२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
ऐतिहासिक जितगढी किल्ला मणि मुकुन्द पार्क फूलवारीमा भारतीय सरकारको दबाबमा भू.पू. सैनिक पेन्सन क्याम्पको नाममा भारतीय सैनिक क्याम्प बनाउन नेपाल सरकारले जग्गा प्रदान गरेको विरोधमा यस क्षेत्रमा चरणबद्ध कार्यक्रमहरू सञ्चालन गरिदै आइएको छ । यसै क्रममा ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियानले बुटवलमा एक हप्तासम्म सडक नाटक “जितगढीको आह्वान” प्रदर्शन गरेको छ । जितगढी किल्लाको इतिहासलाई समेटेर तयार पारिएको उक्त सडक नाटकले बुटवल क्षेत्रका दर्शकमा गहिरो प्रभाव पारेको छ ।
जितगढी किल्लाको वास्तिवक पहिचानलाई झल्काउने गरी रक्तिम परिवारका कलाकारहरूले सडक नाटक तयार गरेका हुन् । बुटवलका विभिन्न ठाउँमा सडक नाटक प्रस्तुत गरेर सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । संसारमा कहीँ कतै नहारेको बृटिस सेनालाई परास्त गरेर नेपाली भूमि बचाउन सफल भएको नेपाली सेनाको वीरताको लडाइँलाई नाटकमा कलाकारहरूले कुशलतापूर्वक उतारेका छन् ।
अङ्ग्रेज साम्राज्यवाद विरुद्धको लडाइँमा नेपालीहरूले विजय प्राप्त गरेको ऐतिहासिक स्थान जितगढी किल्लाको गौरवपूर्ण वीरगाथा र पछिल्लो पटक सरकारले गरेको राष्ट्रघाती सम्झौता विरुद्ध जनताको भावनालाई समेटेर तयार गरिएको सडक नाटक “जितगढीको आह्वान” बुटवलका चोकचोकमा प्रदर्शन गरिएपछि बुटवलवासी जितगढीलाई बचाउन अब उत्साहित भएर लाग्ने देखिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुन १७ गते जितगढी किल्लालाई स्थायी पेन्सन क्याम्पको नाममा त्यहाँको सम्पूर्ण स्वामित्व भारत सरकारलाई दिने निर्णयगरेको थियो । जसको नाटकमा सशक्त विरोध गरिएको छ ।
१८७१ मा बृटिस सेनालाई अन्तिमसम्म लडेर नेपाली सेनाले जितगढी किल्लालाई कसरी बचाउन सफल भएको थियो भन्ने भाव नाटकले झल्काएको छ । कर्नेल उजिर सिंहको नेतृत्वमा वीरतापूर्वक लडाइँ लडेर बचाएको भूमिलाई सुरक्षित गरेर संसारलाई चिनाउनु पर्ने नाटकको भाव रहेको छ ।
भारतले भूतपूर्व सैनिकहरूका लागि पेन्सन क्याम्प बनाउने नाममा वीरताको गाथा बोकेको भूमिलाई कब्जा गर्ने षडयन्त्रका विरुद्व एकताबद्व हुन सडक नाटकले आह्वान गरेको छ । अङ्ग्रेज सेनालाई परास्त गर्दाको क्षण र विजय मनाएको अवस्थालाई कल्पना गरेर नाटक तयार गरिएको छ ।
संसारलाई चिनाउने र संसारका अगाडि हामी नेपाली हौँ भन्न सिकाउने जितगढी किल्लाको क्षेत्रमा भारतले आँखा लगाएका कारण त्यसका विरुद्व नाटक बनाइएको कलाकार तथा रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगीले बताउनु भएको छ । सडक नाटक कुनैप्रति पूर्वाग्रही नभएको र आफ्नो देशको अखण्डता, एकताका लागि आफ्नो भूमिप्रति नेपाली जनतालाई सचेत गराइएको योगीले बताउनु भयो ।
रक्तिम सांस्कृतिक परिवारका कलाकार तथा साहित्यकार नारायण योगी र ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियानका संयोजक सन्त बहादुर नेपालीको परिकल्पनामा सडक नाटक तयार गरिएको हो, जसको निर्देशन प्रणव आकाश (चौधरी) ले गर्नु भएको थियो ।
सडक नाटकमा कलाकारहरू नारायण शर्मा, दल बहादुर विक, डम्बर भण्डारी, दिलिप रसाइली, शिव रोका, लक्ष्मी गुरुङ, लक्ष्मी पौडेल, कमला केसी, ज्योति फौजा, सृष्टि बस्याल, सुमन भण्डारी, रमेश केसी, सरोजमान सिंह, सीता केसी, मिरा भुजेल, मुना रोका, मिलन परियार, अमर थापा र पुष्पा पौडेल लगायतका कलाकारहरूले अभिनय गरेका छन् । नाटक वैशाख १८देखि २३ गतेसम्म बुटवलका चादमारी, देविनगर, ट्राफिकचोक, पुष्पलाल पार्क, गोलपार्क, राजमार्ग चौराहा, जेसिसचोक, वी.पी. चोक, पुरानो बसपार्क, दिपनगर, जितगढी र बेलबास चोक लगायतका विभिन्न १३ स्थानमा प्रदर्शन गरिएको थियो । २३ वैशाखको दिन चाँदमारीमै एक समारोह गरी बुटवलमा सञ्चालित सडक नाटकको समापन गरिएको थियो । समारोहमा बोल्दै आयोजकहरूले रक्तिम कलाकारहरूले नाटकमा निभाएको भूमिकाको खुलेर प्रशंसा गरेका थिए । कलाकारहरूले पनि ऐतिहासिक महत्वको विषयमा यसरी नाटक गर्न पाउनु आफूहरूलाई खुशीको विषय भएको प्रतिक्रिया दिएका थिए । अभियानका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षता र सचिवालय सदस्य विनोद खनालको सञ्चालनमा अघि बढेको सो समारोहमा पदम कार्की, नारायण योगी, नारायण शर्मा, ज्योति फौजा लगायतले बोल्नु भएको थियो । 
नेपाली भूमि जोगाउन पानीका भरमा लडेका हाम्रा वीर पुर्खाहरूको बहादुरीलाई झल्कने गरी सडक नाटक तयार गरिएको छ । अङ्गे्रज सेनालाई हराउन प्रयोग गरिएको भूमिलाई भारतले आँखा लगाएपछि बीर पुर्खाहरूको याद आउने गरी सडक नाटक तयार गरिएको हो ।
ऐतिहासिक जितगढी किल्ला बचाउने दायित्व सबैको हो । त्यही दायित्वलाई बोध गरेर बुटवलमा रक्तिम परिवारका कलाकारहरूले सडक नाटक प्रदर्शन गरेका हुन् । नाटकमा सबै कलाकारहरूको भूमिका सशक्त देखिन्थ्यो । रूपन्देहीमा क्रियाशील राजनीतिक दल, विभिन्न सङ्घ÷संस्था, नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, लेखक, बुद्विजीवी, पर्यटन व्यवसायीहरूको सहभागितामा ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान नामक संस्थाको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो । जितगढी किल्लाको क्षेत्रमा भारतीय पक्षले यो वा त्यो प्रकारले हडप्न खोजेको भन्दै आम सर्वसाधारणलाई सचेत बनाउने लक्ष्य सहित अहिले बुटवलबाट सडक नाटक देखाइएको बताइएको छ । बुटवलबाट सुरु भएको सडक नाटक अहिले बुटवलमा समापन गरिए पनि अब छिट्टै देशभर र विदेशमा पनि प्रर्दशन गरिने आयोजकहरूले बताएका छन् । सुमन अधिकारी÷बुटवल 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal