२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
काठमाडौँ । अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) को दोस्रो राष्ट्रिय परिषद वैठक सम्पन्न भएको छ । अन्टुकका अध्यक्ष नारायण सापकोटाले २०७५ वैशाख २१ गते जारी गर्नु भएको प्रेस विज्ञप्तीका अनुसार राष्ट्रिय परिषद वैठक वैशाख १७ र १८ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको हो । विज्ञप्तीमा अन्टुक केन्द्रीय समितिको चौधौँ वैठक पनि सम्पन्न भएको जानकारी गराइएको छ ।
राष्ट्रिय परिषद र केन्द्रीय समितिको वैठकबारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ–
“१. परिषद बैठकको उदघाटन कार्यक्रम अध्यक्ष नारायण सापकोटाको अध्यक्षता एवं महासचिव लोकराज भुसालको सञ्चालनमा सम्पन्न भयो । सहिदहरूप्रति मौनधारण तथा अतिथिहरूको आसन ग्रहण पश्चात् प्रमुख अतिथि महासङ्घका संस्थापक एवं सल्लाहकार एवं अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव राज रेग्मीले फूलको गमलामा पानी सिन्चिएर परिषद् बैठकको उद्घाटन गर्नु भयो । बैठक सफलताको शुभकामना दिने अतिथिहरूमा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य कमल थापा, अखिल (छैटौँ) का केन्द्रीय सदस्य सुरेश आचार्य, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव लक्ष्मी न्यौपाने, कम्युनिस्ट सङ्ग्राहलयका सचिव राजेश विक, अखिल नेपाल बुद्घिजीवी सङ्घका सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुन्डीराज पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका उपाध्यक्ष हनुमान चौधरी, तराई–मधेस जनबादी मोर्चाका उपाध्यक्ष इन्दल केवट, रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगी, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष बद्रे आलम र प्रमुख अतिथि भैरव राज रेग्मी हुनु हुन्थ्यो । अतिथी तथा सहभागीहरूलाई महासङ्घका उपाध्यक्ष शालिक राम सापकोटाले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथी रेग्मीले साम्राज्यवादी, नव औपनिवेशिक शोषणका विरुद्ध सङ्घर्ष गरेर मात्र मजदुर वर्गको वास्तविक मुक्ति हुने हुनाले मजदुर आन्दोलनलाई आमूल परिवर्तनको आन्दोलनसँग एकाकार गर्नु पर्ने बताउनु भयो ।
२.धनपति सापकोटा, केयर सिंह अदै, इन्द्र ढुङ्गाना रहनु भएको तीन सदस्यीय अध्यक्ष मण्डल गठन भएपछि बन्दशत्रको कार्यक्रम सुरु भयो । बन्दशत्रमा अध्यक्ष नारायण सापकोटाले राजनैतिक एवं साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्ष पुरुषोत्तम कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएपछि दुवै प्रतिवेदनउपर हाउसमा छलफल भयो । हाउसबाट प्राप्त कतिपय सुझावहरूलाई सामेल गर्ने गरी सर्वसम्मतिबाट दुवै प्रस्तावहरू पारित भए ।
महासचिव लोकराज भुसालले विशेष प्रस्तावहरू प्रस्तुत गर्नु भयो, जसमा श्रमिकको न्यूनतम ज्याला वृद्धि गर्नु पर्ने, नो वर्क नो पे तथा हायर एन्ड फायरको मजदुर विरोधी नीति खारेज गर्नु पर्ने, श्रमिक एवं न्यून आय भएका जनतालाई सहुलियत कार्डको व्यवस्था गर्नु पर्ने, सिरिया, प्यालेस्टाइन, अफगानिस्तान लगायतका देशमाथि भइरहेको साम्राज्यवादी आक्रमणको भत्सर्ना गर्दै उक्त हस्तक्षेप तत्काल रोक्नु पर्ने, नेपालमाथि भइरहेको विस्तारवादी, साम्राज्यवादी हस्तक्षेपको अन्त्य हुनु पर्ने, सन १९५० लगायतका असमान सन्धि–सम्झौता खारेज गर्नु पर्ने, प्रवासी श्रमिकको मताधिकार तथा प्रतिनिधित्वको व्यवस्था गर्नु पर्ने लगायतका २५ बँुदे विशेष प्रस्ताब पारित गरियो ।
३. परिषद स्थायी सदस्यहरूको पदरिक्तता र पदपूर्तिसम्बन्धी अध्यक्षको प्रस्ताव प्रस्तुत भई सर्वसम्मतिबाट पारित भयो । परिषदका नयाँ सदस्यहरूमा ऋषिराम कँडेल (नवलपुर), कविराज गिरी (रूपन्देही) इन्द्र ढुङ्गाना (काठमाडौँ), तुल्सी गैरे (अर्घाखाँची), योगेश राना (प्युठान) रहनु भएको थियो ।
४. परिषद बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठन विस्तार, मजदुर ध्वनि प्रकाशन, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि लगायतका मागहरू राखी सरकारलाई ज्ञापन पत्र, औद्योगिक क्षेत्रमा सङ्गठन विस्तार, प्रदेश स्तरका भेला तथा प्रशिक्षण, पेशागत युनियनका राष्ट्रिय भेला, महासङ्घका जिल्ला सम्मेलनहरू लगायतका कार्यहरू गर्दै आगामी २०७६ जेष्ठसम्म पाँचौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने गरी एक वर्षे ठोस कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
प्रमुख अतिथि भैरव राज रेग्मीले महासङ्घले आगामी दिनमा गर्नु पर्ने कार्यभारहरूबारे सङ्क्षिप्त मन्तव्य राखेपछि अध्यक्ष मण्डलका अध्यक्ष धनपति सापकोटाले बन्दशत्रको समापन गर्नु भयो ।
५. परिषद बैठकको सन्दर्भमा श्रम ऐन, सामाजिक सुरक्ष ऐन, मजदुर सङ्गठन र आन्दोलन, सङ्गठनात्मक प्रणाली, समसामयिक राजनीति, विश्व दृष्टिकोण लगायतका विषयमा प्रशिक्षण भयो ।”
त्यसैगरी, विज्ञप्तीमा विभिन्न कारण देखाई राजीनामा दिनु भएका केन्द्रीय सचिव मुकुन्द रोक्काको स्थानमा केन्द्रीय सदस्य सुरेश कुमार श्रेष्ठलाई, उपाध्यक्षमा केन्द्रीय सदस्य गोबिन्द बिसीलाई र रिक्त केन्द्रीय सदस्यमा नम बहादुर बाठा मगर (कास्की), कमल सिंह साहु (कञ्चनपुर) र मदन जिसी (प्युठान)लाई पदपूर्ति गरिएको जानकारी गराइएको छ । एवं प्रकारले नारायण सापकोटा, शालिकराम सापकोटा, टिकाराम पौडेल, गोबिन्द बिसी, लोकराज भुसाल, सुरेश कुमार श्रेष्ठ र पुरुषोत्तम कार्की सहितको सचिवालय र अध्यक्ष नारायण सापकोटा, महासचिव लोकराज भुसाल र कोषाध्यक्ष पुरुषोत्तम कार्की सहितको केन्द्रीय कार्यालय गठन गरिएको पनि बताइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal