२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
पोखरा । नेकपा (मसाल) को सहायक सङ्गठनका रूपमा परिचित अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको सो सङ्गठनले जनाएको छ । “सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ” अखिल नेपाल युवक सङ्घका महासचिव अनिल किशोर घिमिरेले भन्नु भयो– “सातौँ राष्ट्रिय सम्मेलन भव्य र सभ्य तरिकाबाट सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ । सबै जिल्लाहरूबाट आउने प्रतिनिधि, पर्यवेक्षक र दर्शकहरू करिब करिब टुङ्गो लागिसकेको छ । सातौँ राष्ट्रिय सम्मेलन ऐतिहासिक रूपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौँ ।”
अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन २०७५ वैशाख २८देखि ३०सम्म कास्कीको पोखरामा सम्पन्न हुन गइरहेको छ । “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन ः युवा अधिकार र जनतन्त्रको पक्ष्ँमा सातौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको २८ वैशाखका दिन पोखरा सभागृहमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महासचिव घिमिरेका अनुसार सम्मेलनको उद्घाटन समारोहलाई नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, मसाल आबद्ध विभिन्न जनवर्गीय सङ्गठनका अध्यक्षहरू, युवा सङ्घ नेपाल, वाइसिएल नेपाल, तरुण दल, क्रान्तिकारी युवा सङ्घ नेपाल, र योङ रेड फोर्स नेपाल लगायतका सङ्गठनहरूका प्रतिनिधिहरूले समेत सम्बोधन गर्नु हुनेछ । उद्घाटन समारोह सुरु हुनुपूर्व २८ वैशाखका दिन मध्याह्न १२ बजे पोखरा चिप्लेढुङ्गाको मानव अधिकारवादी चोकबाट विशाल जुलुश सुरु हुनेछ । देशका विभिन्न जिल्लाहरूबाट आएका प्रतिनिधि, पर्यवेक्षक र दर्शक गरी जुलुसमा हजारौँको सहभागिता रहने छ । डे«स सहितको युवा मार्च, रक्तिम कलाकारहरूको गीत, नृत्य, नौमति बाजा, विभिन्न संस्कृति झल्काउने झाँकी र झण्डा व्यानर र प्लेकार्ड सहित विभिन्न नाराहरू लगाउँदै जुलुश अगाडि बढ्ने छ । जुलुशको अग्रभागमा मूल ब्यानर र त्यससँगै प्रमुख अतिथि, अतिथि र युवक सङ्घिका केन्द्रीय नेतृत्वहरू रहनु हुनेछ । जुलुश महेन्द्र पुल, नयाँ बजार, पृथ्वीचोक हुँदै पोखरा सभागृहमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
सातौँ राष्ट्रिय सम्मेलनको मिति नजिकिदै गर्दा युवक सङ्घले प्रचार प्रसारको कार्यलाई पनि तीव्र गतिमा अगाडि बढाई रहेको छ । राष्ट्रिय सम्मेलनको प्रचार प्रसार गर्दै युवक सङ्घले २५ वैशाखदेखि पोखरामा सडक सांस्कृतिक अभियान सुरु गरेको छ । रक्तिम कास्कीका कलाकारहरूले उक्त अभियानमा सघाई रहेका छन् । २७ वैशाखको साँझसम्म यो सडक सांस्कृतिक अभियानलाई निरन्तरता दिइने जानकारी पनि महासचिव घिमिरेले दिनु भयो । 
तीन दिनसम्म चल्ने युवक सङ्घको यो सातौँ राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति निर्वाचित गर्दै राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन, घोषणा पत्र तथा विधान, विशेष प्रस्ताव र आगामी कार्यक्रम पारित गर्नेछ । सम्मेलनको बन्दशत्र पोखराको रामघाटमा अवस्थित तमु प्लेयेल्हुमा २९ वैशाखमा सुरु हुनेछ भने ३० वैशाखमा समापन समारोह हुनेछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal