२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
स्टिफन हाकिन्स र गड पार्टिकल
समिर सिंह
“पृथ्वी अन्तिम चरणमा प्रवेश गरेको छ, अतः मानिसलाई बस्नयोग्य अन्य ग्रह खोज्नु पर्ने’ धारणा राख्दथे वैज्ञानिक स्टिफन हाकिन्स । ८ जनवरी १९४२ का दिन अक्सफोर्ड, इङ्ग्ल्यान्डमा जन्मिएका यी वैज्ञानिकको अन्ततः १४ मार्च २०१८ का दिन देहान्त भएको छ । उनको भौतिक शरीरको अन्तसँगै विश्वले एउटा महङ्खवपूर्ण व्यक्तिङ्खव गुमाएको छ । 
राजनैतिक स्वार्थका कारणले मानिसले थुप्रै आणविक हतियारहरु निर्माण गर्दै गइरहेका छन् । द्वन्द्व चर्किदै जाँदा कुनै पनि समयमा यस प्रकारका हतियारहरु पड्किन पनि सक्ने भयो । कार्बन उत्सर्गनको मात्रा बढ्दै गइरहेको छ । सूर्यको किरणलाई नियन्त्रण गर्ने ओजोन लेयर पातलो हुँदै गइरहेको छ । यस्ता थुप्रै कारणहरु छन्, जसका कारण पृथ्वीको आयु लगभग एक हजार वर्षभन्दा बढी नभएको वैज्ञानिक हाकिन्सको तर्क थियो । 
पृथ्वीमा आउन सक्ने यस प्रकारको सङ्कटग्रस्त अवस्थाप्रति यी वैज्ञानिक चिन्तित थिए र यो सङ्कट समाधान गर्न एकजना रुसी अरबपति युरी मिलनरसित मिलेर ब्रेक थ्रू स्टार सर्ट नामक एउटा प्रोगाम चलाइरहेका थिए । यो प्रोगाम अन्तर्गत उनले स–साना स्पेस क्राफ्ट (नानो क्राफ्ट) हरु निर्माण गरिरहेका थिए । यी नानो क्राफ्टहरु प्रकाश गतिभन्दा २० गुणा बढीको गतिमा चल्ने क्षमता राख्दछन् । यी क्राफ्टहरु अल्फा सेन्चुरी (पृथ्वीबाट सबैभन्दा नजिकको तारा) सम्म पुग्न २० वर्षको समय लाग्नेछ । त्यहाँ पुगिसकेपछि ती क्राफ्टहरुले विभिन्न ग्रहहरुका बारेमा डाटाहरु पठाउने छन् । त्यस आधारमा अन्य ग्रहहरुमा मानव बस्तीको सम्भावनाहरुबारे जानकारी हुनेछ । स्टिफन हाकिन्सको तर्क थियो– लगभग ६०० वर्षको अवधिमा यो कार्य पुरा हुनेछ । 
वैज्ञानिक पिटर हिग्सले १९६० मा आफ्नो हिग्स सिद्धान्त अनुसार हिग्स बोसान नामक तङ्खवका बारेमा चर्चा गरेका थिए, जसलाई पछि लिओन लेडरमेनले यसका बारेमा पुस्तक लेख्दै गड पार्टिकलको नाम दिए । नामकै कारण यो तङ्खव निकै चर्चामा आएको थियो । कतिपय पक्षद्वारा के तर्क पनि गर्न थालीयो भने यो तङ्खवको सम्पर्क भगवानसित हुन्छ । तर वैज्ञानिकहरुले त्यो तर्कलाई अस्वीकार गरे ।
१९८८ मा प्रकाशित भएको अ ब्रिफ हिस्ट्री अफ टाइम नामक पुस्तकमा स्टिफन हाकिन्सले कुनै पनि भौतिक निर्माणमा भगवानको आवश्यकता नै नहुने बताए । प्रारम्भिक दिनहरुमा उनी भगवानप्रति अस्पष्ट भए पनि पछिका दिनहरुमा उनको स्पष्ट मत थियो कि भगवानको अस्तिङ्खव नै हुँदैन । जस्तो कि उनले एउटा अन्तरवार्तामा भनेका थिए– ‘मानिसहरु आफ्नो अस्तिङ्खवका कारण भगवानलाई मान्दछन् र त्यसैमा भ्रमित हुने गर्दछन् । वास्तवमा जीवन तथा त्यसको अस्तिङ्खवका लागि भौतिक नियमहरुप्रति आभार प्रकट गर्नु पर्दछ र यस प्रकारको नियमहरुबाट नै समग्र भौतिक संरचनाको निर्माण भएको हो ।’ 
ब्रह्माण्डमा विभिन्न क्षेत्रहरु हुन्छन् । जस्तै– चुम्बकीय क्षेत्र, विद्युतीय क्षेत्र, गुरुङ्खवाकर्षण क्षेत्र आदि । वैज्ञानिक पिटर हिग्सले हिग्स क्षेत्र पनि हुने बताए । अन्य क्षेत्रहरुको ब्रह्माण्डको सबै स्थानमा समान प्रभाव हुँदैन । तर  हिग्स फिल्डको सबै स्थानमा समान प्रभाव हुने गर्दछ । 
हाइडोजन तङ्खवको केन्द्रमा न्युटोन र प्रोटान तथा बाहिरी कक्षमा इलेक्ट्रान हुने गर्दछ । यही प्रोटानलाई सबैभन्दा सानो कण मानिन्थ्यो । प्रोटानभित्र दुईवटा अप क्वार्क तथा एउटा डाउन क्वार्क हुने गर्दछ । त्यहाँभित्रको बलियो शक्तिद्वारा ती क्वार्कहरु एक–अर्कामा जोडिएका हुन्छन् । प्रोटानमा रहेका क्वार्कहरुबीचको खाली ठाउँलाई नै हिग्स फिल्ड भनिन्छ । त्यस्तै, इलेक्ट्रान र प्रोटानबीचको खाली ठाउँमा पनि हिग्स फिल्ड हुने बताइन्छ र त्यही फिल्डभित्र हिग्स बोसान अर्थात् गड पार्टिकल रहेको हुन्छ । यो एकदमै छोटो अवधिको लागि मात्र अस्तिङ्खवमा आउछ । वैज्ञानिकहरुले यही कणलाई नै अहिलेसम्मको सबैभन्दा सानो कण मानेका छन् । हिग्स फिल्डको महङ्खवपूर्ण भूमिका के हुन्छ भने यसले भाररहित चीजहरुलाई भार प्रदान गर्ने गर्दछ । हिग्स फिल्डकै कारण ब्रह्माण्डका विभिन्न पिण्डहरुले भार प्राप्त गर्ने गर्दछन् । 
बिग बेङ सिद्धान्तका अनुसार पनि आजभन्दा १३.७ विलियन वर्ष पहिले ब्रह्मण्डमा ठुलो विष्फोट भयो, जसका कारण ठुलो उर्जा उत्पन्न भयो । त्यो उर्जा उत्पन्न भएको १ सेकेन्डको एउटा सानो हिस्साको अवधिमा त्यसका विकिरण उर्जाको केही हिस्सा हिग्स क्षेत्रमा जम्मा हुन थाले र एकदमै छोटो अवधिका लागि मात्र हिग्स बोसानको निर्माण भयो । जब हिग्स बोसानले भार प्राप्त ग¥यो, विभिन्न प्रकारका भौतिक वस्तुहरुको निर्माण हुँदै गयो । जति जती ब्रह्माण्ड चिसो हुँदै गयो, त्यही रुपमा असङ्ख्य कणहरुले हिग्स फिल्डबाट भार प्राप्त गर्दै गए र एउटा लामो कालखण्डपछि पृथ्वीको समेत निर्माण भयो । 
यसरी ब्रह्माण्डको उत्पत्ति बिग बेङको घटना पश्चात् नै भयो र त्यसको कहिले पनि अस्तिङ्खव समाप्त नहुने वैज्ञानिकहरुको तर्क छ । त्यसो भए त्यो घटनाभन्दा पहिले के थियो त ? यो प्रश्नको सन्दर्भमा स्टिफेन हाकिन्स भन्छन्– ‘जसरी दक्षिणी ध्रुव पुगेपछि त्यो ध्रुव नै हराउँछ, त्यसरी नै बिग बेङको घटनाभन्दा पहिले केही पनि थिएन । बिग बेङ नै ब्रह्माण्डको सुरुवात हो ।’ यसरी स्पष्ट छ– यदि गड पार्टिकल नभएको भए कुनै पनि कणमा द्रव्य भार नै हुने थिएन । गुरुत्वाकर्षण बल पनि हुने थिएन । मानव, ब्रह्माण्ड तथा ग्यालेक्सी, केही पनि अस्तिङ्खवमा आउने थिएनन् । 
पिटर हिग्सले हिग्स तङ्खवको परिकल्पना गरे तर त्यसलाई प्रमाणित गर्न वैज्ञानिकहरुले यो तङ्खवका बारेमा विभिन्न प्रकारका अनुसन्धानहरु गर्दै आएका छन् । 
कुनै समयमा के पनि चर्चा गरिन्थ्यो भने २०१२ मा पृथ्वी ध्वस्त हुनेछ । मयन क्यालेन्डर (पृथ्वीको सुरु तथा त्यसको अन्तसम्मको सबै रहस्य छ भनेर विश्वास गरिएको क्यालेन्डर, यद्यपि त्यसको बनावट तथा अक्षरहरुमा अस्पष्टता छ, को आधारमा त्यस्तो तर्क गरिन्थ्यो । तर त्यो एउटा विशुद्ध तर्क मात्र थियो । 
त्यस्तै, अर्को सन स्टोन क्यालेन्डर थियो । वर्षभरिको क्यालेन्डर साइकल यसमा उल्लेख छ, जसलाई कम्युटरको सहयोगमा परिवर्तन गर्दै मसिनको रुपमा परिवर्तन गरियो, जसलाई नै एल.एच.सी. (लार्ज हाड्रोन कोलाइडर) भनिन्छ । यो मसिनको निर्माण सी.ई.आर.एन. ले गरेको हो । फ्रान्सको सिमाना नजिकै स्विटजरल्यान्डको जेनेभामा जमिनुभन्दा ६०० फिट गहिरो तथा २७ किमी लामो यो विश्वमै सबैभन्दा विशाल मसिन हो । यो मसिन चलाउन मात्र १२० मेगावाट बिजुलीको आवश्यकता पर्दछ । त्यस्तै, यो मसिन निर्माणको सन्दर्भमा २ लाख ७० हजार कि.मि. लामो तारको प्रयोग गरिएको छ । १९९८ बाट यो मसिनको निर्माण कार्य सुरु भएको थियो, जहाँ ८००० वटा वैज्ञानिकहरुले काम गर्दछन् । 
एल.एच.सी. मसिनमा सर्वप्रथम हाइड्रोजनबाट प्रोटानहरुलाई अलग गराइन्छ । त्यसरी तयार भएका अरबौँ प्रोटानहरुलाई लगभग प्रकाश गतिको स्पिडमा दौडाउँदा तथा तिनीहरुको टकराव हुँदा शक्तिशाली उर्जा उत्पन्न हुन्छ र त्यही उर्जाको बीचबाट हिग्स बोसान अर्थात् गड पार्टिकललाई सुपर डिटेक्टरबाट पहिचान गरियो । यो अध्ययनबाट अरर्बौ वर्ष पहिले बिग बेङको समयमा भएको विष्फोटको बारेमा अध्ययन गर्न सहज हुने भयो । यसरी पिटर हिग्सले परिकल्पना गरे जस्तै ४ जुलाई २०१२ का दिन हिग्स बोसान (गड पार्टिकल) अस्तिङ्खवमा आएको प्रमाणित भयो, जसका कारण २०१३ मा सन्को वैज्ञानिक टिीलाई नोबेल पुरस्कार समेत प्रदान गरियो । 
स्टिफन हाकिन्सले आफ्नो पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइममा के भनेका छन् भने जब पृथ्वीमा १०० बिलियन गिगा इलेक्ट्रान भोल्टभन्दा माथिको उर्जा उत्पन्न हुन्छ, त्यो अवस्थामा हिग्स बोसान अस्थिर हुन सक्छ । यदि त्यसो भयो भने ब्रह्माण्डमा प्रकाशको गतिमा शून्य उत्पन्न हुन सक्छ, जसले अन्तरिक्ष र समयलाई नष्ट गर्न सक्छ । यसकारण पनि उनी अन्य ग्रहमा मानव बस्तीको निर्माणको तयारीमा लाग्नु पर्ने तर्क गर्दछन् । 
मानिसको भौतिक शरीर अपाङ्ग भए पनि यदि विचार तथा इच्छाशक्ति दृढ तथा सशक्त छ भने जस्तोसुकै उपलब्धि पनि प्राप्त गर्न सकिन्छ भन्ने यथार्थ स्टिफन हकिन्सको सङ्घर्षमय जीवनबाट पनि प्रष्ट हुन्छ । ‘म अझ पनि बाच्न चाहन्छु’ सत्तरिऔँ जन्मदिनमा भनेको उनको धारणाबाट पनि यी वैज्ञानिकलाई आफ्नो जीवनप्रति कति माया थियो, प्रष्ट हुन्छ । २१ वर्षकै उमेरमा यी वैज्ञानिकलाई न्युरोन मोटर डिजिज नामक रोगले आक्रमण ग¥यो । यो रोगका कारण मांशपेशीलाई नियन्त्रण गर्ने तन्तुहरु कमजोर हुँदै गए । डाक्टरले २ वर्ष पनि बाच्न नसक्ने भनेका थिए । तर उनको त्यो दृढ इच्छाशक्तिले अझ बाँकी ५० बर्ष बाच्न सक्षम भए । 
एउटा अपरेसन गर्दा उनको श्वासनलीमा दुलो पार्नु प¥यो, जसले गर्दा उनी बोल्न नसक्ने भए । त्यो अवस्थामा एक प्रकारको यस्तो सफ्टवेयर बनाइयो कि उनले टाइप गर्दा आवाज उत्पन्न हुन्थ्यो । औलाले पनि काम गर्न छाडेपछि उनको चश्माको तलको गालाको कम्पनबाट आवाज निर्माण गरियो र अन्तमा त्यसले पनि काम गर्न छाडेपछि उनका भावनाहरुलाई शब्दमा परिवर्तन गरियो । यसरी जीवनको अन्तिम अवस्थासम्म पनि यो ब्रह्माण्डको उन्नतिका लागि उनको केही न केही भूमिका रहिरह्यो ।
अन्तमा, स्टिफेन हाकिन्स भन्छन्– भौतिक जगतका अझ थुप्रै रहस्यहरुको समाधान गर्न बाँकी नै छ । भौतिक विज्ञानको पूर्ण ज्ञान त सम्भव नै छैन । तर पनि ज्ञान प्राप्ति, निरन्तर रुपमा चलिरहने प्रक्रिया हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सम्पन्न र विपन्न नेपालीका बीचमा बढ्दो खाडल
मोदीले नेपालमा समृद्धि ल्याउँछन् भन्नु भ्रम हो
अरुण तेस्रोे सम्झौता ः नेपालको हितमा कि भारतको ?
अरुण तेस्रो ः पहिले र अहिले
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal