२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
संघीयता सफल भए नेपालको अस्तित्व समाप्त ः केसी
पोखरा । राष्ट्रिय जनमोर्चा एवं सङ्घीयता विरुद्ध राष्ट्रिय अभियानका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा सङ्घीयता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । “सार्वभौम संसदमा एक मिनेट पनि छलफल नगरी नेपालमा जबर्जस्ती रुपमा ल्याइएको हो सङ्घीयता” अध्यक्ष केसीले भन्नु भएको छ– “नेपालमा सङ्घीयता सफल हुनु भनेको नेपाल देशको अस्तित्व नै समाप्त हुने हो । हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नैका लागि विस्तारवादको डिजाइनमा नेपालमा सङ्घीयता भित्राइएको हो ।”
अध्यक्ष केसीले उक्त कुरा सङ्घीयता विरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिद्वारा २०७५ वैशाख ३० गते पोखराको सिर्जनाचोक स्थित साइरन पार्टी प्यालेसको सभाहलमा आयोजित “सङ्घीयता, राष्ट्रियता र प्राकृतिक सम्पदा (जलस्रोत)” विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो । सम्बोधनका क्रममा अध्यक्ष केसीले तत्कालीन नेका सभापति गिरिजा प्रसाद कोइरालाको समेत सङ्घीयताप्रति रुचि नभएको खुलासा गर्नु भयो । ओली नेतृत्वको सरकारमा सहभागी भए पनि आफूहरुले सङ्घीयताको विरोध गर्न नछाडेको दृष्टान्त समेत अध्यक्ष केसीले प्रस्तुत गर्नु भएको थियो । नेपाली जनताले अन्ततः सङ्घीयतालाई खारेज गरेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नेमा आफू विश्वस्त रहेको समेत अध्यक्ष केसीले सम्बोधनका क्रममा बताउनु भएको थियो ।
अन्तक्र्रियालाई सम्बोधन गर्दै अभियानका केन्द्रीय सदस्य जलस्रोतविद दिपक ज्ञवालीले सङ्घीयताले देशमा राजनैतिक विखण्डन ल्याउने बताउनु भयो । नेपालमा विकेन्द्रीकरण आवश्यक रहेको तर सङ्घीयता आवश्यक नरहेको उहाँको प्रष्ट भनाइ थियो । सम्बोधनका क्रममा जलस्रोतविद् ज्ञवालीले नेपालमा सङ्घीयता युरोपियन युनियन र भारतीय डिजाइनमा ल्याइएको दावी समेत गर्नु भयो । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले अन्तक्र्रियामा आफ्नो विचार राख्दै नेपालमा अब आन्दोलन हुँदा सङ्घीयता र धार्मिक कारणले नै हुने दावी गर्नु भयो । व्यक्तिगत रुपमा आफूलाई सङ्घीयता मन नपरे पनि पार्टीले स्वीकारेका कारण आफू खुलेर यो सङ्घीयता विरुद्धको अभियानमा लाग्न नसक्ने बाध्यताको समेत सम्बोधनका क्रममा अध्यक्ष केसीले खुलासा गर्नु भएको थियो । अन्तक्र्रियामा फ्लोरबाट खडानन्द आचार्य र अर्जुन शर्मा लगायतले समेत आफ्नो विचार राख्नु भएको थियो ।
अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता सङ्घीयता विरुद्ध राष्ट्रिय अभियानका केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो भने स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो ४ नं. प्रदेशका अध्यक्ष शङ्कर बरालले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) को सहायक संगठन अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न
मोदीलाई अभिनन्दन गर्नु गलत ः राजमो
विस्तारवादी नीति पुरा गर्न मोदीको नेपाल भ्रमण ः मसाल
राष्ट्रघाती सम्झौताका विरुद्ध राजमोको सभा
आजादको टिप्पणी निन्दनीय
मोदी भ्रमण भारतमै विवादित
हिल्सा नाका अध्ययन गरिने
चिनीमा भन्सार नबढाउन सर्वोच्चको आदेश
धुलो सफा गर्न बु्रमर आउँदै
समता समाजको जिल्ला सम्मेलन सम्पन्न
एघारौँ काव्य प्रवाह सम्पन्न
महिला संघको वडा भेला सम्पन्न
राजमोको उपमनपा भेला सम्पन्न
संक्षिप्त समाचार/अन्तराष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal