२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
मसालको ध्यान आकर्षित
काठमाडौँ । नेकपा (मसाल)ले मूल बाटो डटकम अनलाइनमा प्रकाशित रामसिंह श्रीसको लेख प्रति आफ्नो ध्यान आकर्षित भएको जनाएको छ ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले २०७५ वैशाख १९ गते एक प्रेस वक्तव्य जारी गर्दै यस सम्बन्धमा भन्नुभएको छ– “का. रामसिंह श्रीसको मूलबाटो डट कम अनलाइन पत्रिकामा प्रकाशित एउटा लेखप्रति नेकपा (मसाल) को ध्यान आकर्षित भएको छ ।
 अन्य सबै कुराहरूमा जस्तै संयुक्त मोर्चा कार्यगत एकताका पनि आफ्ना नियमहरू हुन्छन् । हाम्रो पार्टीको नेकपा (क्रान्तिकारी माओवादी) समेतसित भएको कार्यगत एकताको सिलसिलामा संयुक्त कार्यक्रमहरूमा सहमति भएका विषयहरू मात्र प्रस्तुत गर्ने र मतभेद भएका विषयहरू आफ्ना आफ्ना बेग्लाबेग्लै कार्यक्रमहरूद्वारा मात्र लैजाने सहमति भएको थियो । तर यही वैशाख ४ गते भएको राष्ट्रियतासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा निर्धारित भएको विषय बाहेक नेकपा (क्रान्तिकारी माओवादी) बाट पार्टीका आफ्ना अन्य नीति, मतभेद वा आलोचनाहरूलाई पनि प्रस्तुत गर्ने काम गरियो, जो हाम्रो चार पार्टीद्वारा स्वीकृत आचार संहिता विरुद्धको कुरा थियो । अन्य पक्षहरूको त्यस प्रकारको कार्यपद्धतिप्रति गम्भीर आपत्ति प्रकट गर्दै हाम्रो पार्टीले उनीहरूसितको कार्यगत एकतालाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । तर त्यसो गर्दा हामीले उनीहरूसितको कार्यगत एकताका लागि ढोकाबन्द गर्ने नीति अपनाएका छैनौँ । उनीहरूले आफ्नो त्यस प्रकारको व्यवहारमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरूसित वार्ता वा कार्यगत एकता हुन सक्ने कुरा स्पष्ट गरेका छौँ ।
 का. श्रीसले आफ्नो लेखमा उहाँहरूद्वारा आचार संहिताको उलङ्घन भएको कुरा स्वयम् स्वीकार गर्नु भएको छ । उहाँले लेख्नु भएको छ– “...सहमति र आचार संहिताको अतिक्रमण गरेकै भए पनि...” त्यसरी सहमति र आचार संहिताको ‘अतिक्रमण’ भएको कुरालाई उहाँले अस्वीकार गर्नु हुन्न । हामीले वार्ता वा कार्यगत एकताका लागि ढोकाबन्द नगरेको कुरा हाम्रो पार्टीको वक्तव्यको उहाँले आफ्नो लेखमा उदधृत गरेको यो अंशबाट पनि प्रष्ट हुन्छ– ‘...पछि उनीहरूले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरूसित भेटघाट, पुनः नयाँ प्रकारले वार्ता गर्ने वा संयुक्त आन्दोलन सञ्चालन गर्नेबारे विचार गर्न सकिने छ ।” यस सन्दर्भमा महत्वपूर्ण प्रश्न यो हो– उहाँहरूले पारस्परिक सहमति र आचार संहितालाई अतिक्रमण गर्ने कार्यमा सुधार गर्नु हुन्छ वा त्यसलाई सही नै मान्नु हुन्छ ? उहाँहरूले त्यस प्रकारको पद्धतिलाई कायम राखेमा संयुक्त वार्ता, कार्यगत एकता वा संयुक्त आन्दोलनलाई अगाडि बढाउन मुश्किल पर्ने छ । यो दुःखको कुरा हो कि उहाँहरूले त्यो कुरा स्पष्ट गर्नुको सट्टा का. श्रीसले निम्न स्तरका टिकाटिप्पणीहरू गरेर विषयलाई गलत प्रकारले प्रस्तुत गर्ने कार्य गर्नु भएको छ । त्यसका लागि हामीलाई दुःख छ । त्यसको जबाफमा हामीले पुनः त्यही प्रकारका टिकाटिप्पणीहरू गर्नपट्टि लाग्दैनौँ । हाम्रो जोड खालि यो कुरामा छ कि उहाँहरूले पहिले अपनाएको कार्यपद्धतिमा सुधार गरेर पारस्परिक सहमतिको आधारमा कार्यगत एकता र संयुक्त आन्दोलनका लागि मार्गप्रशस्त गर्नु हुने छ । उहाँहरूले आफ्नो पहिले अपनाएको गलत पद्धतिका कारणले उहाँहरूसितको संयुक्त आन्दोलनलाई तत्कालको लागि स्थगित गरेको भए पनि अनौपचारिक रूपमा भेटघाट वा वार्ता गरेर संयुक्त आन्दोलनका लागि समझदारी बनाउने हाम्रो प्रयत्न भइरहने छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal