२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
खलङ्गा । जापान नेपाली एकता समाजले प्यूठान सरुमारानी गाउँपालिका मोतिपुर खाडी ओढारका आगलागी पीडितहरूलाई नगद सहयोग प्रदान गरेको छ । जापान नेपाली एकता समाजले पठाएको उक्त सहयोग एक समारोहका बीच राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले पीडितजनहरूलाई हस्तान्तरण गर्नु भएको थियो । समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष कृष्ण खड्का, जिल्ला समन्वय समिति प्यूठानका संयोजक केशव आचार्य र प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरे लगायतको समेत उपस्थिति रहेको थियो । 
२०७५ वैशाख ५ गते रातिदेखि ६ गते विहानसम्म अचानक आगलागी हुँदा खाडी ओढारका ५ घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका थिए । आगलागीमा परी खतबहादुर थापाको निधन भएको थियो । १९ वटा बाख्रा र ३ गाई समेत आगलागीमा परि मेरका थिए । आगलागीमा परी लाखौँको धनमाल नष्ट भएको थियो । राजमोको पहलकदमीमा ६ वैशाखको दिउँस नै उक्त स्थानमा पुगी पीडितहरूलाई सो राहत सहयोग प्रदान गरिएको थियो ।
एक समारोहका बीच मृतकका परिवारजनलाई १५ हजार र घर गोठ नष्ट भएका परिवारलाई प्रति घर १० हजारका दरले नगद राहत प्रदान गरिएको थियो । समारोहमा मृतक खत बहादुर थापाका छोरा दिपक थापा र घर गोठ नष्ट भएका परिवारजनहरू कमल थापा, यम बहादुर थापा, निमबहादुर थापा, दान बहादुर मस्राङ्गी र दिपक थापालाई राजमो उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सो राहत रकम प्रदान गर्नुभएको थियो ।
स्मरण रहोस् जापान नेपाली एकता मसाजले यस अघि पनि नेपालका बाढी पीडित तथा भुकम्प पीडितहरू र मृगौला पीडित विभिन्न व्यक्तिहरूलाई यसैगरी सहयोग प्रदान गरेको थियो । नयाँ वर्ष तथा तीज र दशै जस्ता पर्वहरूमा साङ्गीतिक कार्यक्रमहरूको आयोजना गरी सङ्कलन गरेको सहयोग रकमलाई जापान नेपाली एकता समाजले यसरी नेपालका विभिन्न पीडितजनहरूलाई प्रदान गर्दै आइरहेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal