२०७५ असार २७ गते, बुधबार   वर्ष ३५, अंक २९
मिति(२०७५ आषाढ ३२, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
काठमाडौँ । नेकपा (मसाल) काम महामन्त्री मोहन विक्रम सिंहले माक्र्सवादका आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने बताउनु भएको छ । “माक्र्सवादका आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउँदा कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारको भड्कावको स्थिति उत्पन्न भएको छ” महामन्त्री सिंहले भन्नु भयो ।
कार्ल माक्र्स द्विशतवार्षिकी कार्यक्रमको समापन समारोहको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो । नेपालको संविधानमा समेत समाजवाद उन्मुख समाजको दिशामा अगाडि बढ्नु पर्ने उल्लेख गरिनु नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताउँदै उहाँले नेपालको वाम आन्दोलनमा गम्भीर प्रकारको सैद्धान्तिक, वैचारिक, राजनीतिक अन्तर्विरोधहरू भए पनि त्यस प्रकारका अन्तर्विरोधहरूको समाधानको दिशामा अझ फराकिलो प्रकारले कार्यगत एकताको दिशा निर्धारण गर्दै आवश्यकता अनुसार सहयात्राको दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
वैशाख २१ र २२ गते गरी दुई दिन काठमाडौँमा चलेको सो गोष्ठीको उदघाटन शत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) का नेताहरू माधव नेपाल, झलनाथ खनाल, वरिष्ठ वाम नेता विष्णु बहादुर मानन्धर, गणेश शाह लगायतले सम्बोधन गर्नु भएको थियो । डा. विजय पौडेलको सञ्चालन, सत्य पहाडीको स्वागत भाषण तथा समितिका संयोजक घनश्याम भुसालको अध्यक्षतामा सो कार्यक्रम अगाडि बढेको थियो ।
दोश्रो सत्रको वैचारिक सत्रमा प्रा. चैतन्य मिश्र, प्रा. पिताम्बर शर्मा, प्रदिप गिरी, रामचन्द्र शाह, प्रा. विरोअन फोर्डेले धारणा राख्नु भएको थियो । सो शत्रमा सचिवालय सदस्य समिर सिह, वेदुराम भुसाल, हरि रोका, योगेश भट्टराई, सुनिल मानन्धरले क्रमैसँग अध्यक्षता गर्नु भएको थियो । 
२०७२ मङ्सिर ६ गतेका दिन गठन भएको कार्ल माक्र्स द्विशतवार्षिकी मूल समारोह मूल समारोह समितिको सल्लाहकारमा मोहन विक्रम सिंह, चित्र बहादुर केसी, के.पी. ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, विष्णु बहादुर मानन्धर, अमिक शेरचन, नारायण काजी श्रेष्ठ, गणेश शाह र प्रदिप गिरी हुनु हन्छ । समितिको संयोजकमा घनश्याम भुसाल, सहसंयोजकमा राम कार्की तथा सचिवालय सदस्यहरूमा समिर सिंह, वर्षमान पुन, शक्ति बस्नेत, वेदुराम भुसाल, सुनिल मानन्धर, सत्या पहाडी लगायत हुनु हुन्छ भने सदस्यहरूमा राम प्रकाश पुरी, हिमलाल पुरी, निम बहादुर बुढाथोकी, नारायण सापकोटा, लाल बहादुर थापा लयायत हुनु हुन्छ । समितिले दश हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यका साथ ५ मे १९१९ सम्मको एक वर्र्षे कार्ययोजना समेत घोषणा गरेको छ । त्यसका लागि सात वटै प्रदेशमा प्रादेशिक संरचना निर्माण गरिएको सचिवालय सदस्य समिर सिंहले बताउनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal