२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राष्ट्रघाती सम्झौताका विरुद्ध राजमोको सभा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली स्वाभिमान र सार्वभौमिकतामाथि चोट पुग्ने गरी भएका कतिपय कार्य र राष्ट्रघाती अरुण तेस्रो जलविद्युत आयोजना सम्झौताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले काठमाडौँमा विरोध सभा सम्पन्न गरेको छ । नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला २०७५ वैशाख २९ गते काठमाडौँको गोङगबुस्थित बी.जी. मल अगाडि राजमोले सो विरोध सभा सम्पन्न गरेको थियो । 
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २८ वैशाखका दिन काठमाडौँस्थित हयात होटलबाट संयुक्त रूपमा स्विच थिचेर अरुण तेस्रो जलविद्युत आयोजनाको सिलन्यास गरेका थिए । त्यसरी सिलन्यास गरिएको उक्त आयोजना निर्माणका लागि भारतीय निर्माण कम्पनी सतलजसँग गरिएको सम्झौता राष्ट्रघाती रहेको भन्दै राजमोले सो विरोध सभा गरेको हो ।
सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले भारतीय निर्माण कम्पनी सतलजसँग गरिएको अरुण तेस्रो जलविद्युत आयोजना सम्बन्धी सम्झौता राष्ट्रघाती रहेकाले त्यसलाई खारेज गरिनु पर्ने बताउनु भयो । “भारतीय निर्माण कम्पनी सतलजलाई अरुण तेस्रो जलविद्युत परियोजना बनाउन दिदा जुन सम्झौता गरियो । त्यसका बुँदा बुँदामा राष्ट्रघाती प्रावधानहरु छन्” प्रवक्ता पौडेलले भन्नु भयो– “त्यस्तो राष्ट्रघाती सम्झौता खारेज गर्नुको सट्टा हिजो हाम्रा प्रधानमन्त्रीले समेत भारतीय समकक्षी नरेन्द्र मोदीसँग मिलेर उक्त परियोजनाको सिलन्यास गर्दै राष्ट्रघाती कदमलाई वैद्यता दिने काम गर्नु भएको छ । तर हामीलाई यो किमार्थ स्वीकार्य छैन ।” सम्बोधनको क्रममा उपाध्यक्ष पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत र अभिनन्दन गर्नु आवश्यक नरहेको बताउनु भयो । “भूकम्पले थिलोथिलो पारेको नेपालीहरुको आलो घाउमा नाकाबन्दी लगाएर नुनचुक छर्कने उनै मोदी हुन् । हामीले आफ्नो संविधान आफै बनायौँ भनेर हामीमाथि नाकाबन्दी लगाउने मोदी नेपालीका मित्र कदापी हुन सक्दैनन् । त्यसैले अहिले हामीले  मोदीलाई अभिनन्दन र स्वागत होइन, तिरस्कार गर्नु पर्दछ” उहाँले भन्नु भयो– “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र यही काठमाडौँमा पनि जुन प्रकारले स्वागत र अभिनन्दन गरियो, त्यो हाम्रो राष्ट्रिय स्वाभिमान विरुद्धको कुरा हो ।” भारतकै निर्देशनमा चल्दै आएका केही मधेशवादी दलले त्यसरी स्वागत गर्नु कुनै अनौठो विषय नभएको जनाउँदै उहाँले मोदी भ्रमणका सन्दर्भमा हाम्रो केन्द्रीय सरकारले अपनाएको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो । “हामीले सुरुदेखि नै भन्दै आएका थियौँ, नेपालमा सङ्घीयता नेपाली जनताको चाहना र आवश्यकताले होइन, भारतीय विस्तारवादले आफ्नो स्वार्थपूर्तिका लागि जबरजस्त रूपमा लादेको हो । २ नं. प्रदेशको निर्माण नै भारतीय विस्तारवादको योजना अनुरूप गरिएको  थियो भनेर हामीले उहिल्यै भनेको कुरा हिजो जनकपुरमा मोदीको अभिनन्दनका नाममा जे देखियो, त्यसले झन् प्रष्ट पारेको छ ।” भाजपाका सांसद कीर्ति आजादले मोदीको नेपाल भ्रमणको सङ्घारमा “जनकपुरलाई पनि भारतमा गाभ्न मोदीले पहल गर्नु पर्ने” भनी गरेको ट्विटको पनि सम्बोधनका क्रममा प्रमुख अतिथि पौडेलले निन्दा गर्नु भयो ।
विरोध सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष्ँ निम बहादुर बुढाथोकी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव समिर सिंहले समेत सम्बोधन गर्नु भएको थियो । विरोध सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयका सचिव घनश्याम न्यौपानेले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) को सहायक संगठन अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न
मोदीलाई अभिनन्दन गर्नु गलत ः राजमो
विस्तारवादी नीति पुरा गर्न मोदीको नेपाल भ्रमण ः मसाल
संघीयता सफल भए नेपालको अस्तित्व समाप्त ः केसी
आजादको टिप्पणी निन्दनीय
मोदी भ्रमण भारतमै विवादित
हिल्सा नाका अध्ययन गरिने
चिनीमा भन्सार नबढाउन सर्वोच्चको आदेश
धुलो सफा गर्न बु्रमर आउँदै
समता समाजको जिल्ला सम्मेलन सम्पन्न
एघारौँ काव्य प्रवाह सम्पन्न
महिला संघको वडा भेला सम्पन्न
राजमोको उपमनपा भेला सम्पन्न
संक्षिप्त समाचार/अन्तराष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal