२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
मोदीले नेपालमा समृद्धि ल्याउँछन् भन्नु भ्रम हो
आनन्द स्वरूप बर्मा
प्रधानमन्त्री पदमा सत्तासिन भएपछि नरेन्द्र मोदीले निकै धुमधामका साथ ३ अगस्ट २०१४ मा नेपालको यात्रा गरे । त्यो मोदीको चरम उत्कर्षको काल थियो । देशभित्र उनी जहाँ पनि जान्थे ‘मोदी–मोदी’ भनेको सुनिन्थ्यो । त्यतिबेला निकै ठुल्ठुला प्रतिबद्धता गरिएका थिए, ठुल्ठुला घोषणा गरिएका थिए र जनतालाई पनि निकै ठुलो आशा थियो । भुटान र नेपालको यात्रापछि मोदीले दुनियाका विभिन्न देशहरुको यात्रा गरे । अधिकांश देशहरुमा उनका दूतहरु पहिले नै गएर सबै व्यवस्था गरेर आउने गर्थे । उनीहरुले कति बेला कहाँबाट नारा लगाउने हो, कहाँ र कति बेला उनको स्वागत गर्ने हो र कुन कोणबाट क्यामेराहरुले मोदीलाई ‘प्रोजेक्ट’ गर्ने हो पहिले नै व्यवस्था गरिसकेका हुन्थे ।
खासगरी सेप्टेम्बर २०१४ मा मेडिसन स्क्वायरमा ¥यालीभन्दा दुई महिना अघि राष्ट्रिय स्वयंसेवक सङ्घको तर्फबाट राम माधव र खासगरी बी.जे.पी. का वैश्विक संयोजक विजय जोलीले अमेरिका गएर त्यहाँका प्रवासी भारतीयहरुका बीच जसरी काम गरे, त्यो त ठुला ठुला विज्ञापन कम्पनीहरुले सिक्नलायक कुरा थियो । देशभित्र पनि मिडियालाई कसरी ‘म्यानेज’ गर्ने गरिन्छ, त्यसको कला पनि मोदीले मानिसहरुलाई निकै राम्रो गरी सिकाए ।
मोदीको दोस्रो यात्रा २०१४ कै नोभेम्बरमा भयो, जब उनी सार्क मुलुकहरुको सम्मेलनमा भाग लिनका लागि काठमाडौँ पुगे । त्यो यात्रा अलिक तितो भयो । त्यस यात्रा भन्दा अघि मोदीले आफ्नो भाषणका क्रममा के भनेका थिए भने यस पटक नेपालमा निकै धेरै अधुरा कामहरु पुरा गर्नु पर्ने छ । जुन पछिल्लो बीस÷तीस वर्षदेखि रोकिएका छन् । त्यो यात्रा अलिक पीडादायी नै थियो । किनभने उनले पहिलेदेखि नै के तय गरेका थिए भने सार्क सम्मेलनमा भाग लिनुका साथै उनले जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रा समेत गर्नेछन् । त्यसै अनुरूप प्रधानमन्त्री कार्यालयले मोदीजी सडक मार्गबाट जनकपुर प्रवेश गर्ने र जानकी मन्दिरमा हुने राम–सीताको विवाह अवसरमा सहभागी हुनेछन् भन्ने कार्यतालिका बनाएको थियो ।
जी न्युजले ‘मोदी चले राम के ससुराल’ (मोदी हिँडे रामको ससुराली) शीर्षकमा एउटा कार्यक्रमको प्रसारण पनि सुरु गरिसकेको थियो, जसको स्क्रिनमा राम–सीता र मोदीको तस्विर एकैसाथ देखाउने गरिन्थ्यो र पृष्ठभूमिमा एउटा गीत बजिरहेको हुन्थ्यो– ‘पडन लागी भांवरिया पिया रघुवर जी के संग’ । त्यसका साथै जनकपुरमा एउटा सार्वजनिक सभा गर्ने र त्यस सभामा नेपालको विकासलाई ध्यान दिदै केही महŒवपूर्ण घोषणा गर्ने कार्यक्रम थियो । राष्ट्रिय स्वयंसेवक सङ्घको नेपाल शाखा हिन्दू स्वयंसेवक सङ्घका साथै सीमा जागरण मञ्च र हिन्दू जागरण मञ्च जस्ता साना–ठुला धेरै सङ्गठनहरु मोदीको स्वागतका निम्ति तयारीमा जुटेका थिए । तर नेपालमा त्यसको विरोध भएको देखेर सडक मार्गबाट जनकपुर जाने कार्यक्रममा नेपाल सरकारले रोक लगाइदियो । सरकारले सुरक्षाको पर्याप्त तयारी हुन नसकेको भन्यो । जनकपुरमा हुन लागेको सार्वजनिक सभालाई पनि सरकारले रद्द गरिदियो । किनभने माओवादी पार्टी र नेकपा (एमाले) ले उक्त कार्यक्रमलाई उचित ठानेका थिएनन् । त्यतिबेला उनीहरुको के दलिल थियो भने सार्क मुलुकको अथवा कुनै पनि राष्ट्राध्यक्षले यदि आमसभा गर्ने माग गर्न थाल्यो भने के हामीले त्यो पुरा गर्ने ? मोदीले के सोचेका थिए भने २०१५ मा विहार विधान सभामा निर्वाचन हुने हो । त्यसैले जनकपुरको सभाबाट नेपालको मधेसमा आफ्नो दबदबा कायम गर्नुका साथै विहार चुनावका लागि आफ्नो वातावरण तयार गर्नेछु ।  
योजना कतिसम्म थियो भने सभापछि जनकपुरमा विद्यार्थी र युवाहरुलाई केही हजार साइकल र पाठ्यसामग्री उपहार दिइने छ । त्यति बेला प्रधानमन्त्रीका रूपमा नेपाली काङ्ग्रेसका सुशील कोइराला थिए । कोइरालाको गठबन्धन सरकारमा एमालेका वामदेव गौतम उपप्रधानमन्त्री थिए, जसले १३ नोभेम्बरमा स्पष्ट शब्दमा मोदीको कुनै सार्वजनिक सभा नहुने तथा न त उनले आफ्नो यात्राका क्रममा उपहार बाँड्ने छन् भने । मोदीका लागि यो निकै तीतो अनुभव थियो । परिणामस्वरूप उनी हवाइमार्गबाट काठमाडौँ गए र सार्क सम्मेलनमा भाग लिएर दिल्ली फर्किए ।
भारत–नेपाल सम्बन्धको जटिलताको अत्यन्त महŒवपूर्ण परिघटना त्यति बेला सतहमा देखियो, जतिबेला नेपालले आंशिक रूपमा धर्मनिरपेक्ष तर पूर्ण रूपमा हिन्दू राष्ट्र शब्दावलीलाई संविधानबाट अलग्याउँदै आफ्नो संविधान जारी ग¥यो– मोदी सरकारको विरोधका बाबजुद । मधेसी जनताको मागलाई बहाना बनाएर भारतले कसरी प्रतिशोधको भावनाबाट नेपालका खिलाफ आर्थिक नाकाबन्दी ग¥यो ? कसरी मधेसी सङ्गठनहरुले यस काममा उसलाई साथ दिए र कसरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यस कठिन समयमा नेपाली जनताभित्र राष्ट्रवाद पैदा गराए ? जसको सीधा निसानामा भारत थियो– त्यसको बेग्लै रामकहानी छ ।
निश्चित रूपमा त्यो नाकाबन्दीले केपी ओलीलाई एउटा नयाँ जीवन प्रदान ग¥यो र लोकप्रियताको लहरमा सवार भएर उनी आज झण्डै दुई–तिहाइ बहुमतका साथ प्रधानमन्त्रीको पदमा आसिन भए । मोदीले जम्मा एक महिना अघि भारतमा बोलाएर केपी ओलीको जबरजस्ती स्वागत गरे तर जनकपुर यात्रा रद्द भएको तुष जसरी मनमा गाँठो परेको थियो, त्यो भने मेटिन सकेन । फर्किएर त्यो समय आज फेरि त्यहीँ आइपुग्यो, जहाँबाट पछिल्लो दुर्घटनाको सम्झनाको अन्त्य गर्न सकिने छ । यस पटकको यात्रामा ती सबै कुराहरु भयो, जुन अघिल्लो पटक हुँदाहुँदै रोकिएका थिए । जनकपुरमा विशाल सभा सम्पन्न भयो । जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन भयो । मुक्तिनाथको तीर्थयात्रा सम्पन्न भयो । केपी ओली दुवै हात बाँधेर यी सम्राटको सेवामा तत्पर भए । जुलाई २०१६ मा ओलीको सरकार ढालेर र मोदीसँग आफ्नो ‘क्यामेस्ट्री’ मिल्ने कुरा गरेर प्रचण्डले यसअघि आफ्नो वफादारिताको प्रदर्शन गरिसकेका थिए, अब पालो ओलीको हो र उनी अनुकूल समय हेरिरहेका छन् ।
५० वर्षसम्म सत्तामा टिकिरहने जस्तो खाले भ्रमजाल मोदीले पैदा गरेका थिए । त्यसबाट भारतका जनता त मुक्त हुँदैछन् तर नेपालका नेताहरुको निद्रा अझै खुलेको छैन । यी नेताहरुलाई शायद के कुराको आभाष छैन होला भने आज मोदी र उनको पार्टी त्यो होइन, जुन २०१४ मा थियो । गोरखपुर र फूलपुरमा हालै भएको लोकसभा उपचुनावमा भाजपाले नराम्रो हार बेहोरेको कुरा त नेपाली जनताले थाहा पाइसकेको हुनु पर्छ तर उनीहरुलाई के थाहा नहुन सक्छ भने २०१४ देखि आजसम्म लोकसभाको जुन २३ उपचुनाव भयो त्यसको १९ ठाउँमा भाजपाका उम्मेदवारहरुले पराजयको सामना गर्नु प¥यो ।
अब मोदीका सभामा मोदी–मोदी भनेर चिच्याउनेहरुको घाँटी सुकिसकेको छ । भारतका जनताका साथ उनले जति प्रतिबद्धता व्यक्त गरेका थिए, ती सबै झुटो सावित भइरहेका छन् र यो कुरा मानिसहरुले बुझ्न थालेका छन् । मानिसहरुले के हेर्न थालेका छन् भने किसानहरुको आत्महत्या, बेरोजगारीको प्रश्न, कालो धन, बढ्दो मूल्यवृद्धि, पेट्रोलको मूल्यवृद्धि आदि मुद्दामा कुनै चर्चा भइरहेको छैन । पछिल्ला चार वर्षहरुमा सम्पूर्ण राजनीति लब जेहाद, गाई, वन्दे मातरम, भारत माता आदिको वरपर घुमिरहेको छ । सम्पूर्ण मुस्लिम समुदायलाई राष्ट्र विरोधी चित्रित गरेर उनीहरुलाई आतङ्कको कालो बादलमा बाँच्न विवश पारिएको छ । वैज्ञानिक सोचका खिलाफ वातावरण तयार गरिदै छ ।
चिकित्सा विशेषज्ञहरुको सभामा जब देशका प्रधानमन्त्रीले गर्वका साथ गणेशको सुँडबाट प्राचीन कालमा हाम्रोमा प्लास्टिक सर्जरी थियो भनेर भन्छ भने र त्रिपुराका नव निर्वाचित मख्यमन्त्रीले महाभारत कालमा धृतराष्ट्रलाई युद्धको वयान गर्ने सञ्जयले त्यसो गर्न सकेको कारण त्यति बेला नै हाम्रोमा इन्टरनेट भएर हो भन्छ भने तपाईले त्यसलाई के भन्नु हुन्छ ? यसलाई ‘मुर्ख’, ‘अज्ञानी’ हरुको जमात भनेर हलुका ढङ्गले हेर्न मिल्दैन । यसबारेमा इतिहासमा के अङ्कित छ भने प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनका खिलाफ हिटलरको नाजी पार्टीले जसरी दश आरोपहरुको सूची तयार पारेको थियो, त्यसमध्ये एउटा सापेक्षताको सिद्धान्त प्रतिपादित गरेको भन्ने थियो । त्यति बेला हिटलर समर्थक ‘आर्यन’ वैज्ञानिकहरुले ‘यहुदी आइन्स्टाइन’ का समर्थकहरुलाई राष्ट्र विरोधी करार गरेका थिए । त्यति बेला पनि के लाग्थ्यो भने समग्र वातावरणमै भँङ मिसिएको छ । त्यहाँ परिस्थिति हिंस्रक ढङ्गले फेरियो । किनभने जनतन्त्रलाई हिटलरले बन्धक बनाएका थिए । भारतमा अहिले त्यस्तो अवस्था छैन । पछिल्लो पटक उत्तर प्रदेशमा हासिल गरेको ७० सिटले भाजपालाई प्रबल बहुमतमा पु¥याएको थियो, जुन अब सपा–बसपाको एकजुकताबाट सम्भव देखिदैन । राजस्थान, मध्य प्रदेश र छत्तिसगढमा पनि हालत निकै खराब छ । ५० साल त टाढाको कुरा, २०१९ मा पनि भाजपाले सरकार बनाउन कठिन छ ।
१२ मेमा कर्नाटकमा चुनाव हुँदै थियो र १० मेपछि चुनाव प्रचार रोकिदै थियो । ११ मेमा जनकपुरमा हुन लागेको आफ्नो आमसभा मार्फत् टेलिभिजनको साहारा लिएर मोदी कर्नाटक निर्वाचन प्रचारको मौकालाई छोपेर त्यसलाई प्रयोग गर्न चाहन्थे । १०१४ को कुरै वेग्लै थियो । आजसम्म पनि नेपाली जनताले नाकाबन्दीको पीडा भुल्न सकेका छैनन् । त्यसैले होला, जनताको निकै ठुलो समूहबाट मोदीले आफ्नो यस यात्राका क्रममा नाकाबन्दीका लागि नेपाली जनतासँग माफी मागून् भन्ने चाहन्थे । त्यसो त २०१५ मा, जतिबेला नेपालले भीषण भूकम्पको त्रासदी बेहोरिरहेको थियो, त्यति बेला भारतले सहयोग त ग¥यो तर त्यो सहयोगको स्वरूप यस्तो थियो– नेपाली जनता के सोच्न बाध्य भए भने बरु यो सहयोग नगरेको भए निकै राम्रो हुन्थ्यो ।
भारतको एउटा टेलिभिजन च्यानलले नेपालमा गइरहेको राहत सामग्रीका साथ आफ्नो स्क्रिनमा मोदीको तस्बिर देखायो र ठुलो अक्षरमा ‘रक्षक’ लेख्यो । अर्को च्यानलले मोदीको तस्बिरका साथ ‘नेपालको रक्षक’ लेख्यो । यी सबै कुराले सीमा नाघेपछि कान्तिपुर रेडियोले एउटा रिपोर्ट प्रसारण ग¥यो, जसको शीर्षक थियो– ‘उद्धारभन्दा प्रचार बढी’, भन्नुको अर्थ राहतको आडमा आफ्नो प्रचार । २९ अप्रिल २०१५ मा नयाँ दिल्लीबाट प्रकाशित ‘जनसत्ता दैनिक’ मा पुष्प रञ्जनले ‘ऐसी सहायता पर मुग्ध मत होइए’ शीर्षकमा लेख लेखेर भारतको नीतिको तीखो आलोचना गर्दै के भने भने भाजपाका केही नेताहरु यसलाई ‘विजय अभियान’ का रूपमा प्रचार गर्न लागेका छन् र यसबाट आजसम्मका सबै काममा पानी फेरिने खतरा छ ।  
यी सबै कुरा नेपाली जनताको मनबाट मेटिएको थिएन, साथै यी कुराहरुलाई नाकाबन्दीले झन् धेरै विषालु बनाइदिएको छ । नेपालको व्यापक जनमत यस्ता व्यक्तिको नागरिक अभिनन्दन गरियोस् भन्ने पक्षमा थिएन, जसले नेपालका नागरिकलाई यति नराम्रा दिनहरु देखाए । नेपालका वर्तमान गृहमन्त्री रामबहादुर थापाले भलै यस पटकको मोदीको यात्रा मात्र धार्मिक र सांस्कृतिक भने पनि विशेषज्ञहरुका अनुसार यस यात्राका क्रममा जलविद्युत परियोजनाहरुलाई पनि अन्तिम रूप दिइने योजना थियो नै । साँचो कुरा के हो ? दुवै देशका सरकारले मात्र भन्न सक्छन् । तर एउटा कुरा निश्चित छ, भारतको धुर्त, निर्मम र कर्पोरेट घरानाहरुको हितको रक्षा गर्ने सत्ताधारी वर्गका प्रतिनिधि नरेन्द्र मोदीबाट यदि नेपाली जनताले आर्थिक रूपमा आफूहरुलाई उनले शक्ति सम्पन्न बनाई दिनेछन् भन्ने सोचेका छन् भने यो निकै ठुलो भ्रम सावित हुनेछ ।
(रातोपाटी डट कम)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सम्पन्न र विपन्न नेपालीका बीचमा बढ्दो खाडल
अरुण तेस्रोे सम्झौता ः नेपालको हितमा कि भारतको ?
अरुण तेस्रो ः पहिले र अहिले
स्टिफन हाकिन्स र गड पार्टिकल
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal