू.एफ.टी.यू. को नेपाल कोअर्डिनेसन कमिटी घोषणा गरिएको थियो । आठ वटै टे«ड युनियनका अध्यक्ष र महासचिव रहने कार्यविधि अनुसार सो समितिको संयोजकमा प्रेमल खनाल र सहसंयोजकमा मोहन मान स्वाँर रहनु भएको छ । त्यसैगरी समितिको सदस्यहरूमा अन्टुकमातर्फबाट नारायण सापकोटा, लोकराज भुसाल तथा अन्य सदस्यहरूमा विश्वनाथ प्याकुरेल, दयाराम बस्याल, तिलक थापा मगर, मधु बिसी, रामेश्वर श्रेष्ठ, चिरागमान सिंह कुँवर, विष्णु प्रसाद लामिछाने, प्रेम प्रसाद खनाल, धन कुमारी मगर, कृष्ण बहादुर थापा, टिकाराज कार्की, भरत ढकाल र लाल बहादुर पाख्रिन रहनु भएको छ ।
डब्लू.एफ.टी.यू. मा पेशागत महासङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक), नेपाल प्रगतिशील टे«ड युनियन महासङ्घ, नेपाल समावेशी टे«ड युनियन महासङ्घ, नेपाल टे«ड युनियन फेडरेसन, राष्ट्रिय प्रजातान्त्रिक टे«ड युनियन महासङ्घ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक टे«ड युनियन महासङ्घ आबद्ध रहेका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal